गणेश सिर्पाली/वैशाख२४, रुकुम । गंगाराम चनारालाई अध्यक्षमा निर्वाचित गर्दै नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा रुकुमको १० औं जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
बुधबार र विहिवार २ दिन चलेको सम्मेलनबाट चनाराको अध्यक्षतामा १० जना सदस्य पछि थप्ने गरी ५५ सदस्यीय नयाँ जिल्ला कार्य समिति गठन गरिएको छ ।
मोर्चाको उपाध्यक्षमा लाल वहादुर सिर्पाली र सुर्य वहादुर छिनाल, सचिव लक्ष्मण विक, सह सचिव जिताराम बिक र गणेश विक तथा कोषाध्यक्षमा यम कुमारी परियार रहनुभएको छ । बुधबार मुसिकोटमा उद्घाटन भएको सम्मेलन अन्तरगत हिजो बन्द सत्र चलेको थियो । मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा चलेको बन्द सत्रबाट नयाँ निति तथा कार्यक्रमहरुपनि पारित गरिएको छ ।
बन्द सत्रमा मोर्चाका केन्द्रीय कार्यालय सदस्य चन्द्र वहादुर विक, एकीकृत नेकपा माओवादीका जिल्ला अध्यक्ष गोपाल शर्मा अनल लगाएतले प्रशिक्षण मुलक मन्तव्य राख्नुभएको थियो ।