2026-10-26 02:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

१३ स्थानीय तहका दुई हजार ७८ घरधुरी लाभग्राही सूचीमा थपिए

जेठ २० काठमाडौँ  | भूकम्पपछिको पुनःनिर्माणका लागि थप दुई हजार ७८ घरधुरी लाभग्राही सूचीमा परेका छन् । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण कार्यकारी समितिको बैठकले छुट तथा पुनः जाँच सर्वेक्षण अन्तर्गत संकलित तथ्यांकको विश्लेषण गरी गुनासो सुनुवाइ गर्ने क्रममा थप १३ वटा स्थानीय तहको नतिजा सार्वजनिक गर्दा लाभग्राही सूचीमा पीडितको संख्या थपिएको हो । 

गुनासो छनोटका क्रममा घर प्रवलीकरणको लाभग्राही सूचीमा २६३ जना थपिएको प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरले राससलाई जानकारी दिनुभयो । 

कार्यकारी समितिको निर्णय अनुसार गोरखाका आरुघाट र अजीरकोट, सिन्धुपाल्चोकका ईन्द्रावती र सुनकोशी गाउँपालिका, काठमाडौँका बूढानीलकण्ठ, चन्द्रागिरि, गोकर्णेश्वर, कीर्तिपुर, नागार्जुन, शंकरापुर, तारकेश्वर, टोखा नगरपालिका तथा काठमाडौँ महानगरपालिकाका गुनासोबाट छनोट गरी लाभग्राही सूचीमा समावेश गरिएको हो । 

यसअघि प्राधिकरणले गुनासो सुनुवाइमार्फत् विभिन्न जिल्लाका १८ गाउँपालिका र दुई नगरपालिकाका पाँच हजार ३४४ जनालाई पुनःनिर्माण अनुदान लाभग्राही र पाँच हजार ५०१ जनालाई प्रवलीकरण लाभग्राहीमा समावेश गरेको थियो । 

भूकम्प प्रभावित ३२ जिल्लाबाट दर्ता भएका गुनासोमध्ये पहिले सर्वेक्षण भएको वा नभएको यकिन गरी थप प्रमाणीकरण गर्नु परेकोले लाभग्राहीको छनौटमा केही ढिलाइ भएको सूचना अधिकारी घिमिरेले बताउनुभयो । प्राधिकरणले विशेष प्राथमिकता दिई गुनासो विश्लेषण गरिरहेको छ । 

पुनः सर्वेक्षण भई केन्द्रमा आएको तथ्यांकबाट जेठ मसान्तभित्रमा लाभग्राहीको पहिचान सम्पन्न गर्ने लक्ष्य छ । छनोट भएको सूची स्थानीय तहमा पठाइने उहाँले बताउनुभयो । कायम भएका लाभग्राहीले स्थानीय तहको सिफारिसमा अनुदान सम्झौता गर्न पाउनेछन् । अनुदान सम्झौतापछि लाभग्राहीले पुनःनिर्माण गर्न रु तीन लाख र प्रवलीकरणका लागि रु एक लाख अनुदान पाउनेछन् । 

विगतमा विभिन्न कारणले लाभग्राही सूचीमा पर्न नसकेका वास्तविक भूकम्पपीडितलाई लक्ष्य गरी प्राधिकरणले भूकम्प अति प्रभावित १४ जिल्लामा छुट तथा पुनः जाँच सर्वेक्षण सञ्चालन गरेको थियो । गत भदौदेखि मंसिरसम्म प्राधिकरणले ३३२ जना इञ्जिनियरलाई परिचालन गरी छुट तथा पुनःजाँच सर्वेक्षण गरेको थियो । सो अवसरमा करिब एक लाख ३० हजार घरधुरीको तथ्यांक संकलन गरेको प्राधिकरणले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने