२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङको एक सय एक ठाउँ प्रकोपको जोखिममा

२०७५, २१ असार बिहीबार ०६:५७

असार २१, बागलुङ | जिल्लाका १०१ ठाउँ प्राकृतिक प्रकोपको उच्च जोखिममा छन् । ती ठाउँहरुमा ठूलो वर्षा हुँदा बाढीपहिरो निम्तिन सक्ने खतरा छ । 

जिल्ला भू–संरक्षण कार्यालय बागलुङले वर्षाअगावै स्थलगत सर्वेक्षण गरी उच्च जोखिमयुक्त ठाउँ किटान गरेको हो । जसमध्ये ढोरपाटन नगरपालिका क्षेत्र बढी जोखिममा रहेको कार्यालयका भू–संरक्षण अधिकृत शेरबहादुर श्रेष्ठले बताउनुभयो । 

त्यहाँ पर्ने बोबाङ, अधिकारीचौर र नगरपालिकाको केन्द्र बुर्तिबाङसमेत प्राकृतिक विपद्को जोखिममा छ । 

यस्तै तमानखोला गाउँपालिका, निशीखोला गाउँपालिकाको बोङ्गादोभान, खुङ्खानीमा बाढीपहिरोको बढी जोखिम छ । त्यस क्षेत्रमा बग्ने निसी, भुजी र तमानखोलाले बाढीपहिरोको जोखिम बढाउने गरेको अधिकृत श्रेष्ठले बताउनुभयो । 

“पश्चिम भेग विशाल पहाडी भू–भागले घेरिएको छ, वर्षा हुँदा खोलाको बहाब एक्कासी बढ्छ”, उहाँले भन्नुभयो, “जसका कारण तटीय क्षेत्रमा प्रकोप निम्तने खतरा छ ।” 

भूगर्वको कमजोर संरचना, भौगोलिक बनावट, भिरालो जमिन, नाङ्गा पहाड, जथाभावी खनिएका सडकजस्ता कारणले बाढीपहिरो निम्तने गरेको उहाँको भनाइ छ । दुई वर्षअघि निसी, भुजी, तमानखोला र बडीगाड खोलामा आएको बाढीले करोडौँको भौतिक सम्पतिमा क्षति पु¥याएको थियो । प्राकृतिक प्रकोपले वर्षेनीजसो मानवीय क्षति पनि व्यहोर्नुपरेको अधिकृत श्रेष्ठले बताउनुभयो । 

उहाँका अनुसार गलकोट नगरपालिकाको हरिचौर, पाण्डवखानी, दुदिलाभाटी, काठेखोला गाउँपालिकाको लेखानी, रेशलगायतका क्षेत्र पनि प्रकोपको जोखिममा छन् । 

यस्तै बागलुङ नगरपालिका भित्र मात्रै सानाठूला गरी ९३ वटा पहिरो रहेको जनाइएको छ । प्राकृतिक प्रकोपको जोखिम बढे पनि विपद् रोकथाम र न्यूनीकरणका लागि कार्यक्रम, बजेट भने कार्यालयसँग छैन । चालु आवको सबै बजेट स्थानीय तहमा गएपछि जिल्ला कार्यालयले कुनै पूर्वतयारीका काम गर्न सकेन । “पहिले जनचेतना अभिवृद्धिदेखि विपद् रोकथाम र न्यूनीकरणका लागि कार्यक्रम र बजेट आउँथ्यो”, अधिकृत श्रेष्ठले भन्नुभयो, “अहिले सबै स्थानीय तहमा गएको छ ।” 

स्थानीय तहले भने यो वर्ष प्राकृतिक प्रकोप नियन्त्रणको कुनै प्रभावकारी योजना बनाएका छैनन् । केहीले विपद् कोष खडा गरे पनि जनशक्ति अभाव र अनुभवको कमीले पनि विशेष कार्ययोजना लागू गर्न नसकेका हुन् । जिल्ला प्रशासन कार्यालय बागलुङले भने प्राकृतिक प्रकोपका घटनाको व्यवस्थापन, उद्धार र राहतका लागि सबै संयन्त्र परिचालन गरिने जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै