2026-09-19 04:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कम्युनिष्टको दुई तिहाइ मत जोगाइ राख्नुपर्छ: उपप्रधानमन्त्री पोखरेल

जेठ ३१, इटहरी | नेपाल कम्युनिष्ट पार्टीका नेता एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले अहिले नेपालमा कम्युनिष्ट पार्टीको दुई तिहाइ बहुमतसहितको सरकारले शासन गरिरहेको दक्षिण एशियाली मुलुकमा सन्देश गएकाले यसलाई जोगाएर राख्नु नै नेपाली कम्युनिष्टको महत्वपूर्ण जिम्मेवारी भएको बताउनुभएको छ । 

उपप्रधानमन्त्री पोखरेलले आज सुनसरीको इटहरीमा नेपाल कम्युनिष्ट पार्टी सुनसरीले आयोजना गरेको पार्टी प्रशिक्षण एवं भेटघाट कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सो कुरा बताउनु भएको हो । 

नेपाली जनताको भाग्य र भविष्य सुन्दर बनाउँदै जाने प्रमुख उद्देश्यका साथ नेपालका भावना मिल्ने सम्पूर्ण कम्युनिष्टबीच एकता कायम हुने क्रम तीव्र बनिरहेको चर्चा गर्दै नेता पोखरेलले अहिलेको सरकारको पहिलो प्राथमिकता नै भ्रष्टाचाररहित सुशासन स्थापित गर्दै समृद्ध नेपाल र खुशी नेपाली समाज निर्माण गर्नु हो भन्नुभयो । 

उहाँले यदि कसैले पार्टीको टोपी वा खोल ओढेर जनविरोधी भ्रष्टाचारको काम गर्न वा गराउन प्रेरित वा उक्साउने कार्य गर्छ भने त्यो आफैँ नाश भएर जाने बताउनुभयो । 

नेता पोखरेलले पार्टीभित्र नमिलेका केही कुरा छन् भने त्यो सचिवालयले मिलाउने दाबी गर्दै भरसक लेनदेन नमिलेमा तल्लो तहदेखि नै मिलाउँदै जाने विषयलाई कम्युनिष्टहरु आफैँले मिलाउँदै जान सक्नुपर्छ भन्नुभयो । 

सोही अवसरमा उहाँले राप्रपा तथा अन्य विभिन्न पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुहुने नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गर्नुभयो । 

कार्यक्रममा सांसद भीम आचार्यले पनि आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रम साविक नेकपा (एमाले)का जिल्ला सभापति रमेश बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई