Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
September 21, 2018 गोरखा - GRK, समाज

एम्बुलेन्स खरिदको लागि एक महिनामै जुट्यो २३ लाख

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मनोज पराजुली, असोज ५,गोरखा । बारपाक सुलिकोट गाँउपालिका ७ का स्थानीयले एम्बुलेन्स खरिदको लागि आर्थिक संकलन शुरु गरेको एक महिनामै आवश्यक रकम जुटाएका छन् । स्थानीय बासिन्दाको अग्रसरतामा शुरु गरिएको अभियानबाट २२ लाख ५१ हजार 6 सय ९८ रुपैंया संकलन भएको रकम संकलन अभियन्ता सुलभ अमगाईले जानकारी दिए ।

एम्बुलेन्स खरिदको लागि स्थानीयले गत साउन ३१ गते बाट आर्थिक संकलन शुरु गरेका थिए। हालसम्म बैंक खातामा जम्मा भएको रकम सहित २३ लाख ५४ हजारको प्रतिवद्धता आएको एम्बुलेन्स खरिद समिति संयोजक तथा बारपाक सुलिकोट गाँउपालिका ७ का वडा  अध्यक्ष कृष्ण गुरुङले जानकारी दिए । संकलन भएको रकम मध्येबाट ९ लाख ६० हजारमा एम्बुलेन्स खरिदको लागि अर्डर गरिएको उनले बताए । एम्बुलेन्स खरिदबाट बाँकी रहेको रकम एम्बुलेन्स संचालन फण्डमा जम्मा गरिने र सो रकम आगामी दिनमा एम्बुलेन्सको संचालनकै लागि खर्च गरिने गुरुङले जानकारी दिए । अबको तीन महिना भित्र अर्डर बमोजिम एम्बुलेन्स आउने र सो पश्च्यात एम्बुलेन्स संचालन गर्ने तयारी गरिएको उनले बताए।  स्थानीयले गाउँका विरामीलाई स्वास्थ्य संस्थासम्म लैजानको लागि एम्बुलेन्स खरिद गर्ने योजना अगाडी सारेका थिए ।