२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीका ६ हजार भन्दा बढी घरमा गोवरग्याँस जडान

८ पुष २०७२, बुधबार ०२:४५

सन्तोषकुमार गुप्ता/पुस ८, दाङ । देउखुरीमा अहीले सम्म ६ हजार ३ सय ६ घरमा वायोग्याँस अर्थात गोवरग्याँस जडान गरिएको छ ।

देउखुरीमा रहेका विभिन्न ४ वटा संघ संस्था तथा कम्पनीको तथ्यांक हेर्दा वायोग्याँस जडान गर्ने उपभोक्ताको संख्या क्रमस वढ्दै गएको पाइएको छ । भारतले गरेको नाकावन्दीका कारण शहर बजारमा एलपी ग्याँसको चरम अभाव भैरहेका वेला वायोग्याँस जडान गरिएका घरमा भने नाकावन्दीले भएको एलपी ग्याँसको अभावको कुनै प्रभावनै देखीएन ।

आर्थिक वर्ष २०५२/५३ देखी राष्ट्रिय गोवरग्याँस कम्पनीले देउखुरीमा गोवरग्याँस वनाउने काम गर्दै आएको छ । यो नै पुरानो गोवरग्याँस जडान गर्ने कम्पनी हो । यो कम्पनीले अहीले सम्म २३ सय घरमा गोवरग्याँस जडान गरेको छ । त्यसैगरी नर्ती वन तथा वातावरण वहुउद्देश्यीय सहकारी संस्था लमहीले अहीले सम्म २५ सय उपभोक्ताको घरमा गोवरग्याँस जडान गरेको संस्थाका कोषाध्यक्ष जिवलाल खनालले जानकारी दिनुभयो ।

सहकारी संस्थाले २०६४ साल वाट गोवरग्याँसमा लगानी लगाउदै आएको हो । २०६५ साल देखी वन तथा वातावरण संरक्षण समन्वय समिति गढवाले गोवरग्याँस जडान गर्न उपभोक्तालाई सहयोग गर्दै आएको छ ।

अहीले सम्म ९ सय ४३ उपभोक्ताको घरमा वायोग्याँस जडान गरिएको समन्वय समितिका अध्यक्ष उमाकान्त पन्तले जानकारी दिनुभयो । राप्ती सोला पावर तथा गोवरग्याँस प्राली लमहीले देउखुरीका ५ सय ६३ घरमा गोवरग्याँस जडान गरेको प्रालीका प्रमुख जोखुराम चौधरीले जानकारी दिनुभयो।

वायोग्याँस वनाउन सरकारले अनुदान दिदै आएको छ । तराई क्षेत्रमा २ घन मिटरको गोवरग्याँस वनाउन १६ हजार, ४ घन मिटरको वनाउन २० हजार, ६ घन मिटरको वनाउन २४ हजार र ८ घन मिटरको वनाउन २५ हजार रुपैयाँ सरकारले उपभोक्तालाई अनुदान दिदै आएको छ ।

यती मात्रै होईन दलीत, जनजाती, एकल महिला र द्धन्द्ध पिडितहरुको हकमा थप अनुदानको ब्यवस्था रहेको राप्ती सोलार पावर तथा गोवरग्याँस प्राली लमहीका प्रमुख जोखुराम चौधरीले जानकारी दिनुभयो । थप अनुदान २ घन मिटरमा २ हजार, ४ घन मिटरमा २५ सय, ६ घन मिटरमा ३ हजार रहेको छ । घन मिटरको गोवरग्याँस वनाउदा थप अनुदानको ब्यवस्था गरिएको छैन् । गोवरग्याँस वनाउन चाहीने जम्मा लागत मध्य आधा वढी रकम सरकारले अनुदान उपलब्ध गराउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य