2026-09-19 03:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सूचनाको हकबारे पत्रकारलाई प्रशिक्षण

साउन १८, इटहरी | राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी अधिकारका विषयमा जिल्ला तहमा प्रशिक्षक प्रशिक्षण उत्पादन गर्ने उद्देश्यले आयोजित दुई दिने प्रशिक्षण तालीम आजबाट यहाँ प्रारम्भ भएको छ । 

पूर्वी नेपालको झापा मोरङ सुनसरी र धनकुटा जिल्लाको नेपाल पत्रकार महासंघका जिल्ला सभापति एवं अन्य सञ्चारकर्र्मीसहित उक्त प्रशिक्षक प्रशिक्षण तालीममा ३५ जना सञ्चारकर्मीको सहभागिता रहेको छ । 

तालीममा सहभागी भएका सञ्चारकर्मीलाई जिम्मेवार पत्रकारिताको माध्यमबाट आम नेपाली जनतालाई सूचनाको हकसम्बन्धी संविधानबाट प्राप्त अधिकार सुनिश्चित गराउन भूमिका खेल्ने विषयमा ज्ञान एवं दक्षता प्रदान गरिने छ । 

राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले तालीमको शुभारम्भ गर्दै संविधानले प्रत्याभूत गरेका नागरिकको सूचनाको हकका विषयमा व्यवस्था गरेको अधिकार उपभोग गर्न पाउने अधिकारको सुनिश्चितताका लागि सञ्चारकर्मीले इमान्दारीपूर्वक ज्ञानसहित कार्यक्षेत्रमा सक्रियता बढाउनु पर्ने बताउनु 

भयो । 

प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सहभागी सञ्चारकर्मीलाई आयोगका सूचना आयुक्त किरण पोख्रेल, एशोदा तिम्सिना र आयोजक सचिव मणिराम ओझा तथा केदार रायमाझीले सहजीकरण गरी राष्ट्रिय सूचना आयोगले अघि सारेको सूचनाको हकसम्बन्धी नागरिक अधिकारलाई जनताका माझमा पुर्याउनु पर्ने दायित्वबोधको ज्ञान दिने कार्यक्रम रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई