२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हवाई टिकटमा सिण्डिकेट हटेन

२०७५, २५ असार सोमबार ०२:५४

रेशमराज रोकाया | असार २५, हुम्ला | भारतिय नागरिकको भिँड र विमान कम्पनीको सिण्डिकेटले गर्दा नेपाली र हुम्ली विमान यात्रुलाई उपचार गर्न नपाउँदा ज्यानै धरापमा राख्नु पर्ने अवस्था रहेको छ । विमान कम्पनीले भारतिय पर्यटकलाई मात्र हवाई टिकट दिँदा यस्तो समस्या हुने गरेको छ । हवाई टिकट नपाउँदा दिनहुँ हुम्ली र नेपाली पर्यटकले हप्तौं सिमिकोटमा कुर्नु पर्ने अवस्था रहेको छ । टिकटको लागि विहानै विमानस्थल गएको भएता पनि सयौं नेपाली यात्रु समस्यामा परेका छन् ।

आँखामा चोट लागेको उपचार गराउनको लागि जिल्ला अस्पताल सिमिकोट आएको भएता पनि जिल्लामा उपचार हुन नसक्ने स्वास्थ्यकर्मीले सल्लाह दिँदा उपचारको लागि जिल्ला बाहिर जान नपाउँदा सर्केगाड गाउँपालिका वडा नं. ८ का खड्कवीर बुढा आँँखा फुट्ने अवस्थामा सिमिकोटमा १ हप्ता विताएको पिडा पोख्दै थिए । त्यसै गरी माध्यमिक शिक्षा उतीर्ण परीक्षा उतीर्ण पछि उच्च शिक्षा हासिल गर्नको लागि शहरी क्षेत्रमा जानको लागि विद्यार्थीलाई झन् समस्या रहेको छ । सामान्य व्यक्तिको त परै जाओस्, दृष्टिविहिन २ जना बालबालिका काठमाडौं जानको लागि टिकटको लागि कुरेको आज १ हप्ता भयो टिकट पाउनको लागि पहुँच नै पाएका थिएनन् । सिमिकोट गाउँपालिका वडा नं. २ का गोरासिँह बोहोरा पूर्ण दृष्टिविहिन विद्यार्थी र खार्पुनाथ गाउँपालिका वडा नं. ५ का ललीता रोकायाले समेत टिकट पाउन सकेको थिएनन् । ‘भन्ने बेला हरेक विमान कम्पनीले अपाँगता भएका व्यक्तिको लागि टिकट सुरक्षित भएको हवाला छ तर टिकट उपलव्ध हुन नसकेको छैन’ बोहोराको भनाई रहेको छ । बल्ल १ हप्ताको कुराई पछि २ दृष्टिविहिन बालबालिकाले हुम्लामा रहेका सञ्चारकर्मीको सहयोगमा हवाई टिकट पाएका छन् । हुम्लामा कार्यरत नयाँ पत्रिकाकर्मी नरजन तामाङ, अन्नपूर्णकर्मी नवराज महतारा र कारोबारकर्मी रेशमराज रोकायाले उनीहरुको मर्मलाई बुझेर हवाई कम्पनीसँगको सहकार्यमा सिता ईयर र तारार ईयरमा टिकट उपलव्ध भएको थियो ।

यहि असार २९ गते शिक्षक सेवा आयोगको अस्थायी शिक्षकको आन्तरिक परीक्षामा समावेश हुनको लागि जिल्लाका ४८ जना शिक्षकले टिकट नपाउँदा परीक्षा दिन नसक्ने अवस्थामा पुगेका छन् । हवाई उडानमा टिकट पाउनु पर्ने माग राख्दै प्रमुख जिल्ला अधिकारी कक्षमा पुगेका अस्थायी शिक्षकले ज्ञापन पत्र बुझाई माग सम्वोधन गर्नको लागि अनुरोध गरेका छन् । प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले हुम्लामा सञ्चालनमा आएका विमान कम्पनीलाई अस्थायी शिक्षकको परीक्षालाई ध्यानमा राखी हवाई टिकट उपलव्ध गराउनको लागि अनुरोध गरिएको समेत जानकारी गराउनु भयो ।

जिल्लामा विरामी र अन्य कामको शिलशिलामा जिल्ला बाहिर जानु पर्ने यात्रुले भने महिनौं दिन सम्म कुरेको भएता पनि टिकट नपाउँदा समस्या भएको पाईएको छ । विरामीको उपचारको लागि १ जनालाई हरेक हवाई कम्पनीले सिट उपलव्ध गरेको भएता पनि अन्य यात्रुलाई असहज भएको छ । दिर्घ रोगी र हुम्लामा उपचार गर्न समस्या भएका विरामीको लागि ज्यान गुमाउनु पर्ने अवस्था रहेको छ । विमान कम्पनी र हुम्ला उद्योग वाणिज्य संघले गत जेठ पहिलो हप्ता गरेको अनुसार हरेक विमान कम्पनीको उडानमा अनिवार्य २ जना नेपाली यात्रुलाई टिकट उपलव्ध गराउनु पर्ने गरिएको भएता पनि विमान कम्पनीले यसको बेवास्ता गर्ने गरेको छन् । हवाई कम्पनीले भारतिय नागरिकलाई मात्र ध्यान दिने गरेको र टिकट दिने गरेको पाईएको छ । 

गत केही महिना अगाडी उद्योग वाणिज्य संघ, नागरिक समाजका प्रतिनिधीसँग हरेक उडानमा २ जना नेपाली नागरिकलाई हवाई टिकट दिनु पर्ने प्रावधान राखेको भएता पनि हवाई कम्पनीले यो नियमलाई उलंघन गर्दै आएका छन् । विरामी र अति आवश्यक काम परेका नेपाली हवाई यात्रुलाई विमानस्थलमा दिनभरी कुर्नु बाहेक कुनै उपलव्धी हुन सकेको छैन । हप्तौं देखी हवार्य कम्पनीका हाकिमलाई समेत भेट्न गाह्रो हुने गरेको छ । विमान कम्पनीका कार्यालय खुला नै हुन छाडेका छन् । विमानस्थलको एप्रोनमा नै हवाई जहाजको कागजात तयार गरी एकोहोरो भारतिय नागरिकलाई मात्र टिकट उपलव्ध गर्ने गरेका छन् ।


क्याप्सनः हवाई टिकट नपाउँदा समस्यामा रहेका नेपाली यात्रु । फोटो:  रेशमराज रोकाया

कहिले पुग्ला मोटरबाटो ?

हरेक वर्ष बैशाख महिना देखी कार्तिक महिना सम्म हुम्लीले हवाई टिकटको समस्या समाधान भोग्ने गरेका छन् । भाडा भन्दा बढी पैसा दिँदा पनि टिकट नपाउने समस्या अझै हुम्ली र नेपाली यात्री भोग्दै आएका छन् । कामको शिलशिलामा जिल्ला बाहिर जानको लागि देशको ७७ औं जिल्ला हुम्लामा मोटरबाटो नहुँदा सबैले हवाई यातायात बाहेक कुनै विकल्प रहेको छैन । कर्णाली करिडोरको मोटर बाटो कछुवा गतिमा अगाडी बढी रहेको छ । महँगो भाडा तिर्दा पनि हवाई टिकटको लागि हुम्लीले अझै सहज नभएको सबैको भनाई रहेको छ । टिकटको लागि विहानै ५ बजे देखी विमानस्थल नजिक रहेका हवाई कम्पनीको कार्यालय अगाडी लाईन बसेको भएता पनि न कार्यालय खुल्छ न नेपाली यात्रुले टिकट पाउँछन्, भोक भोकै घर फर्कनु बाहेक कुनै विकल्प नरहेको अवस्था छ । सरकारी ध्वजा वाहक नेपाल ईयरलाईन्सले हवाई उडान नभरेको १ महिना हुन लागेको छ । नेपाल ईयरलाईन्सले हप्तामा सोमबार र विहिबारको उडान तालिका भए पनि नियमित उडान नगर्दा झन् समस्या थपिएको छ । गएको २ दिन अघि देखी मात्र पानी ३ दिन सम्म पर्दा भारतिय नागरिक थुप्रिँदा झन् समस्या चुलिएको हो । नेपाली सेनाको हेलिकोप्टरले २ दिन सम्म भारतिय नागरिकलाई उद्धार गरेको भएता पनि नेपाली यात्रुको समस्या न स्थानिय प्रशासनले देखेको छ न कुनै हवाई कम्पनीले सहज बनाएको छ । हवाई कम्पनीका कर्मचारीले टिकट छैन मात्र भनेर टार्ने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण