४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा कर सप्ताह सुरु करमैत्री वातावरण सिर्जना गर्न व्यवसायीहरुको आग्रह

१ मंसिर २०७२, मंगलवार ०८:२०

सन्तोषकुमार गुप्ता, मंसिर १, देउखुरी । दाङमा विभिन्न कार्यक्रमको आयोजना गरी चौथो राष्ट्रिय कर दिवस सप्ताहको सुरु गरेको छ । मंगलबार आन्तरिक राजश्व कार्यालय तुलसीपुरले विभिन्न संघसंस्थाको समन्वयमा तुलसीपुर बजारमा प्रभातफेरी समेत आयोजना गरेको छ । बजारका विभिन्न लाइनमा प्रभातफेरी आयोजना गरी आयोजना गरिएको समापन कार्यक्रममा बोल्दै तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालले कर प्रशासनलाई करको दायरा अझै फराकिलो पर्न सुझाव दिनुभयो ।

उहाँले करदाता र कर प्रशासन बीच सुमधुर सम्बन्ध कायम गर्दैं अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो । अध्यक्ष रिजालले कर कार्यालयले छिटोछरितो सेवा समेत प्रदान गर्नुपर्ने धारणा राख्नुभयो । आन्तरिक राजश्व कार्यालयका कर अधिकृत थमलाल भटृराईको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं समाज सेवी उत्तमकुमार श्रेष्ठ, सशस्त्र वेश क्याम्प तुलसीपुरका प्रमुख राजु शाह, तुलसीपुर नगरपालिकाका वित्तीय अधिकृत ललितबहादुर घर्ती, पत्रकार महासंघका केन्द्रीय पार्सद एवं रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मी, अडिटर एशोसियसनका सदस्य विरेन्द्र महरा, सहकारी संघ दाङका उपाध्यक्ष शेशुराम भण्डारी, महिला अधिकारकर्मी कमला सापकोटा, बृद्ध सेवा समितिका अध्यक्ष खुमानन्द अधिकारी, प्याव्सनका तेजबहादुर केसीलगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन राप्ती समाचार समितिका अञ्चल प्रमुख नारायणी रजौरेले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ