२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

गोसाइँकुण्ड मेलामा स्वास्थ्य शिविर

२०७५, ६ भाद्र बुधबार १२:१०

ज्ञानेन्द्र न्यौपाने | भदौ ६, रसुवा | गोसाइँकुण्ड मेलालाई केन्द्रित गरी गोसाइँकुण्डलगायत आवश्यक स्थानमा आजदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । 

गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार धार्मिक मार्गका गोसाइँकुण्डमा हिमालय उद्धार सङ्घ, लौरीविनायकमा अक्सफोर्ड युनिभर्सिटी क्लिनिक रिसर्च युनिटअन्तर्गतको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, गणेश गौँडामा सक्षम नेपाल नामक, चोलाङ्पाटी र चन्दनबारीमा लाङ्टाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना कालीजङ्ग गणले स्वास्थ्य शिविर शुरु गरेको बताइएको छ । 

पौराणिक कथनअनुसार समुद्रमन्थन गर्दा कालकूट विष निस्केको र त्यसले संसार दग्ध गर्न आँटेकाले देवताहरूको आग्रहमा महादेव सो विष पिईँ सबै प्राणीजगत्को रक्षा गरेका थिए । विषको असरले डाहा भएपछि शीतलता खोज्दै शङ्करले गोसाइँकुण्डमा विश्राम लिएको जनविश्वास छ । त्यसैले उहाँको दर्शनार्थ हरेक वर्ष दशहरा र जनैपूर्णिमामा गोसाइँकुण्ड पुगी नीलकण्ठ दहमा स्नान गरेर पूजाराधना गर्ने चलन छ । 

समुद्री सतहदेखि चौध हजार १०० फिट उचाइमा रहेको कुण्डमा अहिले पनि शिव विराजमान रहेको बताइन्छ । गोसाइँकुण्डको पूजाराधना गर्नाले आफ्नो मनोकांक्षा पूरा हुने जनविश्वास छ । काठमाडौंको गँगबु बसपार्कबाट नुवाकोटका त्रिशूली, ढुङ्गे, उत्तरगया (वेत्रावती), धैबुङ, कालिकास्थान हुँदै धुञ्चेसम्म एकदिनको मोटरयात्रा र त्यहाँबाट एक दिनको पैदलयात्रापछि भक्तजन सुलाद्रि पहाड, चन्दनबारी हुँदै नीलाद्रीको फेदीमा अवस्थित पौराणिक महत्वको गोसाइँकुण्ड पुग्ने गरेका छन् । गोसाइँकुण्डमा भाद्र शुक्ल पूर्णिमाको दिन पूजाराधना र पितृ तर्पण गर्नाले दिवङ्गत पितृको आत्मालाई शान्ति मिल्ने विश्वाससमेत रहिआएको छ । 

स्वास्थ्य शिविर गोसाइँकुण्डमा अक्सिजनसहित छ चिकित्सकको समूहले निःशुल्क उपचार सेवा दिइरहेको समितिले जनाएको छ । नेपाली सेनाले भने आफ्ना चिकित्सकद्वारा तीन दिन अगाडिदेखि उपचार सेवा प्रदान गरिरहेको र उद्धार टोलीसमेत तैनाथ गरेको कालीजङ्ग गणले जनाएको छ । 

गोसाइँकुण्ड जाने धार्मिक मार्ग सरसफाइ र मर्मत तथा होटल र लजको व्यवस्थापनसमेत भइसकेकाले यात्रुलाई खानबस्न कुनै समस्या नपर्ने अध्यक्ष डिएमले जानकारी दिनुभयो । 

नुवाकोटमा पुल भत्किएका स्थानमा सडक कार्यालयले वैकल्पिक व्यवस्था मिलाइसकेकाले काठमाडौँबाट गएका मोटर सीधै धुञ्चे पुग्नेछ । गोसाइँकुण्ड मेलाका लागि व्यवस्थापन भैसकेका अवस्थामा पुलको निहुँ बनाई केही सञ्चारमाध्यमले मेला प्रभावित भने पनि निर्धक्कताका साथ गोसाइँकुण्ड यात्रा गर्न समितिका अध्यक्ष डिएमले आग्रह गर्नुभयो । 

पुत्रदा एकादशी पर्व (भदौ ६)देखि शुरु भएको मेलामा हाल ५०० भन्दा बढी भक्तजन गोसाइँकुण्ड पुगिसकेका छन् । यही भदौ १० गते जनैपूर्णिमाका लागि १४ हजार पाँच सय भक्तजन गोसाइँकुण्ड पुग्ने लक्ष्य राखिएको बताइएको छ । स्थायी होटलको अलावा बास बस्नका लागि यथेष्ट अस्थायी छाप्राको व्यवस्थापन भइसकेको र जति भक्तजन आए पनि खानबस्न समस्या नहुने समितिका कोषाध्यक्ष निमा तमाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै