४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

प्रथम राष्ट्रिय पत्रकारीता दिवस रुकुममा पनि मनाईयो

२४ बैशाख २०७३, शुक्रबार १३:०६

बैशाख २४, रुकुम । प्रथम राष्ट्रिय पत्रकारीता दिवस रुकुममा पनि मनाईएको छ ।

जिल्ला विकास समितिको सहयोग, नेपाल पत्रकार महासंघ रुकुमको संयोजन तथा प्रथम राष्ट्रिय पत्रकारीता दिवस जिल्ला समारोह समितिको आयोजनामा दिवस मनाईएको हो ।

दिवसको अवसरमा आज बिहान सदरमुकाम मुसिकोट खलंगामा प्रभात फेरी निकालिएको छ । सरोकारवाला निकाय, जिल्ला स्थित पत्रकारहरु लगाएतको उपस्थितिमा प्रभात फेरी निकालिएको हो । प्रभात फेरीमा नेपाली सेनाको देविदल गण सल्लेको ब्याण्ड बाजा टोली को समेत सहभागीता रहेको थियो ।

खलंगाको कालिका स्थानबाट सुरु भएको प्रभातफेरी बजार परिक्रममा गर्दै पुःन कालिका स्थानमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रथम राष्ट्रिय पत्रकारीता दिवस जिल्ला समारोह समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी वंशीकुमार आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा स्थानिय विकास अधिकारी भरत कुमार शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै कार्यक्रममा देविदल गणका गणपती डम्बर वहादुर दर्लामी, जिल्ला शिक्षा अधिकारी रामलाल खड्का, जिल्ला विकास समितिका सुचना अधिकृत चिन्तामणि दाहाल, पत्रकार महासंघका उपाध्यक्ष आदर्श केसी लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन पत्रकार महासंघका सचिव सुरेन्द्र खत्रीले गर्नुभएको थियो ।

त्यस्तै दिवसको अवसमा भोली जिल्ला अस्पताल सल्लेमा उपचाररत विरामीहरुलाई फलफुल वितरण गरिने छ । प्रथम राष्ट्रिय पत्रकारीता दिवस जिल्ला समारोह समितिको बिहिबार वसेको बैठकको निर्णय अनुशार पत्रकार महासंघले फलफुल वितरण गर्ने वताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि