२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नक्कली सुन बिक्रि गरि ४० लाख ठग्ने १ महिलासहित ६ जना काठमाडौँबाट पक्राउ

२०७५, २६ कार्तिक सोमबार ११:३७

कार्तिक २६, काठमाडौं । काठमाडौंमा नक्कली सुन बिक्रि गरि ठगि गर्ने एक समुहलाई प्रहरीले पक्राउ गरेको छ | एक किलो नक्कली सुन दिएर ४० लाख रुपैयाँ ठगी गरेको अभियोगमा ६ जनालाई पक्राउ गरेका छन् ।

पक्राउ पर्नेहरुमा धापासी च्यासीडोल बस्ने धरान-१७, सुनसरीका २५ वर्षीय पवन विक, पेप्सीकोला-३५ बस्ने जनकपुर ९ धनुषाका ३५ वर्षीय मनिष ढुङ्गाना, काडाँघारी बस्ने हरिवन-९ सर्लाहीका २५ वर्षीय बिवेक भन्ने धनेश्वर कुमार दनुवार रहेका छन् ।

यस्तै म्हैपी बस्ने लालबन्दी -१९ सर्लाहीका का २६ वर्षीय रोहित मगर भन्ने पूर्णबहादुर पुलामी, बौद्ध बस्ने राजारानी -६ धनकुटाका २५ वर्षीया सलिना शेर्पा भन्ने संगीता राई र बौद्ध वेशीगाउँ बस्ने विरुवागुठी-१ पर्साका २९ वर्षीय सन्तोष कुमार लामा पनि प्रकाउ परेका हुन् ।

यो समूहले १६ कात्तिक १६ मा नक्कली सुनलाई सक्कली सुन हो भनी ठगी गरेको भन्दै केन्द्रीय अनुसन्धान व्युरोमा उजुरी परेको थियो । उजुरी आएपछि ठगीमा संलग्न व्यक्तिको खोजी गर्ने क्रममा उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउमध्ये पूर्णबहादुर पुलामीबाट १५ लाख रूपैयाँ र संगिता राईबाट ७ लाख रूपैयाँसमेत प्रहरीले बरामद गरेको छ । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से