५ माघ २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ठगी गर्ने यी दुई पेट्रोल पम्पमा सिल लगाइयो

१४ जेष्ठ २०७५, सोमबार ०७:०५

जेठ १४ काठमाडौँ | उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवको निर्देशनमा उपत्यकाका विभिन्न पाँच पेट्रोल पम्पमा गरिएको अनुगमनपछि दुई पेट्रोल पम्पमा ‘सिल’ गरिएको छ । 

नाप तौल तथा गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडासैनी, मन्त्रीका स्वकीय सचिव सन्तोष विष्ट र नेपाल आयल निगमको प्राविधिकसहितको टोलीले आज बिहान गरेको अनुगमनमा कैफियत गर्ने ती पेट्रोलपम्ममा ‘सिल’ गरिएको हो । 

अनुगमनमा परेका एकान्तकुनाको प्रशान्ति आइल डिस्टिब्युटर र चापागाउँ दोबाटोको महालक्ष्मी विश्वकर्मा आयल सेन्टरले ठग्दै आएको भेटिएको सन्तोष विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार प्रशान्तिले प्रति दश लिटरमा ३० एमएल र महालक्ष्मीले प्रति दश लिटरमा ४० एमएल पेट्रोल कम दिँदै आएको थियो । 

दुई पम्पमा सिल गरिएको छ भने अन्य तीन पेट्रोल पम्पमा सामान्य कमजोरी देखिएकाले ती पम्प सञ्चालकलाई सचेत गराएर आवश्यक प्राविधिक एवं व्यवस्थापकीय सुधार गर्ने निर्देशन गरिएको छ । 

मन्त्रालयले उपभोक्ताको हितमा अनुगमनलाई निरन्तरता दिने र आगामी दिनमा यस कार्यक्रमलाई अन्य क्षेत्रमा विस्तार गरिने जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रााष्ट्रपति ट्रम्पको शपथ समारोहमा सहभागी हुन ढकाल अमेरिका प्रस्थान आगामी स्थानीय तहको निर्वाचनमा २५० पालिका जित्छौं : अध्यक्ष प्रचण्ड इरानमा आक्रमणकारीले सर्वोच्च अदालतका २ न्यायाधीशको गोली हानी गरे हत्या नयाँ दलहरु अरुलाई देखाएर भ्रष्टाचार गर्न पाउनुपर्छ भन्ने विन्दुमा पुगे: राजेन्द्र लिङ्देन यू-१९ टी-२० महिला विश्वकप: पहिलो खेलमा नेपाल बङ्गलादेशविरुद्ध पराजित ज्येष्ठ नागरिकलाई अध्यक्ष प्रचण्डको सम्मान यु-१९ महिला विश्वकप : नेपालले बंगलादेशलाई दियो ५३ रनको लक्ष्य नक्साल क्षेत्र पर्यटकीय गन्तव्य बोकेको क्षेत्र होः गगन थापा योगले शरीर र दिमागलाई सन्तुलित बनाउँछ : डा रामवरण यादव हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु अध्यक्ष प्रचण्डले लिए भक्काको स्वाद मुकुललाई पार्टीमा ल्याउनुपर्ने माग राख्ने रास्वपाका कोशी प्रदेश सभापति निलम्बित इजरायली क्याबिनेट गर्‍यो गजामा युद्ध विरामको स्वीकृत आज मधेश सरकारले बलिदानी दिवस मनाउँदै आजदेखि यु–१९ महिला विश्वकप सुरु : पहिलो खेल नेपालले आज बंगलादेशसँग खेल्दै आज यस्तो छ, विदेशी मुद्राको विनिमय दर आज काठमाडौंको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस मापन आज देशभरको मौसम मुख्यतया सफा रहने रवि लामिछानेविरूद्ध चितवनमा अर्को ठगी मुद्दा दर्ता गर्ने तयारी हालान्डले सिटीसँग गरे १० वर्ष लामो सम्झौता