२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

दिदि वहिनि वचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न

२४ पुष २०७२, शुक्रबार ०७:१५

कमल पौडेल । पुस २४, बागलुङ (खर्वाङ) । दिदि-वहिनि वचत तथा ऋण सहकारी संस्था लिमिटेड दगातुन्डाडा बागलुङको पाचौं वार्षिक साधारण सभा शुक्रवार जिल्ला विकास समितिको हल खर्वाङमा सम्पन्न भएको छ ।

कुल ५४२ जना दिदिवहिनी शेयर सदस्य रहेको सहकारीमा १३८ जना वाल वचत कर्ता समेत रहेका छन् । साधारण सभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष शान्ति अधिकारीले आगामी वर्ष शेयर सदस्य ६ सय पुर्याउने वताउनु भएको छ । त्यस्तै सचिव विना थापाले प्रस्तुत गरेको १ करोड, ६ लाख, ५० हजार वरावरको आर्थिक प्रतिवेदन सभाले पारित गरेको छ । साधारण सभाको उद्घाटन सत्रमा वोल्ने वक्ताले महिलाहरुलाई आर्थिक रुपमा सवल वनाउन छरिएको पुँजीलाई एकिकृत गरि महिलाहरुलाई समेत एकता वद्ध गराएको भन्दै सहकारीको प्रशंसा गरेका थिए । कार्यक्रममा अन्तरपार्टि महिला संजाल दगातुन्डाडाका अध्यक्ष कलावति गिरि, नेपाली काँग्रेसका रत्न वहादुर क्षेत्रि, नेकपा एमालेका रेम वहादुर भुजेल, त्रिभुवन उच्च माविका प्राचार्य ढालमणि भण्डारी, नव प्रतिभा वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विष्णु प्रसाद खरेल, सिवाईसी नेपाल खर्वाङ शाखाका प्रवन्धक शान्ति शर्मा, कृषि सेवा केन्द्र खर्वाङका प्रमुख जटासंकर साहु लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा उत्कृष्ट वृद्ध वचतकर्ता मिना घिमिरे र वेलकुमारी अर्याल, तथा उत्कृष्ट वचत कर्ता कवि गिरिलाई सम्मान गरिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष शान्ति अधिकारीको अध्यक्षता, सदस्य राधिका खरेलको स्वागत मन्तव्य तथा सचिव विना थापाको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव