२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराको भित्री मधेश बाढीको जोखिममा

५ भाद्र २०७५, मंगलवार ११:२४

भदौ ५, डडेल्धुरा | वर्षेनी बाढीको पीडा भोग्दै आएका डडेल्धुराको भित्री मधेश क्षेत्रका दर्जनौँ गाउँ यसवर्ष पनि बाढीको जोखिममा रहेका छन् । 

भित्री मधेशका परशुराम नगरपालिका र आलिताल गाउँपालिकाका दर्जनौँ गाउँ बाढीको उच्च जोखिममा रहेका छन् । महाकाली, रङ्गुन, पन्तुरा र शीर्ष नदीले वर्षेनी यस क्षेत्रका दर्जन गाउँ कटान गदै आएको छ । डडेल्धुरा जिल्लाकै सबै भन्दा बढी विपद् हुने क्षेत्रमा पर्ने परशुराम नगरपालिका क्षेत्रका दर्जन गाउँ महाकाली, रङ्गुन र शीर्ष नदीले कटान गर्न थालेका छन् । 

दुईदर्जन बढी गाउँ बाढीको उच्च जोखिममा रहेको इलाका प्रशासन कार्यालय जोगबुढाका प्रमुख दत्तुराम पाण्डेयले बताउनुभयो । परशुराम नगरपालिकाका सरकुणा, सिसमजला, कुणा, कराली, भुरकुण्डा, तातोपानी, चन्दनी र सिमलखेत, कटाल, परिगाउँ र बासगैरा तथा आलिताल गाउँपालिकाका गोदाम, घुमती, स्यालचौडी लगायतका दर्जनौँ गाउँ नदी कटानका कारण जोखिममा परेका छन् । यसले गर्दा यस क्षेत्रको उब्जाउ जमीन बगरमा परिणत हुँदै गइरहेको स्थानीयवासी कलावती बोहोराले बताउनुभयो । ४५ हजार जनसङ्ख्याको यस क्षेत्रमा ३५ प्रतिशत जनसङ्ख्या बाढीपहिरोको जोखिममा छन् । धान उत्पादनका लागि जिल्लाकै प्रसिद्ध मानिएको यो क्षेत्रमा खेत नदीले बगाएपछि बगरमा परिणत भएका छन् । 

अहिले खाद्यान्नको अभाव हुँदै गइरहेको छ । वर्षेनी भइरहेको कटानले स्थानीय निकायलाई समेत ठूलो चुनौती थपेको परशुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउदले बताउनुभयो । 

चुरे क्षेत्रमा भइरहेको वन बिनाससँगै यस क्षेत्रमा बाढीको जोखिम बढ्दै गइरहेको छ । वर्षातको समयमा एक गाउँबाट अर्को गाउँ जान किदैन । जिल्लाकै आधा जनसङ्ख्याको यस क्षेत्रका बासिन्दालाई नदीको जोखिमले वर्षेनी सुरक्षित स्थानमा बसाइँसराइ गर्नुपर्ने बाध्यता छ । नदी तथा खोलामा आवश्यकता अनुरुप पुल निर्माण नहुँदा वर्षातको समयमा झनै समस्या हुने गरेको छ । भित्रि मधेशमा रङ्गुन नदीले कटान गर्न थालेपछि विगत दुई वर्षदेखि सो नदी र पुन्तरा र अन्य खहरे खोलामा तारजाली सहितको पक्की तटबन्ध निर्माण शुरु भएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताउनुभयो । 

रङ्गुन नदीको १० किलोमिटर बढी क्षेत्रमा बाढीकटान रोक्न तटबन्ध निर्माण भइसकेको छ । तटबन्ध निर्माण भएसँगै रङ्गुन नदीको कटानले बगाएका बस्ती पुनःस्थापना भइरहेका भए पनि अन्य ग्रामीण क्षेत्रमा बाढीको जोखिम कायम छ । करीब १० वर्ष आगाडि परशुराममा बाढी जाँदा मानवबस्ती र खेतीयोग्य उर्वराभूमी बगरमा परिणत भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा