२० माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुरको बन्द ४४ दिनपछी खुल्यो, बजारमा ग्यास र नुनको अभाव

९ आश्विन २०७२, शनिबार ०७:५०

अजय कुमार साह । असोज ९, उदयपुर । आफ्ना विभिन्न मागहरु राख्दै र
जारी संविधानको विरोध गर्दै विभिन्न पक्षले ४३ दिनदेखि बन्द गर्दै आएको उदयपुर शनिवारबाट खुलेको छ ।
बन्द खुलेसँगै शनिवारबाटै बजार पसलहरु संचालनमा आएको छ भने यातायात समेत सुचारु भएको छ ।

आन्दोलनरत पक्ष र स्थानीय त्रियुगा उद्योग वाणिज्य संघ गाईघाट बिच भएको
छलफलबाट बन्द फिर्ता गर्ने सहमति अनुसार बन्द खुलेको जनाईएको छ । बन्द खुलेपछि जिल्लाका बजार पसल शनिवार
बिहानैबाट सञ्चालनमा आएको त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटका अध्यक्ष गजेन्द्र भगतले बताएका छन् ।
अध्यक्ष भगतका अनुसार बन्द रहेको बिद्यालय, उद्योग कलकारखाना पनि आईतवारबाट निर्वात रूपमा सञ्चालनमा
आउने भएको छ । बन्द खुलेसंगै लामो तथा छोटो दुरीको यातायातका साधन बिहानै देखि सञ्चालनमा आउन थालेका छन्

उदयपुर-थरुहट संघर्ष समिति उदयपुर, थारु कल्णकारीणी सभा र
बिभिन्न असन्तुष्ट राजनीतिक दलहरुको आव्हानमा जारी आन्दोलन फिर्ता लिएपनि निरन्तरको बन्दले बजारमा
ग्यास, नुन लगायत दैनिक उपभोग्य सामंग्रीहरुको हाहाकार छ । उदयपुर खुले पनि चुरेपारिका तराई मधेस बन्दका
कारण दैनिक उपभोग्य सामंग्री आपूर्ति गर्न नसकिएको ब्यापारीहरुले बताएकाछन् । बजारमा एक किलो नुनको
मुल्य ४० देखी ५० रुपैया सम्म रहेको उपभोक्ताहरुले बताएकाछन् ।

यता आन्दोलनको स्वरुप परिवर्तन गरि अझ सशक्त ढंगले अगाडी बढ्ने आन्दोलनरत पक्ष मध्येका एक
थरुहट संयुक्त संघर्ष समितिले शनिवार एक प्रेस विज्ञप्ती जारी गर्दै जानकारी गराएको छ । परिवर्तित
आन्दोलनको स्वरुप सँगै आन्दोलनरत पक्षले सदरमुकाम छिर्ने मुख्य नाका बन्द गर्ने , हलुका सवारी साधन
मात्र चल्न दिने, विद्यालय जाँदा विद्यार्थीले विद्यालयको ड्रेस प्रयोग नगर्ने लगायतका बुँदाहरु उल्लेख
गरिएको छ । थारु कल्याणकारीणी सभाका सभापति प्रदिप चौधरी र थरुहट संयुक्त संघर्ष समितिका संयोजक
पर्शुराम चौधरीको संयुक्त हस्ताक्षर सहितको सो विज्ञप्तीमा गाउँ गाउँमा आमभेला, युवा दस्ता तयारी,
¥याली, सभाको आयोजना निरन्त रहने जनाएको छ ।

उदयपुरमा नुनको अभावः

पूर्वी
तराईमा भइरहेको निरन्तरको बन्दका कारण यातायात ठप्प भएपछि उदयपुरमा एक साता यता खाने नुनकै अभाव भएको छ
। सदरमुकाम गाईघाट, कटारी, वेल्टार लगायतका बजारमा नुनको अभाव भएको छ । बन्दले आयात ठप्प हुँदा स्टकमा
रहेका नुन लगायतका खाद्यबस्तु सकिदै गएको व्यापारीले बताएका छन् । पछिल्लो पटक छिमेकी राष्ट्र भारतले
सीमामा आयात ठप्प पार्ने हल्ला चलेपछि अतिआवश्क बस्तु व्यापारीहरुले लुकाउन थालेकाले बजारमा अभाव भएको
उपभोक्ताको गुनासो छ ।

नाकाबन्दीको हल्लाले उपभोक्ताहरु पनि
त्रसित बन्नुका साथै सामान्य अवस्थाको भन्दा बढी खरिद गर्न थालेपछि अभाव खड्किएको व्यापारीहरुले बताएका
छन् । उदयपुरका उद्योग बाणिज्य संघका अध्यक्ष गजेन्द्र भगतले हल्लाका पछि लागेर व्यापारीले नुनको अभाव
नगराएको बताउन भएको छ । उहाँले उपभोक्तालाई नआत्तिन र हल्लाकै भरमा त्रसित बनेर चाहिने भन्दा बढी
खाद्यबस्तु खरिद नगर्न समेत अनुरोध गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा