नन्दराम जैशी | जेठ ३१, जुम्ला । पछिल्लो समय गलत ढंगले नदिमा माछा मार्ने कार्य बढेपछि कर्णाली नदि तथा यसका सहायक नदिहरुमा माछा लोप हुदै गएको छ । माछा मार्दा, करेन्ट लगाउने, बिषादि प्रयोग गर्ने, बम हान्ने लगाएतका गलत ढंगले माछा मार्दा स्वादिलो माछाका लागि प्रसिद्ध कर्णाली नदीबाट विभिन्न प्रजातिका माछा हराउँदै गएका छन् । नदी आसपासका क्षेत्रका बासिन्दामध्ये केही परिवारका लागि कर्णाली माछा गुजारा चलाउने मुख्य स्रोत नै हो ।
स्वादिला माछाका प्रजाति लोप हुँदै जाँदा उनीहरूको पेसा समेत संकटमा परेको छ । खोलामा करेन्ट,ले माछा मार्न थालेपछि यहाँका माछा लोप हुने अवस्थामा पुगेको छ । गर्मी याम सुरु भएसगै प्राय स्थानीय खोलामा माछा मार्नेहरूले करेन्ट प्रयोग गर्न थालेपछि माछा लोप हुने खतरा बढेको हो ।
कर्णाली नदीको मध्य जलाधार क्षेत्र भित्र करेन्टले जथाभावी माछा मार्ने कार्य बढ्दै गईरहेको छ । अत्याधिक करेन्ट र बिषादीको प्रयोगले माछा मार्नथालेपछि कर्णाली प्रदेशका स्थानीय खोला तथा नदिहरूमा माछा पाउन छाडिएको हो ।
कर्णाल प्रदेशको कर्णाली नदि पछिको सवै भन्दा माछा पाउने स्थान अछाम र दैलेखको सिमानामा रहेको रामघाट खोलामा करेन्टले माछा मारेपछि पहिलेको भन्दा कमै मात्रामा माछा पाउने गरेको आठविस नगरपालिका १ का धिरेन्द्र बादीले बताए । उनले भने, ‘आजभोली करेन्टका कारण जाल र झरौलामा माछा मार्न छाडी सके साना साना बालबालीकाहरूसमेत करेन्टको प्रयोग गरीरहेका छन, नदीमा माछानै पाउन छोडीसक्यो ।
खोलामा ब्याट्री लगेर दिनहु समूह बनाई अव्यवस्थित रूपमा माछा मार्ने क्रम बढ्नाले धेरै माछाका प्रजातीहरू हराएका छन । खासगरी पहिलेको तुलनामा अहिले माछाका प्रजाती देखीन छाडेको समेत त्यहाँका स्थानीय बुढापाकाले भन्ने गरेका छन । जाल खेलेर जिवीका चलाउनेको आयस्रोत बन्ने माछा संकलन कार्य आजभोली करेन्ट संकटमा परेको छ ।
जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेमबहादुर थापाले माछा संरक्षण लागि स्थानीय तहहरुले कानून नै पास गर्नुपर्ने बताए । पछिल्लो समय विषादी प्रयोग, वम पट्काउने र करेण्ट ल्याउनेको संख्या अत्याधिक बढेको छ । जबसम्म स्थानीय तहले कानून बनाउन सक्दैनन् तबसम्म विषादी, वम र करेण्टको प्रयोगलाई नियन्त्रण गर्न नसकिने उनको भनाई छ । उनले भने, विषादी, वम र करेण्ट प्रयोग गर्ने समुदायलाई कानून बनाएर कारवाहीको दायरामा ल्याउनु पर्ने बताए ।
उता जलधारमा माछाहरु दैनिक माछाहरु लोप हुदै विज्ञहरु चिन्ता व्यक्त गरेका छन । पानी परियोजना, रिर्सोसर हिमालय फाउण्डेशन र सुर्वोदय जुम्लाले दैलेखमा आयोजना गरेको परिचात्मक कार्यक्रममा नेपाल कृषि अनुसन्धान केन्द्रका माछा सम्बन्धि विशेषज्ञ डा अरुणप्रसाद वैद्यले पछिल्लो समय विषादी, वम र करेण्टको अत्याधिक प्रयोगले नदिका माछा कम मात्रा पाईने गरेकोमा चिन्ता व्यक्त गरे । नेपालमा २३० प्रजातीका माछाहरु पाइने उनले जानकारी दिए । कर्णाली नदिमै मात्र ८ प्रजातीका माछाहरु पाइने गरेको उनले बताए । त्यही माछाहरु महाजाल र करेण्टको प्रयोगले माछाहरु लोप हुदै गएको उनले बताए । फलामे सहर माछा सबैभन्दा बढी लोप भएको उनले बताए ।
यसैगरी रिसोर्सेस फाउण्डेशन टिम लिटर डा. कमल अधिकारीले स्थानीय तहले नै जलचर सम्बन्धी कानून बनाएर कार्यान्वय गरेमा प्रभावकारी हुने बताए ।