2026-09-18 11:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

राष्ट्रपति महिला उत्थान कार्यक्रम

असार २२, इटहरी | राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत स्थानीय तहका जननिर्वाचित प्रतिनिधिका लागि लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी एकदिने अभियान कार्यक्रम सुनसरी जिल्लाको इटहरीमा आज प्रारम्भ गरिएको छ । 

महिला तथा बालबालिका विभागको आयोजनामा भएको उक्त अभियान कार्यक्रममा गाउँघरमा नै कसरी जनप्रतिनिधिमार्फत विभिन्न नामबाट हुने गरेको लैङ्गिक विभेद एवं हिंसालाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा सचेत र सक्षम जनप्रतिनिधि तयार पार्नु उक्त अभियानको मुख्य उद्देश्य रहेको बताइएको छ । 

समाजमा विद्यमान लैङ्गिक हिंसा महिला वा पुरुषबाट चलिनै रहेकाले यसलाई कसरी कम गर्ने वा न्यूनीकरण गर्ने भन्ने विषयमा जननिर्वाचित पदाधिकारीद्वारा गाउँघरमा सचेतनापूर्वक अघि बढाउन सकियो भने भयावह अवस्थामा रहेको लैङ्गिक हिंसामा कमी ल्याउन सकिन्छ भन्ने भावनाले प्रेरित भएर यो कार्यक्रम अघि बढाएको पनि जानकारी दिइएको छ । 

कार्यक्रमको संयोजक एवं इटहरी उपमहानगरपालिकाको उपप्रमुख लक्ष्मी गौतमको अध्यक्षमा भएको उक्त अभियानमा जिल्ला समन्वय समिति सुनसरीको उपाध्यक्ष कृष्णकुमारी विश्वकर्माले पुरुष वा महिलाबाट हुने गरेको हिंसा चाहे त्यो पुरुषले महिलामाथि गर्ने र महिलाले पुरुषमाथि गर्ने हिंसा दुवै मानव अधिकार उल्लङ्घनको जघन्य अपराध भएकाले यसमा कमी ल्याउन सबैले आ–आफ्नो स्थानबाट दायित्व निर्वाह गर्न जरुरी छ भन्नुभयो । 

उक्त अभियान कार्यक्रममा इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छवि रिजाल, महिला तथा बालबालिका विभागका अधिकृत हरिप्रसाद अधिकारी, दुहवी नगरपालिकाका उपप्रमुख सुनिता दाहाल, बराहक्षेत्र नगरपालिकाका उपप्रमुख कमला मगर, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्का र सुनसरी महिला तथा बालबालिका कार्यालयकी प्रमुख निर्जला चुडाललगायतले बोल्नुभएको थियो । 

इटहरी उपमहानगरपालिका तथा दुहवी, रामधुनी र बराहक्षेत्र नगरपालिकाका जननिर्वाचित पदाधिकारीको सहभागिता रहेको अभियान कार्यक्रममा बोक्सी हुँदैन भन्ने अग्नि दहन चलचित्रसमेत प्रस्तुत गरी गाउँघर र समाजमा विद्यमान बोक्सी प्रथाविरुद्ध कसरी सचेत रहने भन्ने ज्ञानसमेत दिने कार्यक्रम अभियानमा समावेश गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई