2026-09-19 04:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कोशी दुर्घटनामा मृत्यु भएकाको सनाखत (नामावलीसहित)

असार १९, इनरुवा | पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिका–४ कटानमा गए राति भएको सवारी दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छ । 

मृत्यु हुनेमा सबै भारतीय रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

धरानबाट घुमफिर गरी घर फर्कने क्रममा उनीहरु सवार बि आर ०६ पी बी ६४१८ नं को बोलेरो अनियन्त्रित भई दुर्घटनामा परेको थियो । कोशी कटानमा रहेको सिपेज पानीमा बोलेरो खस्दा तीन जनाको घटनास्थलमै तथा अन्य तीनको विराटनगरमा उपचारका क्रममा मृत्यु भएको छ । 

मृत्यु हुनेमा भारत बिहार मधुवनीका सञ्जीवकुमार पौदार, सुपौलका पाँच वर्र्षीय गोनुकुमार राय, कञ्चनकुमारी राय, सुरेन्द्रकुमार सुमन, धीरेन्द्रकुमार राय र ललियादेवी राय छन् । दुर्घटनामा १० वर्षीय आदिमकुमार रायसहित निलुदेवी पौदार र ललनकुमार राय घाइते भएकामा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई