२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

आयआर्जनमुखी काम गर्न बाढीपीडितलाई १० लाख सहयोग

९ मंसिर २०७२, बुधबार ०७:१७

सन्तोषकुमार गुप्ता, मंसिर ९, दाङ्ग । दाङको तुलसीपुरबाट सेतो र एउटा कालो जीपमा दाताहरु बाढीपीडितहरुका लागि आर्थिक सहयोग लिएर तुलसीपुर नगरपालिका १८ को बबई नदीको ढिकमा बिहान करिब ९ बजे पुगे । त्यहाँ जाँदा अधिकांस बाढीपीडितहरु आइपुगेका थिए, भने कतिपयहरु हस्याँङफस्याँङ गर्र्दै दौडिदै आउँदै थिए । गएकाहरु दाताहरु कतिखेर आउलान् भनेर आत्तिएर आउने बाटो हेर्दै थिए ।

दिने र लिने जम्मा भएपछि राहत बितरण सुरु भयो । आयोजकले नाम बोलाएपछि फुलबारी–६ बखरीयाकी ६१ वर्षिया ससेली खत्रीले बाख्रापालनका लागि पन्ध्रहजार रुपैयाँ प्राप्त गर्नुभयो । पैसा पाउँदा कस्तो लाग्यो आमा ? भनेर सोध्दा खुसी लाग्यो बाबु, भन्दै हुनुहुन्थ्यो । तर, मन थाम्न सक्नु भएन, डाँको छोडेर रुनु भयो ।

कारण बाढीले २ तले घर बगाई दिएपछि डेढ वर्षदेखि बल्लतल्ल ऋणसाहु गरेर बनाएको दुई कोठे छाप्रोमा बस्दै आएकी उहाँले अब बाख्रालाई कहाँ राख्ने होला भन्ने चिन्ता रहेछ । दुई कोठे छाप्रो, मान्छे उभिए टाउकोमा चोट लाग्ने डर, भएका ढोका–झयालमा पल्ला छैन, बोराले छेकबार लगाएको छ । भएका २÷४ वटा बस्तुभाउ रातदिन बाहिरै छन्, पाहुना आए छिमेकीकोमा जानुपर्ने, यस्तै पीडादायी समस्याको चाङ भन्दै आँसु पुच्छै गर्नु भयो ।

उहाँसँगै रहेका दिदीबहिनीहरुले यस्तो पीडा सबैलाई छ, अरुलाई हेरेर भए पनि चित्त बुझाउनु पर्छ भनेपछि खत्री, केही सम्हालिनु भयो । यस्तै पीडैपीडाका बीच संघर्ष गर्दै आएका दाङको फूलबारी गाविसअन्तर्गत ४ र ६ नम्वर वडाका बाढीपीडितहरुलाई पन्ध्र हजार रुपैयाँले केहि भए पनि राहात प्रदान गरेको छ । जीविकोपार्जन सुधार कार्यमा सहयोग पुर्याउन ससेली खत्री जस्तै ६६ घरधुरी बाढीपीडितलाई आर्थिक सहयोग गरिएको छ । उनीहरुको इच्छा अनुसार बाख्रापालन, बंगुरपालन, खुद्रापसल, तरकारी खेती, भेटनरी, फ्रेस हाउस लगायतका आयआर्जनमुखी व्यवसाय गर्नका लागि आर्थिक सहयोग गरिएको वन महासंघ दाङका अध्यक्ष शोभाकर सापकोटाले जानकारी दिनु भयो ।

यूएसए आइडिको सहयोग र सामुदायिक वन उपभोक्ता महासंघ नेपाल दाङ तथा केन्द्र र केयर नेपालको साझेदारीमा सञ्चालित र हरियोवन कार्यक्रमअन्तर्गत प्रतिव्यक्ति पन्ध्रहजार रुपैयाँका दरले ९ लाख ९० हजार प्रदान गरिएको हो । हामीले ढलेको घर कैहिले उठाउने ? राहत बितरण कार्यक्रममा पुगेका दाङका स्थानीय विकास अधिकारी रमेश गौतम र जिल्ला वन अधिकृत नवराज काफ्लेलाई बाढीपीडितहरुले ढुङगा, गिट्टी, बालुवा र काठ नपाएको भन्दै गुनासो गरेका थिए ।

घरको आगनमा ढुङगा, गिट्टी, बालुवा छ , घर पछाडि जंगल छ । तर, चुरे संरक्षणका नाममा निकासी गर्न पाइदैन् । हामीले ढलेको घर कहिले उठाउने ? बाढीपीडित समाजका सचिव देविराम कुसारीले प्रश्न गर्नुभयो । कारबाही गरे गर्नुस् मैले त चोरेर भए पनि आगनमा गिट्टी बालुवा थुपारेको छु अरुले ल्याउन सकेका छैनन्, हाम्रो पीडा कसले बुझिदिने कुसारीले भन्नुभयो । उक्त अवसरमा स्थानीय विकास अधिकारी रमेश गौतमले चुरेसंरक्षणका नाममा जनताले राहत भन्दा पनि आहत पाएको बताउनु भयो ।

ढुङ्गाजन्य बस्तु निकासी नुहुँदा विकास निर्माणका सम्पूर्ण काम अबरुद्ध हुनुका साथै सयौं बाढीपीडितले बस्ने बास समेत निर्माण गर्न नसकेको प्रति चिन्ता व्यक्त गर्दै खुलाउनतर्फ आफूले पहल गरिरहेको बताउनु भयो । त्यस्तै जिल्ला वन अधिकृत नवराज काफ्लेले यसवर्ष १५ हजार क्यूविक काठ संकलन गर्ने लक्ष्य लिएको भन्दै प्रकृया पुर्याएर आएमा बाढीपीडितलाई पहिलो प्राथमिकता दिने बताउनु भयो ।

दाङमा जिल्ला दैविप्रकोप उद्धार समितिको तथ्याङ्क अनुसार २०७१ साउन २९ र ३० गते बबई नदीमा आएको बाढीले उरहरीको मोतीपुर, फूलबारी, गोल्टाकुरी, पुरन्धरा, मानपुरलगायतका स्थानमा गरी ५ सय ४० घरमा पूर्ण रुपमा क्षति पु¥याएको थियो । अहिले पनि सैयौंको संख्यामा बाढीपीडितहरु त्रिपालमुनिको बास बस्न बाध्य छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ