२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बाग्लुङको रिघा क्षेत्र नम्वर–३ को पहिलो पुर्ण साक्षर तथा खोपयुक्त गाविस घोषित

२७ पुष २०७२, सोमबार ०८:२२

कृष्ण कँडेल । पुस २७, गलकोट । गलकोटको रिघा गाउँ विकाश समितिलाई पुर्ण साक्षर तथा पुर्ण खोपयुक्त घोषणा गरिएको छ । गाविसलाई आज विशेष कार्यक्रम गरि जिल्लाको १६ औँ पुर्ण साक्षर र पुर्णखोपयुक्त घोषणा गरिएको हो ।

गाविसको जम्मा जनसंख्या ४ हजार २ सय ३७ मध्य १५–६० उमेर समुहका २ हजार ५ सय ९१ रहेकोमा ९९.६९ प्रतिशत अर्थात २ हजार ५ सय ८३ जना साक्षर बनेपछि पुर्ण साक्षर घोषणा गरिएको गाउँ शिक्षा समिति रिघाले जनाएको छ । गाविसमा ७३ जना बालवालिका खोप उमेर समुहका भएकोमा सतप्रतिशतले सम्पुर्ण खोप पाएको गाउँ शिक्षा समितिका संयोजक तथा गाविस सचिव कर्मप्रसाद गौतमले जानकारी दिनुभयो ।

रिघा बागलुङ निर्वाचन क्षेत्र नम्वर–३ को पहिलो पुर्ण साक्षर र खोपयुक्त गाविस बनेको स्रोतव्यक्ति दिनेश पन्तले जानकारी दिनुभयो । कार्यक्रममा सांसद् ज्ञानकुमारी छन्त्यालले मुलुक विखण्डन गर्ने गरि उठार्ईका मागलाई सम्वोध गर्न नसकिने भन्दै राष्ट्रको स्वाभिमानको लागि नेपाली जनताले केहि समय दुख भोग्न तयार रहेको दावि गर्नुभयो । उहाँले रिघा गाविस क्षेत्र नम्वर–३ को पहिलो पुर्णसाक्षर र खोपयुक्त बनेको भन्दै शुभकामना ब्यक्त गर्नुभएको थियो । जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद तिवारीले शिक्षक आफ्नो पेशाप्रति जिम्मेवार बन्दै वालवालिकाको सिकाई उपलब्धि सुधार गर्न लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा गाविसक ९ ओटै वडाबाट सचेतना र्याली तथा झाँकि सहित सहभागी कार्यक्रम स्थल ठुलोचौरमा पुगेर विशेष कार्यक्रम भएको थियो । कार्यक्रममा स्थानिय सोरठी, घाटु तथा लोक नृत्य प्रश्तुत गरिएको सञ्चारकर्मी मित्र खरेलले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव