२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘पाँच वर्षभित्र वृद्ध भत्ता पाँच हजार’ – मन्त्री विष्ट

२०७५, २५ आश्विन बिहीबार १८:४१

असोज २६, मेलम्ची | श्रम तथा रोजगारमन्त्री गोकर्ण बिष्टले आगामी पाँच वर्षभित्र वृद्ध भत्ता पाँच हजार पुर्याएरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुपाल्चोक क्षेत्र नं २ ले आज मेलम्ची आयोजना गरेको विजया दशमी, दिपावली, छठ र ल्होछार पर्वको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उहाँले नेकपाको सरकार आएपछि छिमेकी देशसँगको सम्बन्ध राम्रो भएको बताउनुभयो । 

मन्त्री बिष्टले शिक्षा, स्वास्थ्य तथा रोजगारी जस्ता विषयलाई सरकारले उच्च प्राथमिकतामा राखिएको जानकारी दिनुभयो । 

पूर्वकानूनमन्त्री शेरबहादुर तामाङले मुलुकको विकास र समृद्धितर्फ सरकार अघि बढेको बताउँदै मेलम्चीस्थित जिरोकिलो जोड्ने बाटो यही वर्षभित्र कालोपत्रे गर्ने काम अघि बढाइनेछ भन्नुभयो । 

प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलाल शरदले प्रदेश सरकारलाई आवश्यक कानून निर्माणको काम सम्पन्न भइसकेको र अब चाडपर्व सकिने बित्तिकै सार्वजनिक गरिने बताउनुभयो । 

नेकपाका स्थायी कमिटी सदस्य अग्नि सापकोटा, झम्क नेपाल, डम्बर अर्याल, बालकृष्ण, मित्रलालचौलागार्इंलगायतले मुलुकको वर्तमान राजनीतिक अवस्थाका विविध पक्षमाथि प्रकाश पार्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने