२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

प्रथम राष्ट्रिय पत्रकारीता दिवस रुकुममा पनि मनाईयो

२०७३, २४ बैशाख शुक्रबार १३:०६

बैशाख २४, रुकुम । प्रथम राष्ट्रिय पत्रकारीता दिवस रुकुममा पनि मनाईएको छ ।

जिल्ला विकास समितिको सहयोग, नेपाल पत्रकार महासंघ रुकुमको संयोजन तथा प्रथम राष्ट्रिय पत्रकारीता दिवस जिल्ला समारोह समितिको आयोजनामा दिवस मनाईएको हो ।

दिवसको अवसरमा आज बिहान सदरमुकाम मुसिकोट खलंगामा प्रभात फेरी निकालिएको छ । सरोकारवाला निकाय, जिल्ला स्थित पत्रकारहरु लगाएतको उपस्थितिमा प्रभात फेरी निकालिएको हो । प्रभात फेरीमा नेपाली सेनाको देविदल गण सल्लेको ब्याण्ड बाजा टोली को समेत सहभागीता रहेको थियो ।

खलंगाको कालिका स्थानबाट सुरु भएको प्रभातफेरी बजार परिक्रममा गर्दै पुःन कालिका स्थानमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रथम राष्ट्रिय पत्रकारीता दिवस जिल्ला समारोह समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी वंशीकुमार आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा स्थानिय विकास अधिकारी भरत कुमार शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै कार्यक्रममा देविदल गणका गणपती डम्बर वहादुर दर्लामी, जिल्ला शिक्षा अधिकारी रामलाल खड्का, जिल्ला विकास समितिका सुचना अधिकृत चिन्तामणि दाहाल, पत्रकार महासंघका उपाध्यक्ष आदर्श केसी लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन पत्रकार महासंघका सचिव सुरेन्द्र खत्रीले गर्नुभएको थियो ।

त्यस्तै दिवसको अवसमा भोली जिल्ला अस्पताल सल्लेमा उपचाररत विरामीहरुलाई फलफुल वितरण गरिने छ । प्रथम राष्ट्रिय पत्रकारीता दिवस जिल्ला समारोह समितिको बिहिबार वसेको बैठकको निर्णय अनुशार पत्रकार महासंघले फलफुल वितरण गर्ने वताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन