प्रेम सुनार । साउन–२७, गुल्मी। समुदाय र संस्कार, आ–आफ्ना देशका परम्परा, उत्पादन र परिकार संरक्षण गरिनु पर्छ भनिन्छ र होमस्टे मार्फत आन्तरिक र बाह्य पर्यटक भित्राउने प्रयास पनि भई रहेको छ । भक्तपुर लगायत राजधानीका विभिन्न शहरहरुमा जाँदा नेवार समुदायको ‘वासा’ जुन घरेलु मदिरा नै हो । पुर्व युवराजद्धय दिपेन्द्र शाह, पारश शाह लगायतले पनि त्यहाँ पुगेर पिउँथे भन्ने समाचार पनि पढिन्थ्यो । अहिले पनि त्यो समुदायको भोज–भतेरमा पुग्दा जुन कोही निम्तालुले पिउने गर्दछन । जसलाई प्रसादका रुपमा पनि लिईन्छ ।
त्यस्तै हिमाल पहाड तराईका जिल्लाहरुमा पनि विभिन्न समुदायले त्यस्तै घरेलु मदिरा पिउने मात्र गर्दैनन परम्परा अनुसार देवतालाई चढाउने समेत गर्दछन । साँच्ची भन्ने हो भने परम्परा देखि अहिलेसम्म कुनै समुदाय त्यसमा पनि गरिव विपन्नहरुको आय आर्जनको गतिलो माध्यम भनेको घरेलु मदिरा उत्पादन बन्दै आएको अर्थात हामी सवैका सामु छर्लङ्ग छ। कतिले त अन्न बेसाएर, अर्थात अरुकोमा खोजेर , ऋण–धन गरेर त्यस्तो ब्यवसाय गर्ने गर्दछन ।
जसलाई देशको कानुनले अवैध भनेको छ । तर त्यो भन्दा अवैध र मानिसको स्वास्थ्यमा गम्भीर असर पुराउने कम गुणस्तरको केमिकल युक्त सिल्डप्याक मदिराहरु रहेका छन । त्यसमा कसैको दुई मत नहोला । कुनै समय प्लाष्टिकको पोकोमा शहर देखि गाउँ गाउँसम्म बेचिने त्यसले त्यसले बैद्यानिकता पायो ।
सस्तो मुल्य, जहाँ पनि र जति वेला पनि छ्याप्छ्प्ती पाईने । अझ ठुलो संख्यामा त्यसलाई बेच्ने लाईन्स पनि नभएकाहरु । उनिहरु प्रति प्रहरीका नजर पुग्दैन । प्रहरी कार्यालय अगाडी जाँड भट्टीहरु छन । रातको १२ वजेसम्म प्रहरी नै जाँड खाएर बसेको तितो अर्थात सवै सामु छर्लङ्ग छ ।
जहाँ राजनैतिककर्मी, पत्रकार , वकिल, समाजका अगुवाहरु पनि एक आपसमा गफ हाँक्दै पिउँछन । अझ आजकल त अर्गानिक खानको फेशन भन्दा पनि रुची बढेको छ । सदरमुकामका तिनै मान्छे छन जसले गाउँबाट कोदो मकाउँछन । तिनपानेको हवला दिदै त्यही घरेलु मदिरा मगाउँ छन , पिउँछन ।
सदरमुकाम देखि गाउँ गाउँ सम्मका ठुला बडाहरु विदाको दिन वा फुर्शद निकालेर जनजाती वस्तीहरुमा पस्छन । लौ आज त आटो–डिढो खाने , लोकल कुखराको मासु संग लोकल रक्सी पिउने भन्छन । गुल्मी कुर्घाको स्वाँरामा गुरुङ्ग वस्ती छ । जहाँ होमस्टे सञ्चालन गरिएको छ । त्यहाँ पुग्दा त्यस समुदायले सगुनका रुपमा अतिथीलाई टक्राउने भनेकै कुखराको भाले र त्यही मदिरा हो ।
कैयौ राजनैतिककर्मी र अन्य सरोकारवाला निकायका ठुला बडा पुग्छन । पिउने वानी परेकाहरुले चेस्… भन्दै खुलेआम दलानमा बसेर पिउँछन । पिउने बानी नपरेकाहरुले स्वागत भन्दै समर्थन जनाउँ छन । बढो रमाईलो गर्छन । रक्सी मात्रै होईन , कोदाको भुरे जाँड छ भनेर समेत सोध्छन र पाए खान्छन ।
अब केहि दिन पछि गुल्मी कै हाडहाडेको जनजाती बस्तीमा होमस्टे सञ्चालन गरिदै छ । त्यहाँ पनि अर्गानिक खानका रुपमा अन्य परिकार झै त्यही घरेलु मदिरा नै सगुन टक्राईदै छ । गोरखाको घलेगाउँमा पुगियो त्यहाँ पनि त्यही घरेलु मदिरा नै खुवाईदो रहेछ । ठुलै बढा भनाउँदाहरु नै लोकल कुखरासंग लोकल रक्सीमा मात्न असाध्धै शौखिन हुँदा रहेछन ।
देशका अन्य होमस्टेहरुमा पनि पुगियो त्यहाँ पनि घरेलु मदिरा सगुन कै रुपमा टक्राईदो रहेछ । एकातिर घरेलु उत्पादन बढवा दिने भनिएको छ । जहाँ जे उत्पादन र परम्परा , संस्कृति र संस्कार छ त्यसैलाई अर्गानिक भनिन्छ । आदिवासी जनजातीहरुको संस्कार पहिचानका रुपमा रहेको घरेलु मदिरामा आँखा तर्ने र पिउने पनि कुनै एक समुदाय रहेको आरोप पनि लगाउँदै आएका छन दलित जनजाती समुदायले ।
ति समुदायका आफ्नै संस्कृत र संस्कारमा किन वर्षऔं अघि देखि पटक पटक प्रहार हुँदै आएको छ ? नेवार समुदायको भोज भतेरमा हिजोका राजा महाराज देखि अहिलेका राज्य सञ्चालन कर्ताहरु नै वासा अर्थात घरेलु मदिरा पिउँनेहरुले पिउँदै आएका छन भने राजधानी बाहिरको त्यही घरेलु मदिरा किन अवैध मानिन्छ ? भनेर सवाल उठाउनेहरु पनि छन ।
यसको मतलव खरेलु मदिरा उत्पादनलाई बढवा दिन खोजेको होईन, तितो यथार्थ उजागार गर्न खोजेको हो । सकिन्छ भने सवै भन्दा पहिला कम गुणस्तरको सिल्डप्याक मदिरा नियन्त्रण गरौं । विशेष गरी ग्रामिण क्षेत्रमा त्यस्तै मदिराले धेरै मान्छेको ज्यान लिएको छ । घरेलु मदिरा पिउँदै आएका जनजाती समुदायका मानिसहरुलाई हेरौ, हिष्टपुष्ट र राता पिराउँदा र बुढेशकाल लागे पनि ठिटा जस्ता देखिने उनै छन ।
विहानमा एक बटुको जाँडा खाएर दाउरा घाँस जाने उनिहरु १२ वजेसम्म खान नखाए पनि भोकाउँदैनन । नितान्त आफ्नै हातले उत्पादन गरेको घरयारी खानपिन हो त्यो । राजधानी जस्तो ठाउँ, छ्याप्छ्याप्ती नेवार समुदायको वासा पाईन्छ । सुरक्षा निकाय देखि सवै खाले मान्छेहरु दिनै रातै पिएर बसेका छन ।
जसलाई देशैभर नियन्त्रण गर्ने हो भने पहिला राजधानीको वासाबाट सुरु गरौं । त्यो वासा पनि अन्न्न र मर्चाबाटै उत्पादन भएको घरेलु मदिरा हो भने अन्य हिमाल , पहाड र तराईमा बनाईने पनि त्यसरी नै उत्पादन हुने पेय पदार्थ हो । यस घरेलु उत्पादनलाई वैद्यानिक दिन सके, ब्यवस्थीत र गुणस्तर मापनको ब्यवस्था मिलाउन सके एकातिर अन्न उव्जेनी बढ्ने र अर्को तिर घरेलु उद्योग फस्टाउने पनि देखिन्छ ।
हामी हाम्रो परम्परागत उत्पादनलाई निरुसाहित गर्दै विदेशी उत्पादनलाई प्रोत्साहन गरी रहेका छौं । यस प्रति राज्यको नीति निर्माणकर्ताहरुले विश्लेषण गरेर नयाँ अवधारणा ल्याउने कि ? गजवको कुरा त के छ भने आफ्नै गेड अगाडीको घरेलु मदिरा पसलमा छ्याप्छ्प्ती घरेलु मदिरा बेचिरहेको देख्ने तिनै प्रहरीले अलिपर गएर छापा मार्छ ।
त्यो पनि सधै होईन । प्राय धेरै जसो जुन सुकै जिल्लामा नयाँ प्रहरी प्रमुख आउने ताका । यो पंक्तिकारको झुटा आरोप पनि हो जस्तो लाग्ला । तर ख्याल गर्नु होला प्राय हरेक जिल्लामा त्यस्तै हुने गरेको छ । त्यस्तो छापा त्यहाँ मारिन्छ जहाँ झुपडीवाला छन । ठुला घरानमा प्रहरीको ध्यान प्राय गएको देखिन्न । छापा मार्ने भए सवै तिर मारौं र सधै मारौं तर प्रहरी प्रमुखका आगमन ताका मार्नु भनेको नयाँ जोगीले धेरै खरानी ध्वस्नु जस्तै हो ।