२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा कृत्रिम फूलको व्यापार

२० कार्तिक २०७५, मंगलवार ०७:१५

उमा केसी | रोल्पा, २० कात्तिक | रोल्पा नगरपालिका–१० धवाङकी विनमती सुनारले एकाबिहानै सदरमुकाम लिवाङमा रहेको एक पसलमा भाइटीकाका लागि प्लाष्टिकका माला किन्दै हुनुहुन्थ्यो । पसलमा झुण्ड्याइएका विभिन्न थरिका माला छनोट गर्दै उहाँले रु १०० पर्ने १० वटा माला किनेर रु एक हजार भुक्तानी गर्नुभयो । 

तिहारको भाइटीका नजिकिँदै गर्दा यहाँका बजारमा माला र सप्तरङ्गी टीका किन्नेहरूको चहलपहल बढेसँगै स्थानीय व्यापारीलाई भ्याइनभ्याइ हुन थालेको छ । तिहारका लागि अन्य समान किन्नेको भन्दा प्लाष्टिकको माला किन्नेकोहरूको बढी चहलपहल देखिन्छ । 

पखेराभरि हजारी, मखमली र सयपत्री फूल ढकमक्क फुले पनि दीदीबहिनीको आकर्षण भने प्लाष्टिकबाटै बनेका फूलमै देखिन्छ । घर वरपर फुलेका फूलका थुङ्गा टिपेर माला गाँस्न झन्झट मान्ने उनीहरू बजारमा झुण्डिएका बनिबनाउ माला किनेर भाइटीका मनाउन हौसिएका हुन् । घरमा सयपत्री फूल प्रशस्त मात्रामा भए पनि दाजुभाइले समेत बजारको माला मन पराउने भएकाले यस्तो माला खरिद गरेको हुँ सोही नगरपालिका–१० भनभनेकी कल्पना पुनले भन्नुभयो । गाउँमा सबैले बजारकै माला लगाउने चलन आएको जानकारी दिँदै उहाँले भन्नुभयो “घरमा फुलेको मखमली फूल त तिहारका बेला कुकुर, गाई र गोरुलाई मात्रै लगाइदिन्छौँ ।” 

प्लाष्टिकबाट बनेका मालामा स्थानीयवासीको मोह अत्यधिक दिएकाले आफूले दैनिक रू ४० हजारभन्दा बढीको माला बिक्री गर्दै आएको लिवाङका व्यापारी चन्द्रज्योति सुवेदीले बताउनुभयो । तिहारका लागि भनेर रु आठ लाखको माला खरिद गरेर ल्याइएको र ती सबै बिक्री हुन्छ भन्दै उहाँले बजारवासीभन्दा ग्रामीण भेगबाट आएकाहरूले बढी मात्रामा प्लाष्टिकको माला किन्ने गरेका र मालाको गुणस्तर हेरेर रु ५० देखि २५० सम्मका माला बिक्री भइरहको जानकारी दिनुभयो । 

तिहारमा आफूहरुले बढी मात्रामा प्लाष्टिकको माला बिक्री गर्ने गरेको अर्का व्यापारी सिर्जना श्रेष्ठले बताउनुभयो । बढी मात्रामा यस्ता माला बिक्री हुनाका साथै अन्य सामानको तुलनामा यसमा नाफा पनि बढी भएको उल्लेख गर्दै उहाँले दैनिक रु २० हजारको माला बिक्री गर्दै आएको बताउनुभयो । 

सदरमुकामलगायत जिल्लाका साना ठूला व्यापार केन्द्रमा तिहारमा प्लाष्टिकको माला अत्यधिक मात्रामा बिक्री हुने गरेको रोल्पा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष रामचन्द्र थापाले जानकारी दिनुभयो । पछिल्ला दिनमा यस्तो मालाको आकर्षण बढ्दै गएको र हरेक वर्ष करोडौँ मूल्यका यस्ता माला भित्रिने गरेकाले रोल्पा जस्तो जिल्लाबाट समेत ठूलो मात्रामा रकम बाहिरिने गरेको गुनासो गर्नुभयो । 

आफूहरुले दाजुभाइलाई तिहारमा मखमली र सयपत्री फूलको माला लगाई दिने गरे पनि अहिले भने घरछेवैमा फुलेका यस्ता फूलको सट्टा प्लाष्टिकका फूलको माला लगाइदिने चलन आएको रोल्पा नगरपालिका–४ की ज्येष्ठ नागरिक मतिकला केसीले बताउनुभयो । आफूहरुले असार÷साउन महीनामा हजारी फूलको बेर्ना रोपेर त्यसको संरक्षण गर्दै तिहारको समयमा प्रयोग गर्ने गरे पनि अहिले फूल टिपेर माला गाँस्न झन्झट मान्दै बजारको माला किनेर प्रयोग गर्ने गरेकाले हजारी, सयपत्री र मखमली फूलसँग परम्परा र संस्कृति पनि गाँसिएको छ भन्नुभयो । 

आधुनिकतासँगै तिहारमा प्रयोग गरिने आधुनिक मालाले पुरानो संस्कृतिमा ह्रास आउन थालेकामा ज्येष्ठ नागरिक जिल्ला सङ्घका अध्यक्ष तेजराज आचार्यले असन्तुष्टि व्यक्त गर्नुभयो । पुरानो भन्दैमा सबै संस्कृति नै लोप हुने प्रवृत्ति अङ्गाल्नु राम्रो होइन भन्दै उहाँले आफूहरुले पुस्ता हस्तान्तरणसँगै पुराना संस्कृति र मान्यताको जगर्नेका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौँ भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान