Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

गोरखाका ८२५ गैर सरकारी संघसंस्था खारेजीमा, १५ दिनभित्र चल अचल सम्पतिको विवरण पेश गर्नुपर्ने

२०७५, २३ श्रावण बुधबार १३:३६

मनोज पराजुली,साउन २३, गोरखा। जिल्ला प्रशासन कार्यालय गोरखाले जिल्लामा दर्ता भएर नवीकरण नगर्ने गैर सरकारी संस्थाहरु खारेजी प्रक्रिया अगाडी बढाएको छ। लगातार तीन वर्षसम्म पनि नवीकरण नगर्ने गैर सरकारी संस्थालाई गृह मन्त्रालयबाट खारेज गर्ने निर्णय भई जिल्ला प्रशासन कार्यालयमा परिपत्र आएपछि प्रशासन कार्यालयले खारेजी प्रक्रिया शुरु गरेको हो ।

 जिल्ला प्रशासन कार्यालय गोरखामा संस्थादर्ता ऐन २०३४ बमोजिम हालसम्म १४ सय ५० वटा गैर सरकारी संस्थाहरु दर्ता भएका छन् । जसमध्ये ८२५ संस्थाहरुको ३ वर्ष भन्दा बढी अवधीदेखि नविकरण नगरेका कारण गैरसरकारी संस्थाहरुको दर्ता खारेजी प्रकृया अगाडि बढाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टरार्इले साझा सवाललाई बताए। खारेजीमा परेका संस्थाहरुले भाद्र ६ गतेसम्म संस्थाको चल अचल सम्पतिको विवरण साथै तिर्नु पर्ने दायित्व समेतको विवरण जिल्ला प्रशासन कर्यलायमा पेश गर्न भनिएको प्रमुख जिल्ला अधिकारी भट्टरार्इले जानकारी दिए।  

गत जेठ २४ गते गृहमन्त्री राम बहादुर थापा ‘बादल’को अध्यक्षतामा बसेको बैठकले जिल्ला प्रशासन कार्यालय, कम्पनी रजिष्टार कार्यालयमा दर्ता भै समाज कल्याण परिषदमा आवद्ध भएका गैरसरकारी संस्था, अन्तराष्ट्रिय गैर सरकारी संस्था तथा प्रतिफल वितरण नगर्ने कम्पनीहरुको ३ (तीन) वर्ष सम्मको नविकरणको अवस्था हेरी तत् तत् निकायमा नविकरण भएको नपाइएमा तत् तत् निकायबाट पुनः नविकरण गर्न १५ (पन्ध्र) दिने सूचना जारी गर्ने र सो समयावधी भित्र नविकरण हुन नआउने संस्थाहरुको दर्ता खारेजी प्रकृया अघि बढाउने निर्णय गरेको थियो।

साथै नविकरण गर्दा उक्त संस्थाहरुको दर्ता खारेजी प्रकृया अघि बढाउने र नविकरण गर्दा उक्त संस्थाहरुले हाल सम्म गरेका कार्यहरुको आर्थिक विवरण सहितको प्रतिवेदन लिन समेत निर्देशन दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै