२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

आगलागीबाट पाईप जल्दा खानेपानीको समस्या, ९० घरधुरी प्रभावित

२०७३, २४ बैशाख शुक्रबार १३:०५

बैशाख २४, रुकुम । रुकुमको वाँफिकोट ९ को कोलचौर, झिम्रु र फेरामा खानेपानीको समस्या भएको छ ।

गत २० गते स्थानिय बाख्ला वनमा लागेको आगोबाट गाउँमा खानेपानी ल्याईएको पाईप जलेपछि खानेपानीको समस्या भएको स्थानिय लिलाराम ओलीले जानकारी दिनुभयो ।

बसेनी छिप्रेखोला मुहानबाट पानी ल्याईएको ४० एमएमको करिब १५ सय ५० मिटर पाईप जलेको उहाँले बताउनुभयो । पाईप जलेपछि कोलचौर, झिम्रु र फेराका करिब ९० बढी घरधुरी खानेपानीको समस्यामा परेका छन् । त्यस्तै प्रावि कोलचौरका १ सय २० बढी विद्यार्थी तथा शिक्षकपनि खानेपानीको समस्यामा परेका छन् ।

गाविसको सहयोगमा स्थानियले १ वर्ष अगाडी निर्माण गरेको खानेपानी आयोजनाको पाईप जलेपछि स्थानियलाई पिउन, नुहाउन, कपडा धुन, शौचालय प्रयोग गर्न र पशु चौपायलाई पानी खुवाउन तथा अन्य दैनिक कामकाजमा निकै समस्या भएको छ । अहिले त्यस क्षेत्रका स्थानियवासीहरुले करिब २ घण्टाको पैदल दुरीमा रहेको छिप्राखोला मुहानबाट पानी बोक्ने गरेका छन् ।

त्यस्तै आगलागीबाट छिप्रेखोला गोत्थातबाट खनटाकुरा र फेरामा पानी ल्याईएको १ सय ९० एमएमको १ सय ६० मिटर र वसेनी छिप्रेखाबाट कोलचौर र झिम्रुमा पानी ल्याईएको १ सय मिटर सिंचाई पाईप पनि जलेको स्थानियले बताएका छन् । स्थानिय राजेन्द्र धितालको घर समेत आगलागीबाट जलेर ध्वस्त भएको छ ।

आगलागीबाट पाईप जलेपछि गाउँमा देखिएको खानेपानीको समस्या समाधानका लागी स्थानियले जिल्ला स्थित सरोकारवाला निकाय समक्ष माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन