२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

भालुबाङ-ऐरावती सिधा बस सेवा सुरु, अब ऐरावती सजिलै घुम्न सकिने

२०७२, ३० फाल्गुन आईतवार ०८:२३

सलिम अन्सारी । फागुन ३०, प्युठान । प्युठानको ऐतिहासिक धार्मिक एवं प्रयटकिय तिर्थस्थल ऐरावती देखि दाङको भालुवाङ्ग सम्म सिधा बस सेवा सन्चालन भएको छ। यसै साता देखि बस सेवा सन्चालन गरिएको हो।

स्थानियको लामो समय देखिको माग अनुसार यात्रुको सुविधालाइ मध्यनजर गर्दै स्वर्गद्धारी सार्बजनिक यातायात बस ब्याबसायी समिती र राप्ती यातायात समिती दाङ बिचको सम्झौता अनुसार भालुवाङबाट दैनिक बस सेवा सन्चालन गरिएको स्वर्गद्धारि बस ब्यबसायी समिती बड्डाडाडाँ टिकट काउन्टरका ओमान सिहं रेश्मिले जानकारी दिए। “यसबाट यात्रुलाइ धेरै सहज हुने छ”। उनले भने “सर्बसाधारण यात्रुको माग अनुसार सेवा दिनु ब्यबसायीको दायित्व हो।”

यस अघि ऐरावतीबाट छुट्ने निजि जिपमा खचाखच कोचियर यात्रुहरुले जोखिमपुर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको थियो। सिधा बस सेवा सुरु भएपछी यात्रुलाइ पैदल हिड्नु पर्ने र निजि सवारीमा जोखिमपुर्ण यात्रा गर्नुपर्ने यस भेगका स्थानियको सास्ती अन्तय हुने भएको छ। भने ऐरावतिबाटै बस छुट्ने भएपछी माडी पारिका पकला बरौला दाङबाङ गाबिसका साथै छिमेकी जिल्ला अर्घाखाँची सम्मका सयौ नागरिकलाइ समेत आउजाउ गर्न सजिलो हुने भएको छ। ऐरावतिबाट भालुबाङ सम्म घन्टामा पुगिने र भाडादर प्रतिब्याक्ती १ सय ९० रुपैयाँ निर्धारण गरिएको छ।

यस अघि बड्डाडाडाँ देखि ऐरावति जोड्ने झन्दै २२ किलोमिटर ग्रामिण कच्ची सडकमा पटक पटक जिप सेवा सन्चालन गरिएको भए पनि बाटो जिर्ण हुँदा आफुहरुले घाटा ब्यहोर्नु परेको भन्दै ब्यबसायिले सवारी चलाउन छोडेका थिए।

यो सङ्गै सर्बसाधारणले सडकको स्तर उन्नती र नियमित यातायातको साधन सन्चालन हुने आशा समेत गरेका छ्न। बड्डडाडाँ देखि हंसपुर सम्म बाटो राम्रो भए पनि हंसपुर देखि ऐरावती सम्म बाटो अप्ठ्यारो भएकाले हाललाई सवारी हंसपुर सम्म मात्र सन्चालन गरिएको रेश्मिले बताए। ऐरावती सम्म पनि छिट्टै सवारी साधन पुरयाइने उनको भनाइ छ।

गाउँमा यातायातको साधनको पहुँच पुगेपछी खाधन्न कृषिजन्य उत्पादन लगायतका सामाग्री ढुवानी र आवतजावत गर्न सजिलो हुने स्थानियको भनाइ छ।

जिल्लाको दक्षिणि ब्यापारिक केन्द्र बड्डाडाडा बजार देखि पुर्ब धुवाकोट, कास्कोट, सजिकोट,गोठेरी हुँदै दुमही पुगेपछी ऐरावती पुग्न सकिन्छ । भौगोलिक, प्राकृतिक,जैविक र सांस्कृतिक हिसावले समेत मनोरम तिर्थस्थलका रुपमा परिचित ऐरावतीमा दर्शन गर्ने दर्शनार्थीको संख्या समेत बढ्ने अनुमान गरिएको छ। प्युठान र अर्घाखांचिको सिमानामा अबस्थित ऐरावतीमा प्रत्यक बर्ष पुस ३० गते माघेसक्रान्तीको अबसरमा ठूलो मेला लाग्ने गर्छ। यहाँ अन्यबेला पनि आन्तरिक तथा बाहिरि जिल्लाबाट बनभोज र दर्शन गर्न मनोरन्जनका लागि पर्यटकहरु आउने गरेका छ्न। साथै यहाँ माडी र झिमरुक मिसिएको हुनाले दुई नदिको दोभानमा स्नान गरे ।

स्वर्ग पुगिने पुर्णय लाभ हुने बिश्वासमा सयौ भक्तालुजनहरु ऐरावती पुग्ने गर्छन। दर्शनार्थीहरु यस अघि पैदल हिडेरै मात्र पुग्ने गर्थे भने अब मोटर चढेरै ऐरावती पुग्न सक्ने छ्न।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला