2026-09-19 05:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुनसरीमा जनप्रतिनिधि आएपछि विकास निर्माणले गति लिँदै

भदौ ४, इनरुवा । सुनसरीको हरिनगर गाउँपालिकामा जनप्रतिनिधि आएपछि विकास निर्माणको कामले गति लिएको छ । 

जनप्रतिनिधि नभएको बेलामा जीर्ण रहेको विभिन्न सडकहरु बन्न थालेपछि स्थानीय बासिन्दाले विकास निर्माणले गति लिएको महशुस गरेका छन् । गाउँपालिका क्षेत्रभित्र एकै पटक सात वटा कालोपत्रे सडक बन्ने भएपछि खुशी लागेको स्थानीय नइम अन्सारीले बताउनुभयो । 

गाउँपालिका अध्यक्ष गफार अन्सारीको पहलमा घुस्की देवानगञ्ज सडक करीब तीन किलोमिटर, वसन्तपुरदेखि घुस्की सीमासम्म करीब छ किलोमिटर बाटो कालोपत्रे हुने भएको गाउँपालिकाले जानकारी दिएको छ । 

त्यस्तै घुस्की अर्नमा जोड्ने करीब तीन किलोमिटर सडक कालोपत्रे हुने र हरिनगर वसन्तपुर करीब तीन किलोमिटर सडक पनि कालोपत्रे गरिने बताइएको छ । 

वसन्तपुर बेस क्याम्प करीब पाँच किलोमिटर सडक , भुटाहा– बसमतिया चार किलोमिटर सडक र हरिनगर गौतमपुर नयाँ हाटसम्म करीब साढे चार किलोमिटर सडकको कालोपत्रे हुने भएको अध्यक्ष अन्सारीले बताउनुभयो । 

सडक निर्माणका लागि टेण्डर आह्वान गरेर विभिन्न निर्माण कम्पनीलाई जिम्मा दिइसकेको अध्यक्ष अन्सारीको भनाइ छ । जनप्रतिनिधि आएपछि एकै पटक सात वटा ठूला तथा साना सडक कालोपत्रे हुने भएको हो । सडक अभावका कारण वर्षाको समयमा हिलाम्ये र गर्मीको बेला धुलाम्य सडकमा आवतजावत गरिरहेका स्थानीय सडक बनेपछि सो समस्याबाट मुक्ति हुने स्थानीय चन्दन मेहताको भनाइ छ । 

कोशी टप्पुमा चालीसलाख भन्दा बढी राजश्व सङ्कलन 

यसैगरी अर्ना र पर्यटकका लागि प्रशिद्ध मानिने कोशी टप्पु वन्यजन्तु आरक्षको कार्यालय सुनसरीले एक वर्षमा रु ४० लाखभन्दा बढी राजश्व सङ्कलन गरेको छ । 

आर्थिक वर्ष २०७४÷०७५ मा आरक्षले ४० लाख ११ हजार २६५ रुपैयाँ २५ पैसा राजश्व सङ्कलन गरेको आरक्षका संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिनुभयो । आरक्षले खरखर्डा, पर्यटक, दण्ड जरिवानालगायतबाट सो परिणाममा राजश्व सङ्कलन गरेको हो । (रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई