२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

महिला नेतृत्व तथा क्षमता अभिबृद्धि तालिम सम्पन्न

२०७५, १९ जेष्ठ शनिबार १३:०१

मनिषा राई | जेठ १९, रोल्पा | ग्रामिण भेगका महिलाहरुको क्षमता अभिबृद्धि गर्ने हेतुले माडी गाउपालिका १ को आयोजनामा गत ज्येष्ठ १६ गते माडी गाउपालिका १ घोर्नेटी र १७ गते पेदिखोला रोल्पामा महिला नेतृत्व तथा क्षमता बिकास सम्बन्धि तालिम सम्पन्न भएको छ । “हामीकहाँ छोरी चेलीको इज्जत लाई काँचसँग तुलना गरिन्छ भनिन्छ काँच जस्तै संवेदनशिल हुन्छ रे छोरी चेलीको इज्जत । केहि गर्ने इच्छा र आँट बोकेका महिलाको खुट्टा तान्नका लागि उसको नियतिका बारेमा प्रश्न उठाइन्छ । ” कार्यक्रममा सहभागि टंकि बुढाले गुनासो गर्नुभयो ।

नेपालमा पुरुषको तुलनामा महिलाको संख्या बढी नै छ तर पनि हरेक निकायमा सोचे जति महिलाको सहभागिता छैन । राज्यका हरेक निकाय र नीति निर्माण तहमा महिला सहभागिता जति हुन सक्यो त्यति नै महिलामैत्री वातावरण बन्न सक्छ ।

महिलाका समस्या र मुद्दा नजिकबाट बुझेर समस्या समाधानका लागि पहल गर्नुको साटो छोरीलाई सामान्य घरधन्दामा सीमित राख्नुपर्ने परिवार र समाजको परम्परागत सोचाईले महिलालाई अझ असहज बनाएको अर्की सहभागि मनिषा घर्तीमगरको भनाई छ ।

हाम्रो समाजमा अझै पनि महिलाले अवसरभन्दा पनि धेरै चुनौती नै खेप्नुपरेको छ । लैङिगक बिभेदमा अल्झिएका ग्रामिण भेगका महिलाले सामाजिक, आर्थिक र नैतिकरूपमा चुनौती सामना गर्नुपरिरहेको हुन्छ । आम समाजको हौसला र प्रोत्साहनभन्दा पनि बढी आलोचनाको सामना गर्न बाध्य छन् महिला ।


उसै त आम महिलाको चरित्रमाथि नै दाग लगाउन तल्लिन हाम्रो समाजले महिलालाई प्राथमिकता दिएर अवसर नदिइनुले पनि चुनौती बढी देखिएका हुन् । पुरुष प्रधान समाजमा अझै पनि जतिसुकै अनुभवी र क्षमतावान भए पनि पुरुषको तुलनामा महिला कमजोर नै हुन्छन् भन्ने मानसिकता पनि दरिलै छ ।

माडी गाउपालिका १ का अध्यक्ष आम बहादुर घर्तीमगरको अध्यक्षतामा सम्पन्न भएको तालिममा पत्रकार खेम बुढा र मनिषा राईले परिक्षण दिनुभएको थियो । साथै कार्यक्रमको सन्चालन माडी गाउपालिका १ का सचिव खडक घर्तीमगरले गर्नुभएको थियो ।

ग्रामिण भेगमा अझै पनि महिलाहरु घरेलु या सामाजिक हिंसामा परिरहेका छन् । महिलाहरुलाई हेर्ने दृष्टिकोण, शिक्षा, स्वास्थ, प्रजनन, स्वतन्त्रता लगायतको क्षेत्रबाट महिलाहरु बन्चित छन् । पुरुष प्रधान समाजमा अझै पनि महिलालाई पढाउन हुदैन, छोरी मान्छे चुल्हो चौकोमा मात्र सिमित हुने भन्ने जस्ता परम्परागत चलनले गर्दाै पनि महिलाहरु पुराना सस्कार र रितिरिवाजमै रुमल्लीएका छन् ।

कुनै कुनै ठाउमा अवसर भएको अवस्थामा पनि महिलालाई निर्णायक स्थानमा राख्न समाजका पुरुषहरु नै चाहँदैनन् । तसर्थ, पेशागत क्षमता र दक्षताको आधारमा महिलालाई अवसर दिँदैँ जाने र महिलामैत्री समाज बन्ने हो भने मात्र महिलाले भोग्दै आएका समस्या न्युनीकरणमा मद्दत पुग्ने सहभागिहरुले बताएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस