२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

एकिकृत अखिल नेपाल शिक्षक संगठन सम्मेलनको तयारीमा

२०७३, २४ बैशाख शुक्रबार १३:०४

बैशाख २४, रुकुम । १० औँ जिल्ला सम्मेलनको तयारीमा रहेको एकिकृत अखिल नेपाल शिक्षक संगठन रुकुमले संगठन विस्तारको कामलाई जारी राखेको छ । यसैक्रममा आज खलङ्गा स्रोतकेन्द्र स्तरिय समिति गठन गरिएको छ ।

शिक्षकहरुको भेलावाट २ जना पछि थप्ने गरि प्रेमवहादुर विक अध्यक्ष र भिमु शाही सचिव रहेको समिति गठन गरिएको हो । यस्तै पर्शाराम वाँठाको अध्यक्षतामा भलाक्चा र भिमु शाहीको अध्यक्षतामा स्यालापाखा गाउँ समिति पनि गठन गरिएको छ । एकिकृत अखिल नेपाल शिक्षक संगठन रुकुमका उपाध्यक्ष हरिप्रसाद खनालको उपस्थितिमा समिति गठन गरिएको वताईएको छ ।

उता, वाँफिकोट स्रोत केन्द्रमा पनि नयाँ समिति गठन गरिएको छ । १३ सदस्यीय समितिको अध्यक्षमा हरिचन्द गिरी, उपाध्यक्ष दलवहादुर कुसारी, सचिव पर्शुराम खत्री र कोषाध्यक्ष दलवहादुर कुसारी रहनुभएको ।

दलवहादुर कुसारीको अध्यक्षक्षतामा भएको कार्यक्रममा एकिकृत अखिल नेपाल शिक्षक संगठन रुकुममका उपाध्यक्ष शेरविर दाहाल, जिल्ला समिति सदस्यहरु महेश्वर शर्मा, झुपिलाल पौडेल, जिल्ला सल्लाहकार समिति सदस्यहरु रत्नवहादुर केसि र नदिराम केसि, एकिकृत नेकपा माओवादीका वाँफिकोट गाविस ईन्चार्ज चन्द्रवहादुर केसिले वोल्नुभएको थियो ।

आगामी जेठ २१ र २२ गते हुन लागेको जिल्ला सम्मेलनलाई भव्य वनाउन सहयोग गर्ने निर्णय पनि भेलाले गरेको छ । भेलाको सञ्चालन गोपाल खड्काले गर्नुभएको थियो ।

यस्तै जिल्ला सह सचिव शशिराम विश्वकर्माको विशेश आतित्थ्यता तथा जिल्ला सल्लाहकार समिति सदस्य राधारमण झा को आतित्थ्यमा सिम्ली स्रोतकेन्द्रको भेला पनि सम्पन्न भएको छ ।

भेलाले भरत कुमार ओली को अध्यक्षतामा १३ सदस्सीय श्रोतकेन्द्र स्तरीय समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा अमृता ओली, सचिवमा मस्त बहादुर खड्का, कोषाध्यक्षमा गम बहादुर घर्ती, सहसचिबा प्रदिप खड्का मगर रहनुभएको छ ।

भेलाको संचालण जिल्ला कमिटी सदस्य शशिराम ओलीले गर्नुभएको सहकर्मि नारायणले खवर पठाएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन