Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
September 27, 2018 गोरखा - GRK, समाज

प्रहरीको नागरिक सहायता कक्ष

By साझासवाल 2 मिनेट पढाइ

असोज ११, गोरखा (रासस) | जिल्ला प्रहरी कार्यालय गोरखाले चाडपर्वलाई लक्षित गरी सदरमुकाममा नागरिक सहायता कक्ष स्थापना गरेको छ ।

चाडपर्वका समयमा सर्वसाधारण नागरिकलाई पर्न सक्ने विभिन्न खालका समस्यालाई समाधान गर्न सजिलो होस् भन्ने उद्देश्यले बुधबार हरमटारी चोकमा सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिनुभयो ।

कतिपय बेला यात्रुले आवाजजावतका लागि सवारी साधन नपाउने, यात्रुले महङ्गो भाडा तिर्नुपर्ने बाध्यता हुनसक्ने भन्दै त्यस्ता समस्या परेमा नागरिक सहायता कक्षमा आएर जानकारी दिनसक्ने व्यवस्था गरिएको प्रहरी नायब उपरीक्षक नेपालले जानकारी दिनुभयो । सहायता कक्षमा चाडपर्वको अवधिभर नियमित एक प्रहरी रहने व्यवस्था गरिएको उहाँको भनाइ छ ।