२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा कृत्रिम फूलको व्यापार

२०७५, २० कार्तिक मंगलवार ०७:१५

उमा केसी | रोल्पा, २० कात्तिक | रोल्पा नगरपालिका–१० धवाङकी विनमती सुनारले एकाबिहानै सदरमुकाम लिवाङमा रहेको एक पसलमा भाइटीकाका लागि प्लाष्टिकका माला किन्दै हुनुहुन्थ्यो । पसलमा झुण्ड्याइएका विभिन्न थरिका माला छनोट गर्दै उहाँले रु १०० पर्ने १० वटा माला किनेर रु एक हजार भुक्तानी गर्नुभयो । 

तिहारको भाइटीका नजिकिँदै गर्दा यहाँका बजारमा माला र सप्तरङ्गी टीका किन्नेहरूको चहलपहल बढेसँगै स्थानीय व्यापारीलाई भ्याइनभ्याइ हुन थालेको छ । तिहारका लागि अन्य समान किन्नेको भन्दा प्लाष्टिकको माला किन्नेकोहरूको बढी चहलपहल देखिन्छ । 

पखेराभरि हजारी, मखमली र सयपत्री फूल ढकमक्क फुले पनि दीदीबहिनीको आकर्षण भने प्लाष्टिकबाटै बनेका फूलमै देखिन्छ । घर वरपर फुलेका फूलका थुङ्गा टिपेर माला गाँस्न झन्झट मान्ने उनीहरू बजारमा झुण्डिएका बनिबनाउ माला किनेर भाइटीका मनाउन हौसिएका हुन् । घरमा सयपत्री फूल प्रशस्त मात्रामा भए पनि दाजुभाइले समेत बजारको माला मन पराउने भएकाले यस्तो माला खरिद गरेको हुँ सोही नगरपालिका–१० भनभनेकी कल्पना पुनले भन्नुभयो । गाउँमा सबैले बजारकै माला लगाउने चलन आएको जानकारी दिँदै उहाँले भन्नुभयो “घरमा फुलेको मखमली फूल त तिहारका बेला कुकुर, गाई र गोरुलाई मात्रै लगाइदिन्छौँ ।” 

प्लाष्टिकबाट बनेका मालामा स्थानीयवासीको मोह अत्यधिक दिएकाले आफूले दैनिक रू ४० हजारभन्दा बढीको माला बिक्री गर्दै आएको लिवाङका व्यापारी चन्द्रज्योति सुवेदीले बताउनुभयो । तिहारका लागि भनेर रु आठ लाखको माला खरिद गरेर ल्याइएको र ती सबै बिक्री हुन्छ भन्दै उहाँले बजारवासीभन्दा ग्रामीण भेगबाट आएकाहरूले बढी मात्रामा प्लाष्टिकको माला किन्ने गरेका र मालाको गुणस्तर हेरेर रु ५० देखि २५० सम्मका माला बिक्री भइरहको जानकारी दिनुभयो । 

तिहारमा आफूहरुले बढी मात्रामा प्लाष्टिकको माला बिक्री गर्ने गरेको अर्का व्यापारी सिर्जना श्रेष्ठले बताउनुभयो । बढी मात्रामा यस्ता माला बिक्री हुनाका साथै अन्य सामानको तुलनामा यसमा नाफा पनि बढी भएको उल्लेख गर्दै उहाँले दैनिक रु २० हजारको माला बिक्री गर्दै आएको बताउनुभयो । 

सदरमुकामलगायत जिल्लाका साना ठूला व्यापार केन्द्रमा तिहारमा प्लाष्टिकको माला अत्यधिक मात्रामा बिक्री हुने गरेको रोल्पा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष रामचन्द्र थापाले जानकारी दिनुभयो । पछिल्ला दिनमा यस्तो मालाको आकर्षण बढ्दै गएको र हरेक वर्ष करोडौँ मूल्यका यस्ता माला भित्रिने गरेकाले रोल्पा जस्तो जिल्लाबाट समेत ठूलो मात्रामा रकम बाहिरिने गरेको गुनासो गर्नुभयो । 

आफूहरुले दाजुभाइलाई तिहारमा मखमली र सयपत्री फूलको माला लगाई दिने गरे पनि अहिले भने घरछेवैमा फुलेका यस्ता फूलको सट्टा प्लाष्टिकका फूलको माला लगाइदिने चलन आएको रोल्पा नगरपालिका–४ की ज्येष्ठ नागरिक मतिकला केसीले बताउनुभयो । आफूहरुले असार÷साउन महीनामा हजारी फूलको बेर्ना रोपेर त्यसको संरक्षण गर्दै तिहारको समयमा प्रयोग गर्ने गरे पनि अहिले फूल टिपेर माला गाँस्न झन्झट मान्दै बजारको माला किनेर प्रयोग गर्ने गरेकाले हजारी, सयपत्री र मखमली फूलसँग परम्परा र संस्कृति पनि गाँसिएको छ भन्नुभयो । 

आधुनिकतासँगै तिहारमा प्रयोग गरिने आधुनिक मालाले पुरानो संस्कृतिमा ह्रास आउन थालेकामा ज्येष्ठ नागरिक जिल्ला सङ्घका अध्यक्ष तेजराज आचार्यले असन्तुष्टि व्यक्त गर्नुभयो । पुरानो भन्दैमा सबै संस्कृति नै लोप हुने प्रवृत्ति अङ्गाल्नु राम्रो होइन भन्दै उहाँले आफूहरुले पुस्ता हस्तान्तरणसँगै पुराना संस्कृति र मान्यताको जगर्नेका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौँ भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू