२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जुम्लाका दुई स्थानिय तहमा एकै रात आक्रमण

२०७५, २ मंसिर आईतवार ०८:०५

मङ्सिर २, जुम्ला | एकै रात जिल्लाका दुई वटा स्थानिय तहमा आक्रमण भएको छ । अज्ञात समूहद्धारा जिल्लाको चन्दननाथ नगरपालि र गुठिचौर गाँउपालिकामा शनिबार राति आक्रमण भएको हो । आक्रमणबाट नगरपालिकाको गाडी आगजनि भएको छ । भने गाँउपालिका महत्वपुर्ण कागजपत्र जलाईएका छन् । आक्रमण किन र कसले गर्र्यो भन्ने बिषयमा कारण नखुलेपनि प्रहरीका अनुसार अहिले मुचुल्का गर्ने तयारी भैरहेको छ । 

चन्दननाथ नगरपालिकाको प्रांगणमा रोकिएको क १ झ १ नम्बरको गाडि आगजनिबाट पुरै क्षति भएको छ । राति सवा एक बजे नगरपालिकाका पाले बिष्णुप्रसाद न्यौपानेले गाडीमा आगो लागेको थाहा पाएपछि सबैलाई जानकारी गराएका थिए । उनले आफू सुतिरहेको अवस्थामा ढोकामा अज्ञात व्यक्तिले ढक–ढक हानेको र ढोका खोलेर हेर्दा गाडी जलिरहेको बताए । त्यसपछि खबर गर्दा स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिईएको गिथयो । जलेको गाडि ४० लाख बराबरको मुल्य परेको निमित्त प्रशासकीय अधिकृत ज्ञानेन्द्र बुढ्थापाले बताए । यतिखेर नगरपालिकाका मेयर भारतमा र प्रमुख प्रशासकीय अधिकृत रारा भ्रमणमा गएका छन् ।


यस्तै जिल्लाको गुठीचौर गाउँपालिकाको कार्यालयमा तोडफोड गरी कम्प्यूटर इलेक्ट्रोनिक सामग्रीहरु नष्ट गरिएका छन् । कार्यालयभित्रको लाखौँका सामग्री नष्ट भएको प्रमुख प्रशासकीय अधिकृत केशवप्रसाद शर्माले जानकारी दिए । ‘गाउँपालिका नै आगजनी गर्ने प्रयास गरिएको देखिन्छ, तर कागजहरु मत्र जलेछन्’ उनले भने । गाउँपालिकामा जडान गरिएको सीसी क्यामरा पनि चुँडेर फालिएको छ । प्रहरी नायव उपरीक्षक सिताराम रिजाल घटनास्थलको वास्तविक अवस्था बुझ्न गाँउपालिका पुगेका छन् । घटनाको विवरणसहित अनुसन्धान सुरु गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म