२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

स्थानिय बजारमा कालोबजारी मौलाउँदै, स्थानिय प्रशासन मौन

१८ मंसिर २०७२, शुक्रबार २३:३१

अजयकुमार साह, मंसिर १९, उदयपुर

ग्याँस,
पेट्रोल, चिनी लगायतका साँमंग्री ब्ल्याक मार्केटमा छ्यापछ्प्याती

तराई–मधेश
आन्दोलन सँगै निरन्तर सय दिन भन्दा बढी लामो बन्द, हडताल र अघोषित नकाबन्दीका कारण स्थानिय बजारमा
निरन्तर भइरहेको आपूर्ति विगतको तुलनामा कम भएपछि कालोबजारी मौलाएको छ ।

स्थानिय बजारमा सवारी साधनका लागी चाहिने ईन्धन, ग्याँस, खानेतेल, चिनी, दाल लगायत अन्य दैनिक
उपभोग्य सामंग्रीहरु ब्ल्याक मार्केटमा उपभोक्ताबाट बढी मुल्य असुल गरी विक्री भईरहेको खुलासा भएको छ

स्थानिय बजारमा सिमित व्यापारीहरुले ब्ल्याकमा ग्यास,
पेट्रोल, चिनी, खानेतेल, दाल लगायतका दैनिक उपभोग्य सामंग्री विक्री गरी मनग्य आयआर्जन गरेको स्थानिय
उपभोक्ताहरुले गुनासो गरेकाछन् ।
यता उपभोक्ताको दैनिक रुपमा गुनासो रहेको भएतापनि स्थानिय प्रशासन
मौन छ । उपभोक्ताको भनाईमा स्थानिय प्रशासन समेतको मिलेमतो रहेको बुझिएको छ । “प्रशासनको मिलेमतो नभएको
भए यतिका दिन सम्म किन कुनै ब्ल्याक मार्केट गर्ने व्यापारीलाई पक्राउ गरी कार्यवाही गरिएन त ?” नाम
नखुलाउने सर्तमा एक स्थानियले बताए ।

हाल बजारमा पाँच हजार
भन्दा बढी मुल्यमा एक सिलिण्डर ग्याँस छ्रयापछ्याप्ती पाईने गरिएको छ । स्थानिय व्यापारीहरुले एक हजार
देखी पन्ध्रसय सम्म बढी मुल्य असुल्ने गरेको पाईएको छ । त्यस्तै स्थानिय पेट्रोल पम्पहरुमा मौज्दात
रहेको ईन्धन लुकीछिपी बढी मुल्यमा विक्री गरिएको पाईएको छ । प्रति लिटर दुई सय भन्दा बढी मुल्य असुल गरी
पेट्रोल विक्री भईरहेको बुझिएको छ ।

स्थानिय प्रशासनले पेट्रोल,
डिजेल र ग्याँस विक्री वितरणमा आफ्नो अगुवाई जनाएको भएतापनि पारदर्शिता नअपनाएको बुझिएको छ । बजारमा यति
हजार लिटर पेट्रोल आयो भन्ने हल्ला पिटाएपनि कति बाँडियो र मौज्दात कति बाँकी छ भन्ने विषयमा स्थानिय
प्रशासन मौन रहेको देखिन्छ । सरकारी कार्यालय र निजामति कर्मचारीका लागी भनेर मौज्दात राख्न आफूहरुलाई
निर्देशन भएकोले केही ईन्धन मौज्दात रहने गरेको स्थानिय एक पेट्रोल पम्पका साहुले बताएकाछन् ।

यसरी ब्ल्याक मार्केटमा दैनिक उपभोग्य सामंग्री विक्री भईरहेको प्रति
स्थानिय व्यापारीहरुलेनै विरोध गर्दै आएकाछन् । ब्ल्याक मार्केट गर्ने केही सिमित व्यापारीहरुका कारण
सम्पूर्ण व्यापारीको नाम बदनाम भएकोे स्थानिय एक व्यापारी बताउँछन् । स्थानिय प्रशासनले ब्ल्याक
मार्केटमा सहभागी रहेका सिमित व्यापारीहरु सँग नगद सम्म असुल्ने गरेको सर्वसाधारणको गुनासो रहेको छ ।
स्थानिय सर्वसाधारणले ग्याँस, पेट्रोल लगायतका अति आवश्यक सामंग्रीहरुको आयात गरिएको परिमाण र विक्री
वितरण गरिएको परिमाण स्पष्ट रुपमा प्रशासनले सार्वजनिक गर्नुपर्ने बताउँदै आएकाछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव