३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

थाल ठटाएर हात्ती तर्साउन खोज्नुको अर्थ छैन: प्रजिअ अधिकारी

६ बैशाख २०७३, सोमबार ०३:३९

yekdev adhikariपूर्णप्रसाद न्यौपाने/बैशाख ६, ओखलढुंगा । ओखलढुंगाका प्रमुख
जिल्ला अधिकारी एकदेव अधिकारीले प्रदर्शनात्मक प्रभाव देखिनेगरी काम आग्रह गर्नुभएको छ ।

आईतबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रजिअ अधिकारीले राज्यका जिम्मेवार
निकाय र अन्य सरोकारवाला सबैलाई नतीजामुलक काम गर्न आग्रह गर्नुभएको हो । ‘कामका लागि काम होईन अब सबैले
उपलब्धी देखिने गरी काम गर्नुपर्छ’ प्रजिअ अधिकारीले भन्नुभयो ‘यसो भन्दैगर्दा चर्चाका लागि काम गरौँ
भनेको होईन, तर पदिय जिम्मेवारी भुल्नुभएन’ उहाँले जिल्लाका सबै सराकारी निकायलाई जिम्मेवार बनाउने
प्रतिवद्धता समेत जनाउनु भएको छ ।

फरक एक प्रशंगमा प्रजिअ
अधिकारीले बजारमा भईरहेको कालोबजारी अन्त्यका लागि स्थानिय प्रशासन गम्भीर भएर लाग्ने बताउनुभयो ।
‘कानुनमा स्पष्ट नहुँदा बजार अनुगमन गरेर केहि सामान बरामत पछि नष्ट मात्रै गर्दा कालोबजारीयाहरुलाई थप
सहयोग पुग्छ’ उहाँले भन्नुभयो‘त्यसैले थाल ठटाएर हात्ती तर्साउन खोज्नुको अर्थ छैन,अब कालोबजारी
गर्नेलाई कडा कारबाहि गरिन्छ ।’

ओखलढुंगामा बजार अनुगमन गर्दा
उद्योग वाणिज्य संघ सहितका सरोकारवालाहरु समेतलाई सहभागि गराउने चलन रहेको भन्दै आगामी दिनमा त्यसो
नह्ने बताउनुभयो । उद्योग वाणिज्य संघका प्रतिनिधीले बजार अनुगमन हुनुभन्दा पहिलेनै बजारमा हल्ला
फैलाउने भएकाले त्यस्तो अनुगमनको अर्थ नहुने उहाँको भनाई थियो । करिब एक वर्ष देखि ओखलढुंगामा बजार
अनुगमन भएको छैन । अहिले सदरमुकाममै खुलेआमा उपभोग्य म्याद गुज्रीएका खाद्यपदार्थहरु खुलेआम विक्रि
वितरण भईरहेका छन् ।

यसैविच जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले
पेट्रोलियम पदार्थ, ग्यास र दैनिक उपभोग्य वस्तुमा कालोवजारी गर्नेमाथि छानविन गरी कडा कारवाही गर्ने
निर्णय गरेको छ । जिल्लामा निरन्तर भित्रिएको पेट्रोलियम पदार्थ र ग्यास अभाव भएको, मनपरी मूल्य असुलेको
चौतर्फी गुनासो आएपछि कारवाही गर्ने निर्णय गरेको हो ।

मूल्य
सूची नराख्ने, पेट्रोलियम पदार्थ, ग्यासमा मनपरि मुल्य लिने र उपभोक्ताले माग गरेको समयमा पम्प बन्द
भएको पाइएकाले व्यवसायी तथा व्यापारीहरुलाई बोलाएर आगामी दिनमा गुनासो नआउनेगरी काम गर्न निर्देशनात्मक
आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालले बताउनुभयो । पम्पहरु आफुखुसी खोल्ने र बन्द
गर्दा कालो बजारी हुने गरेको गुनासो आएपछि विहान ६ बजेदेखी बेलुका ६ बजेसम्म दैनिक पम्प खुल्ला गर्न
पेट्रोल पम्प संचालकहरुलाई निर्देशन दिइएको हो ।

पेट्रोलयिम
पदार्थको परिमाण सवैले देख्ने गरी टास्ने, आवश्यक सेवाका लागी जुनसुकै समयमा उपलब्ध हुने गरी ५ सय लिटर
डिजेल र २ सय लिटर पेट्रोल र स्टक राख्ने,ग्यास प्रति सिलिन्डर एकहजार सात सय ५० रुपैंयामा भन्दा बढि
मूल्य नलीने लगाएतको निर्णय कार्यान्वयन गर्ने अन्यथा कारबाहि भोग्नतयारहुने भन्ने निर्णय पुस्तिाकामा
व्यवसायीहरुले पनि हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’