2026-08-25 11:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुनसरीको झुम्का कारागार उपियाँ र उडुसरहित

जेठ १३ इटहरी | सुनसरी जिल्लाको रामधुनी नगरपालिकास्थित झुम्का कारागार सुधारको हिसाबले उच्चतम नमूना कारागार बन्न सफल भएको छ । 

विसं २०६६ मा स्थापित हाल प्रदेश १ कै सबैभन्दा ठूलो कारागारका झुम्का कारागार पहिलो पटक कैदीलाई कुटेरै मारेको घटनादेखि १२ कैदीले सुरुङ खनेर भागेको घटनाले निर्कै चर्चित बन्न पुगेको थियो । 

कारागार अहिले उपियाँ, उडुस र लामखुट्टेरहित कारागारको उपमाको परिचय बनाउन सफल भएको छ । 

भरखरै कारागारमा आएका एक बन्दीले भने, “होइन कारागार यस्तो पनि हुन्छ ?” झण्डै एक हजार ६०० कैदीबन्दी अटाउने कारागारभित्र पसेर अवलोकन गर्दा जो कोहीले पनि यो विश्वविद्यालय हो कि भन्ठान्छ । यहाँ हाल एक हजार ४७८ कैदीबन्दी छन् । यहाँ लामो समयदेखि बस्दै आएका कैदीबन्दीमध्ये करीब ६०० मुडा बुनाइको उद्योगमा सक्रिय रहेको कारागार प्रमुख गणेश अधिकारी बताउनुहुन्छ । 

कारागार जीवन व्यतीत गरिरहेकामध्ये कोही नृत्यकलामा व्यस्त छन् । तत्कालीन कारागारका चौकीदार तारा नेपालले स्थापना गरेको कर्मवाद ब्याण्डले वाद्यवादन सिकाइरहेको छ । देशभरका चर्चि गायक र नर्तकले समेत यहाँ आएर बेला बेलामा सङ्गीत प्रस्तुत गरेका छन् । कारागार प्रमुख अधिकारीले कारागारलाई सुधारगृहमा रुपान्तरण गर्न धेरै सकारात्मक सुधारका काम गर्दै आउनुभएको छ । 

कैदीबन्दीमध्ये ५३ कैदी र २८ बन्दी विदेशी रहेको बताइएको छ कैदीबन्दीमध्ये हाल झुम्का कारागारमा सबैभन्दा बढी कर्तव्य ज्यानसम्बन्धी मुद्दाका २६१ कैदी र ९२ बन्दी छन् भने २८० जना जबरर्जस्ती करणीका कैदी र ४४ जना बन्दी तथा लागुऔषध कारोवार एवं ओसारपसारका १५२ कैदी र १३० बन्दी छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग