२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा पर्यटकीय क्षेत्र पुग्ने सडक जीर्ण बन्दा पर्यटकलाई समस्या

२०७५, २४ पुष मंगलवार ११:०८

पुस २४, कावासोती | नवलपरासी पूर्व नवलपुरको पर्यटकीय क्षेत्र पुग्ने डण्डा–अमलटारी–कोल्हुवा सडक जीर्ण बन्दा यस क्षेत्रमा आउने पर्यटकलाई यात्रा गर्न समस्या भएको छ । 

अमलटारी घरबास, थारू अतिथि गृह, गङ्गेश्वर धाम, मध्यवर्ती र नारायणी आसपासका पर्यटकीय क्षेत्र जाने मुख्य मार्ग जीर्ण हुँदा यस क्षेत्रमा आउने पर्यटकलगायतका यात्रुलाई समस्या परेको हो । कावासोती १६ डण्डा हुँदै अमलटारी, मध्यविन्दु नगरपालिका कोल्हुवा र पनौतीसम्म पुग्ने यो सडक ठाउँठाउँमा भत्किएर जीर्ण बनेको छ । पूर्व पश्चिम राजमार्गदेखि करीब १० किलोमिटरको यो सडक भत्किएर खाल्डाखुल्डी हुँदा जीर्ण बनेको छ । लामो समयदेखि सडक जीर्ण भए पनि यसको मर्मतसम्भारमा भने कसैको ध्यान पुग्न सकेको छैन । 

बाह्य तथा आन्तरिक पर्यटकको मुख्य गन्तव्य अमलटारी घरबास, मध्यवर्ती क्षेत्र र नारायणी तटीय क्षेत्रको अवलोकन हो । कावासोती नगरपालिकाले सो सडक पर्यटकीय मार्ग भएकाले अघिल्लो आर्थिक वर्षमा नै आफ्नो नीति तथा कार्यक्रममा ‘ग्रिनरी सडक’का रुपमा विकास गर्ने योजना समावेश गरेको थियो तर उक्त नीति तथा कार्यक्रमअनुसार काम हुन नसकेकोमा यहाँका होटल व्यवसायीले गुनासो गरेका छन् । 

कावासोती–१६ का वडाध्यक्ष एकादत्त वस्तीले बाटोले सास्ती पाएको गुनासो जनस्तरबाट आइरहेको स्वीकार गर्दै अब छिट्टै बाटो बनाउन पहल गरिने बताउनुभयो । नगरपालिकाले बनाउने भनेको चक्रपथ र शहरी विकास योजनाको सहयोगमा बाटो निर्माण गर्ने काम हुने उहाँको भनाइ थियो । अलि ठूलो योजना भएकाले समय लाग्ने बताइएको छ । 

महोत्सवमा रु तीन करोड कारोवार 

एघार दिनसम्म नवलपरासी पूर्व नवलपुरको मध्यबिन्दु नगरपालिकामा भएको ‘प्रथम मध्यबिन्दु महोत्सव’मा रु तीन करोड ५० लाख बराबरको आर्थिक कारोवार भएको छ । ‘कला, संस्कृतिको संरक्षण तथा कृषि, पर्यटन, उद्योग, व्यापार प्रवद्र्धनका लागि मध्यबिन्दु महोत्सव’ भन्ने उद्देश्यसाथ सञ्चालित महोत्सवमा करीब एक लाख दर्शकले अवलोकन गरेको मध्यबिन्दु उद्योग वाणिज्य सङ्घका अध्यक्ष केदार पराजुलीले जानकारी दिनुभयो । 

केही समय अघि मात्र स्थापना भएको सो सङ्घले यस क्षेत्रका उद्योग, व्यापार, कृषि उत्पादनको बजारीकरण, कला, संस्कृति, पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने भन्दै पुस १३ गतेबाट महोत्सवको आयोजना गरेको थियो । महोत्सव सोमबार समापन भएको हो । महोत्सवमा कृषि उत्पादन, विभिन्न अटो कम्पनीका कक्ष, खानाका परिकार, घरेलु तथा हस्तकलाका सामग्री, सेवामूलक संस्थाका प्रदर्शनी गरेर करीब २०० कक्ष थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते