३१ चैत्र २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नक्कली सुन बिक्रि गरि ४० लाख ठग्ने १ महिलासहित ६ जना काठमाडौँबाट पक्राउ

२६ कार्तिक २०७५, सोमबार ११:३७

कार्तिक २६, काठमाडौं । काठमाडौंमा नक्कली सुन बिक्रि गरि ठगि गर्ने एक समुहलाई प्रहरीले पक्राउ गरेको छ | एक किलो नक्कली सुन दिएर ४० लाख रुपैयाँ ठगी गरेको अभियोगमा ६ जनालाई पक्राउ गरेका छन् ।

पक्राउ पर्नेहरुमा धापासी च्यासीडोल बस्ने धरान-१७, सुनसरीका २५ वर्षीय पवन विक, पेप्सीकोला-३५ बस्ने जनकपुर ९ धनुषाका ३५ वर्षीय मनिष ढुङ्गाना, काडाँघारी बस्ने हरिवन-९ सर्लाहीका २५ वर्षीय बिवेक भन्ने धनेश्वर कुमार दनुवार रहेका छन् ।

यस्तै म्हैपी बस्ने लालबन्दी -१९ सर्लाहीका का २६ वर्षीय रोहित मगर भन्ने पूर्णबहादुर पुलामी, बौद्ध बस्ने राजारानी -६ धनकुटाका २५ वर्षीया सलिना शेर्पा भन्ने संगीता राई र बौद्ध वेशीगाउँ बस्ने विरुवागुठी-१ पर्साका २९ वर्षीय सन्तोष कुमार लामा पनि प्रकाउ परेका हुन् ।

यो समूहले १६ कात्तिक १६ मा नक्कली सुनलाई सक्कली सुन हो भनी ठगी गरेको भन्दै केन्द्रीय अनुसन्धान व्युरोमा उजुरी परेको थियो । उजुरी आएपछि ठगीमा संलग्न व्यक्तिको खोजी गर्ने क्रममा उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउमध्ये पूर्णबहादुर पुलामीबाट १५ लाख रूपैयाँ र संगिता राईबाट ७ लाख रूपैयाँसमेत प्रहरीले बरामद गरेको छ । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ काठमाडौँ उपत्यकामा बिहानदेखि हल्का वर्षा नेपाली चलचित्र क्षेत्रका लागि २०८१ समग्रमा सुखद वर्ष नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरुङ निर्वाचित युरोप रोजगारको मागपत्र प्रमाणीकरण एक महिनाभित्रै सुरु हुने, व्यक्तिगत श्रमस्वीकृतिमा लगाम लगाइने दाउन्नेमा ट्राफिक व्यवस्थापन गर्न डेढ सय बढी सुरक्षाकर्मी परिचालन गृहमन्त्री लेखकले राजावादीको हिंसात्मक प्रदर्शन घटनामा संलग्नहरूलाई पक्राउ गर्ने क्रम जारी रहेको बताए उत्तरी चीनमा मानिसलाई घरभित्रै बस्न अपिल गरियो, वीरगन्जमा १७ जना बालकको उद्धार विष्णुप्रसाद पौडेलले एमालेलाई कमजोर बनाउने प्रतिक्रियावादीको योजना चिर्नु सबै कार्यकर्ताको दायित्व हो भने राजावादी आन्दोलनका क्रममा भएको क्षतिमध्ये पाँच करोड बराबरको बीमा दाबी दुर्गा प्रसाईंलाई १२ दिन थुनामा राखेर अनुसन्धान गर्ने केपी शर्मा ओलीले राजतन्त्रले जनताका लागि केही नगरेको टिप्पणी गरे उच्च अदालतको आदेश बदर गर्न माग गर्दै रविले हाले सर्वोच्च अदालतमा निवेदन गगन थापाले आन्दोलनरत शिक्षकका केही माग कानून नबनाइ छिट्टै हल गर्न सकिने बताए निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण पूर्वराजालाई संसदीय समिति बैठकमा बोलाउनुपर्ने जीवन परियारको माग भृकुटीमण्डपमा दुई-पांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’ सुरु सञ्चार तथा सूचना प्रविधिमन्त्रीले संविधान संशोधन, सुशासन र अर्थतन्त्र चलायमान बनाउने काम भइरहेको बताए तीन महिने शिशु बोकेर भागेकी युवती पक्राउ