२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुर्खेतमै फिस्टुला अस्पताल सञ्चालन

५ आश्विन २०७५, शुक्रबार १६:२३

असोज ५, सुर्खेत | पश्चिम नेपालमै पहिलो पटक फिस्टुला अस्पताल सुर्खेतमा स्थापना भएको छ । मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँको हाताभित्रै ६ करोडको लागतमा फिस्टुला अस्पताल निर्माण गरेर सञ्चालनमा ल्याइएको हो ।

१७ शैयाको फिस्टुला अस्पतालको उद्घाटन कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले गरेका छन् । फिस्टुला अस्पताल बिएमजी टेराटेक जर्मनी र आईएनएफ युकेको आर्थिक सहयोगमा निर्माण गरिएको हो । उपचार केन्द्र सञ्चालनमा आएसँगै कर्णाली प्रदेश तथा प्रदेश नम्बर ७ का फिस्टुला र गाइनो रोगबाट प्रभावित महिलाहरुलाई उपचारका लागि सहज हुने फिस्टुला केन्द्रका इन्चार्ज कृपा चौधरीले जानकारी दिइन् । उनका अनुसार अहिलेसम्म विरामीहरुले सेवा लिन धरान र काठमाडौं जानु पर्ने बाध्यता थियो ।सुर्खेतमा १० वर्षयता वर्षको एक पटक शिविर सञ्चालन गरेर फिस्टुलाको अप्रेसन गरिदै आएको थियो । यो अवधिमा २ सय ५० जनाले शिविरमार्फत लाभ लिएका थिए ।

आईएनएफले जिल्लामा प्रत्येक वर्ष फिस्टुलाको शिविर सञ्चालन गर्ने गरेपनि नियमित उपचारका लागि भने विरामीले जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो ।‘ अब आफ्नै भवनबाट दैनिक रुपमा विषशेज्ञ सेवा दिइनेछ,’ इन्चार्ज चौधरीले भनिन्, ‘फिस्टुलाको उपचार निःशुल्क हुने हुँदा गरिब तथा असहाय विरामीलाई झनै सहयोग पुग्ने छ ।’ उनका अनुसार फिस्टुलाको विरामी र कुरुवालाई आउन जान लाग्ने खर्च र उपचार निःशुल्क गर्ने व्यवस्था छ ।क्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन डा.डम्बर खड्काले अब यस क्षेत्रका फिस्टुलाका विरामी उपचारका लागि धरान र काठमाडौं जानुपर्ने बाध्यता हटेको बताए । विरामीले रोग लुकाउने चलनका कारण यस क्षेत्रमा फिस्टुलाका विरामी कति छन् भन्ने एकीन तथ्याङ्क नभएको खड्काले बताए ।


के हो फिस्टुला ?

बच्चा जन्माउँदा लामो प्रसव बेथाका कारणले महिलाको पिसाब थैली र यौनीद्धारमा प्वाल परी पिसाब चुहिने समस्यालाई नै फिस्टुला हो । योनीबाट निरन्तर रुपमा पिसाव वा दिसा पिसाव दुबै चुहिने समस्या फिस्टुला प्वाल भएमा हुन्छ । बच्चा जन्माउने बेला व्यथा लामो समयसम्म लाग्दा बच्चाको टाउको योनिमार्गमा धेरै समयसम्म रही टाउकोले थिचेको योनी मार्गको भागमा रक्तसञ्चार बन्द भई बन्द भएको भाग मर्न गएमा कमलो मासु मरेपछि त्यहाँ प्वाल पर्छ ।त्यस्तो प्वाल पिसाव थैली र योनीमार्गको बिचमा परेको छ भने योनीमार्गबाट निरन्तर पिसाव चुहिरहन्छ ।

फिस्टुला भएका महिलाहरु दोहोरो पीडा भोग्न बाध्य हुन्छन् । फिस्टुला लामो र कठिन प्रसव पीडाको कारणले हुने हुँदा फिस्टुला हुने स्थितिसम्म आएका महिलाहरुको बच्चाको पनि नजन्मदै मृत्यु भइसकेको हुन्छ । फिस्टुला उपचारमार्फत निको हुने समस्या हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा