२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराको भित्री मधेश बाढीको जोखिममा

२०७५, ५ भाद्र मंगलवार ११:२४

भदौ ५, डडेल्धुरा | वर्षेनी बाढीको पीडा भोग्दै आएका डडेल्धुराको भित्री मधेश क्षेत्रका दर्जनौँ गाउँ यसवर्ष पनि बाढीको जोखिममा रहेका छन् । 

भित्री मधेशका परशुराम नगरपालिका र आलिताल गाउँपालिकाका दर्जनौँ गाउँ बाढीको उच्च जोखिममा रहेका छन् । महाकाली, रङ्गुन, पन्तुरा र शीर्ष नदीले वर्षेनी यस क्षेत्रका दर्जन गाउँ कटान गदै आएको छ । डडेल्धुरा जिल्लाकै सबै भन्दा बढी विपद् हुने क्षेत्रमा पर्ने परशुराम नगरपालिका क्षेत्रका दर्जन गाउँ महाकाली, रङ्गुन र शीर्ष नदीले कटान गर्न थालेका छन् । 

दुईदर्जन बढी गाउँ बाढीको उच्च जोखिममा रहेको इलाका प्रशासन कार्यालय जोगबुढाका प्रमुख दत्तुराम पाण्डेयले बताउनुभयो । परशुराम नगरपालिकाका सरकुणा, सिसमजला, कुणा, कराली, भुरकुण्डा, तातोपानी, चन्दनी र सिमलखेत, कटाल, परिगाउँ र बासगैरा तथा आलिताल गाउँपालिकाका गोदाम, घुमती, स्यालचौडी लगायतका दर्जनौँ गाउँ नदी कटानका कारण जोखिममा परेका छन् । यसले गर्दा यस क्षेत्रको उब्जाउ जमीन बगरमा परिणत हुँदै गइरहेको स्थानीयवासी कलावती बोहोराले बताउनुभयो । ४५ हजार जनसङ्ख्याको यस क्षेत्रमा ३५ प्रतिशत जनसङ्ख्या बाढीपहिरोको जोखिममा छन् । धान उत्पादनका लागि जिल्लाकै प्रसिद्ध मानिएको यो क्षेत्रमा खेत नदीले बगाएपछि बगरमा परिणत भएका छन् । 

अहिले खाद्यान्नको अभाव हुँदै गइरहेको छ । वर्षेनी भइरहेको कटानले स्थानीय निकायलाई समेत ठूलो चुनौती थपेको परशुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउदले बताउनुभयो । 

चुरे क्षेत्रमा भइरहेको वन बिनाससँगै यस क्षेत्रमा बाढीको जोखिम बढ्दै गइरहेको छ । वर्षातको समयमा एक गाउँबाट अर्को गाउँ जान किदैन । जिल्लाकै आधा जनसङ्ख्याको यस क्षेत्रका बासिन्दालाई नदीको जोखिमले वर्षेनी सुरक्षित स्थानमा बसाइँसराइ गर्नुपर्ने बाध्यता छ । नदी तथा खोलामा आवश्यकता अनुरुप पुल निर्माण नहुँदा वर्षातको समयमा झनै समस्या हुने गरेको छ । भित्रि मधेशमा रङ्गुन नदीले कटान गर्न थालेपछि विगत दुई वर्षदेखि सो नदी र पुन्तरा र अन्य खहरे खोलामा तारजाली सहितको पक्की तटबन्ध निर्माण शुरु भएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताउनुभयो । 

रङ्गुन नदीको १० किलोमिटर बढी क्षेत्रमा बाढीकटान रोक्न तटबन्ध निर्माण भइसकेको छ । तटबन्ध निर्माण भएसँगै रङ्गुन नदीको कटानले बगाएका बस्ती पुनःस्थापना भइरहेका भए पनि अन्य ग्रामीण क्षेत्रमा बाढीको जोखिम कायम छ । करीब १० वर्ष आगाडि परशुराममा बाढी जाँदा मानवबस्ती र खेतीयोग्य उर्वराभूमी बगरमा परिणत भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण