२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

जापानी चामल बिक्री गर्न कम मूल्य प्रस्ताव

२०७५, २६ पुष बिहीबार ०७:३५

पुस २६, जाजरकोट | जाजरकोट–डोल्पा मोटरबाटो ट्र्याक खुलेपछि डोल्पामा दैनिक उपभोग्य सामग्रीमा मुल्य घटेसँगै चामलको मूल्य पनि घटेको छ । 

यातायातको पहुँच बढेसँगै बजारमा पाइने चामलको मूल्य घटेपछि नेपाल खाद्य संस्थानको चामल महँगो भएको भन्दै नबिकेपछि संस्थानले नयाँ मूल्य निर्धारण गर्न केन्द्रसँग प्रस्ताव गरेको छ । जाजरकोट–दुनै मोटरबाटोको धेरै खण्डमा ट्र्याक खुलिसकेको छ । 

सुम्पानीदेखि दुनैसम्म मोटरबाटोको ट्र्याक खोल्ने कार्य सोमबारबाट शुरु भइसकेकाले ढुवानी र यात्राका लागि अझै सहज हुने भएपछि खाद्यको जापानी चामल महँगो भनी खरीद नभएको हो । 

जाजरकोट–दुनै सडकको ठाउँ ठाउँमा रहेका विभिन्न खोला र नदीमा पुल निर्माण नभएपनि खण्डखण्ड गरेर स्थानीयरूपमा जीप र ट्र्याक्टर चलेकाले यात्रा र ढुवानी खर्च पहिलेको भन्दा ३० प्रतिशतले घटेको व्यापारी गोपाल केसीले बताउनुभयो । 

जिरामसिनोलगायत विभिन्न मसिनो चामल दुनै बजारमा प्रतिकेजी रु ५१ मा पाइने गरेको केसीको भनाइ छ । केही वर्ष अघि प्रतिकिलो रु ५५ मा पाइने जापानी चामल नेपाल खाद्य संस्थानले गत आर्थिक वर्षमा मूल्य बढाएर प्रतिकिलो रु ६५ पु¥याएको थियो । 

सो मूल्य महँगो भएको भन्दै सर्वसाधारणले चामल खरीद नगरेपछि मूल्य घटाएर प्रतिकेजी रु ६१ मा झारिएको र सो मूल्यमा पनि बिक्री नभएपछि मूल्य घटाएर प्रतिकेजी रु ५६ बनाइएको थियो । सर्वसाधारणले अझै महँगो भनी खरिद नगरेपछि पुनः मूल्य घटाएर प्रतिकेजी रु ४५ प्रस्ताव गरी पठाइएको संस्थान डोल्पा शाखाका प्रमुख कमलराज पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार बजारमा पाइने चामलको मुल्य प्रतिकेजी रु ५१ रहेको छ । जापानी चामल मधुमेहका बिरामीले समेत खाना मिल्ने उहाँले बताउनुभयो । 

संस्थानको गोदाममा जापानी चामल अघिल्लो आर्थिक वर्षकै बाँकी रहेको छ । संस्थानको शाखा कार्यालय दुनैमा ५८५ क्विन्टल, सर्मी डिपोमा १३८ क्विन्टल र जुफाल गोदाममा २८१ क्विन्टल र काइगाउँ डिपोमा १०० क्विन्टल जापानी चामल मौज्दात रहेको छ । 

लामो समयसम्म महँगोकै कारण चामल थन्किने कार्यलाई हल गर्न प्रतिकेजी रु ४५ को नयाँ मूल्य प्रस्ताव गरी केन्द्रीय कार्यालयमा पठाएको संस्थान प्रमुख पाण्डेले जानकारी दिनुभयो । 

मूल्य घटाएपछि जापानी चामल बिक्री हुने अपेक्षा लिएको पाण्डेले बताउनुभयो । पहिलेको जस्तो खाद्यान्न नपाएर हैरान हुने अवस्थाको अन्त्य भएको उहाँको भनाइ छ । सडकको ट्र्याक खुलेसँगै दैनिक उपभोग्य सामग्री सहजरूपमा आपूर्ति भएकाले पहिला जस्तो समस्या केही कुरामा पनि नहुने पत्रकार सुकमाया थापाले बताउनुभयो । 

पहिला जहाजबाट खरीद गर्दा वस्तुको मूल्यभन्दा भाडा बढी हुँदा सामग्री महँगो थियो । अहिले भाडा ह्वातै घट्दा दैनिक उपभोग्य वस्तुको मूल्य पनि घटेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने