४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

१५ वर्ष पछि मुसीकोट–चुनवाङ सडक निमार्णले पुर्णता पाउँदै

२४ बैशाख २०७३, शुक्रबार १२:५४

गणेश सिर्पाली/वैशाख २४, रुकुम । झण्डै पन्ध्र बर्षदेखि निर्माण शुरु भएर काम सम्पन्न हुन नसकेको रुकुमको मुसीकोट–चुनवाङ सडकमा अब चुनवाङ खण्डबाट पनि काम थालिने भएको छ ।

मुसीकोट खण्डबाट मात्रै काम शुरु गर्दा सडकले पूर्णता पाउन नसकेपछि राष्ट्रिय योजना आयोगबाट चुनवाङ–तातापानी–चुन–मुसीकोट योजना स्वीकृत गराएर काम थाल्ने तयारी गरिएको हो । अघिल्लो आर्थिक बर्षकै बजेटमा चुनवाङ–तातोपानी–चुन–मुसीकोट योजना उल्लेख गरिए पनि न्यून बजेटका कारण काम शुरु हुन सकेको थिएन ।

यसैबीच भर्खरै यो योजनाका लागि अर्थमन्त्रायले झण्डै दुई करोडको बजेट स्वीकृति गरी काम शुरु गर्ने सहमतिपत्र भौतिक योजना मन्त्रालयमा पठाएको छ । रुकुम २ का सांसद जनार्दन शर्मा ‘प्रभाकर’को सिफारिसमा चुनवाङ–तातापानी–चुन–मुसीकोट सडकका लागि १ करोड ९९ लाख रुपैयाँ बजेट स्वीकृत भएको छ ।

तीन बर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बहुबर्षीय योजनाका लागि बजेट स्वीकृत भएको र संभवतः यही आर्थिक बर्षबाट काम थालिने योजना स्वीकृतिका लागि सक्रिय स्थानीय दीपक केसीले जानकारी दिनुभयो । उहाँका अनुसार रोल्पाको कुंग्री खण्डबाट काम शुरु गरिने छ ।

यो बजेटबाट कुंग्रीदेखि रुकुमको सिमाना तल्लो टिलासम्म तीन बर्षभित्र सडक निर्माण गर्ने लक्ष्यका साथ काम शुरु गरिने छ । यो सडक निर्माण भएमा दाङको घोराहीबाट सहिद मार्गहुँदै रुकुम खण्ड जोडिने छ । अहिले रोल्पाको बाघमारासम्म गाडी सञ्चालन भइरहेका छन् ।

यसैबीच रोल्पाको दुइखोलीबाट चुनवाङ–रुकुमकोट–तक–हुकाम मैकोट–शहरताराका लागि पनि एक करोड ९९ लाख बजेट स्वीकृत भएको छ । त्यस्तै अर्मादली–खदी गोताम–जाजरकोटका लागि पनि एक करोड ९९ लाख बजेट स्वीकृत भएको छ । यी तीनवटै सडक रुकुम क्षेत्र नम्बर २ का सांसद शर्माको सिफारिसमा स्वीकृत भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट