२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा कर सप्ताह सुरु करमैत्री वातावरण सिर्जना गर्न व्यवसायीहरुको आग्रह

२०७२, १ मंसिर मंगलवार ०८:२०

सन्तोषकुमार गुप्ता, मंसिर १, देउखुरी । दाङमा विभिन्न कार्यक्रमको आयोजना गरी चौथो राष्ट्रिय कर दिवस सप्ताहको सुरु गरेको छ । मंगलबार आन्तरिक राजश्व कार्यालय तुलसीपुरले विभिन्न संघसंस्थाको समन्वयमा तुलसीपुर बजारमा प्रभातफेरी समेत आयोजना गरेको छ । बजारका विभिन्न लाइनमा प्रभातफेरी आयोजना गरी आयोजना गरिएको समापन कार्यक्रममा बोल्दै तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालले कर प्रशासनलाई करको दायरा अझै फराकिलो पर्न सुझाव दिनुभयो ।

उहाँले करदाता र कर प्रशासन बीच सुमधुर सम्बन्ध कायम गर्दैं अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो । अध्यक्ष रिजालले कर कार्यालयले छिटोछरितो सेवा समेत प्रदान गर्नुपर्ने धारणा राख्नुभयो । आन्तरिक राजश्व कार्यालयका कर अधिकृत थमलाल भटृराईको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं समाज सेवी उत्तमकुमार श्रेष्ठ, सशस्त्र वेश क्याम्प तुलसीपुरका प्रमुख राजु शाह, तुलसीपुर नगरपालिकाका वित्तीय अधिकृत ललितबहादुर घर्ती, पत्रकार महासंघका केन्द्रीय पार्सद एवं रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मी, अडिटर एशोसियसनका सदस्य विरेन्द्र महरा, सहकारी संघ दाङका उपाध्यक्ष शेशुराम भण्डारी, महिला अधिकारकर्मी कमला सापकोटा, बृद्ध सेवा समितिका अध्यक्ष खुमानन्द अधिकारी, प्याव्सनका तेजबहादुर केसीलगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन राप्ती समाचार समितिका अञ्चल प्रमुख नारायणी रजौरेले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण