१ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

बाढि–पहिरोबाट ओखलढुंगामा करोडौँको क्षेती (फोटो फिचर)

१५ भाद्र २०७२, मंगलवार ०८:०२

पूर्णप्रसाद न्यौपाने/भदौ १५,
ओखलढुंगा ।
 लगातारको वर्षापछि आएको बाढि–पहिरोबाट ओखलढुंगामा करोडौँको क्षेती भएको छ । केहि
दिनयताको अभिरल वर्षा र वर्षापछिको बाढि–पहिरोबाट करोडौँ मुल्य बराबरको क्षेती भएको हो ।

o11

जिल्लाका
अधिकांश विद्युत आयोजना कामै नलाग्ने भएका छन् । भने सयौँ हेक्टर जमीन बाढिले बगाएको छ । पहिरोसँगै
माम्खा र रुम्जाटारबिचमा रहेको ठोट्ने खोलामा आएको भीषण बाढीले रुम्जाटार–माम्खा सडक जोड्ने पक्की
मोटेरेवल पुलसमेत बगाएको छ । भने सोही खोलामा रहेको एउटा ट्रष्ट र अर्को झोलुंगे पुलसमेत बगाएको छ

खोला किनारमा रहेका दुई वटा विद्युत गृह समेत बगेका छन् । भने अर्को विद्युत आयोजनामा ठुलो
क्षेती पुगेको छ । त्यस्तै ठोट्ने खोलाको बाडिले भदौरे १ मा सञ्चालमा रहेको चिसोपानी पिको हाईड्रोपावर
समेत बगाएको छ । विद्युत गृह र मुहान तथा सिचाँईमा क्षेती पुगेपछि गाँउहरु पूर्णरुपमा अन्धकारमय भएका
छन् ।

badhiparhiro

भने पुल बगाएपछि स्थानियलाई आवात जावतमा समस्या भएको छ । आइतबार रातीको अविरल वर्षापछि
आएको पहिरोमा पुरिएर ओखलढुंगाको माम्खा गाविस ८ खानी गाउँमा एकै घरका दुईजना वेपत्ता भएका छन् ।
उनिहरुको अवस्था अहिले सम्म पत्ता लागेको छैन् ।

वेपत्ता हुनेमा अविरल दाहाल र उहाँकी श्रीमती
हर्कमाया दाहाल रहेको प्रहरीले जनाएको छ । बाढि पहिरोले घर समेत बगाउँदा दाहाल दम्पत्ती वेपत्ता भएका
थिए । बाढीले खोला किनारका सयौं हेक्टर धान रोपिएको खेत समेत बगाएको छ ।

badhiparhiro

जिल्लाभर पहिरोको जोखिम बढेकाले केहिदिन यता
ठुलो विपत् आईपरको भन्दै क्षेतीको विवरण संकलन गर्नेकाम भईरहेको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले
बताउनुभयो । विपत् टारेर टार्न नसकिने भन्दै प्रमुख जिल्ला अधिकारी सुवेदीले उच्च सतर्कता अपनाउन सबै
जिल्लाबासीलाई आग्रह गर्नुभयो । जिल्लाभर पहिरोको जोखिम बढेको र दिनानु दिन ठुलो क्षेती भईरहेको खबरहरु
आईरहेका छन् ।

badhiparhiro

प्रभावित क्षेत्रको स्थलगत निरीक्षण

ओखलढुंगाका प्रमुख जिल्ला अधिरीकारी सहितका सरोकारवालाको टोलीले पहिरो प्रभावित
क्षेत्रको स्थलगत निरीक्षण गरेको छ । प्रमुख जिल्ला अधिकारी यादव सुवेदीको नेतृत्वमा गएको टोलीले माम्खा
र रुम्जाटार बिचमा पर्ने ठोट्ने खोला आसपामा भएको क्षेतीको स्थलगत निरीक्षण गरेको हो ।

1010

निरीक्षण टोलीमा प्रमुख जिल्ला अधिकारी यादव सुवेदी, स्थानिय विकास अधिकारी
सत्रुघ्न प्रसाद पुडासैनी,शमसेरदलगणका गणपती रत्नबहादुर गोदार, जिल्ला प्रहरी प्रमुख दिपेन्द्र शाह,
जिल्ला प्राविधिक कार्यालयका प्रमुख माधव भटराई,जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख
कमलराज श्रेष्ठ, रेडक्रस सभापत्ती मोहन श्रेष्ठ लगाएतका कार्यालय प्रमुख तथा प्रतिनिधी, राजनैतीक दलका
प्रतीनीधी, सञ्चारकर्मी, सुरक्षाकर्मी लगाएतको सहभागिता रहेको थियो ।

badhiparhiro

स्थलगत निरीक्षणका क्रममा प्रमुख जिल्ला
अधिकारी यादव सुवेदीले राज्यका तर्फबाट हुने सहयोग उपलब्ध गराउन पहल गर्ने बताउनुभयो । निरीक्षण टोलीलाई
स्थानिय पिडितहरुले तत्कालका समस्या समधान गरिदिन र आवश्यक क्षेतीपुर्ती दिलाउने व्यवस्था मिलाई दिन
आग्रह गरेका छन् ।

विषेश त झोलुङ्गे पुल समेत बगाउँदा विद्यार्थीहरुलाई विद्यालय आवत जावत गर्न
समेत समस्या भएको भन्दै तत्काल व्यवस्थापन मिलाई दिन स्थानिय मुगाधन राईले आग्रह गर्नुभयो । अन्य
स्थानियले आफुहरुको खेती लगाएर जिवीका चलाउने खेतबारी नै बाढिले बगाएको भन्दै क्षेतीपुर्ती दिन माग
गरेका छन् । भने विद्युत गृह सञ्चालनमा ल्याउन आवश्यक व्यवस्था मिलाई दिन आग्रह गरेका छन् ।

badhiparhiro

विद्यालय जान समेत नसकेको भन्दै आफुहरुको
समस्या बुझी व्यवस्था मिलाई दिन स्थानिय शिक्षक विद्यार्थीको माग छन् । यसैविच स्थानिय विकास अधिकारी
सत्रुघ्न प्रसाद पुडासैनीले तत्काल वैकल्पीक व्यवस्था कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेर अगाडि
बढ्ने र समस्या समाधान गर्न जिल्ला विकास समितिले सक्दो पहल गर्ने बताउनुभयो । जिल्लाका सबैजसो
जोखिमयूक्त क्षेत्रका स्थानियले सुरक्षीत बास र पिडित तथा प्रभावितहरुले उचित क्षेतीपुर्ती र राहतको माग
गरिरहेका छन् ।

012 o9 o8 o7 o11

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने आजको मौसम: कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना आजदेखि सेयर बजार खुल्दै आजदेखि सकियो दसैँ बिदा, सरकारी कार्यालय खुल्दै सुदूरपश्चिम रोयल्समा अस्ट्रेलियाका पूर्वक्रिकेटर ब्राड हज नियुक्त