२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नगरबासीले खानेपानी बाँदरको स्नान गृह

२०७२, १६ भाद्र बुधबार ०२:३२

भदौ १६, पर्वत / माथि देखाइएको तस्वीर तपाईलाई केको होला जस्तो लाग्छ । सोच्नुभएको छ होला सायद कुनै स्नान गृह (सुइमिङ पुल) को तस्वीर हो भनेर ।

khanepani

तर माथि देखाइएको तस्वीर कुनै स्नान गृहको नभई शिवालय खानेपानीको टंकी हो यो । २०५९ सालमा निर्माण भएको यो टंकीमा संकलन भएको पानीनै कुश्माबासीको पिउनेपानीको भकारी हो जून बाँदरको स्नान गृह पनि ।

ख्ुला आकाशमा रहेको यो पानी टंकी बाँदरको लागि स्नान गृह बनेको छ भने अर्को तर्फ बालबालिकाको लागि स्नान गृह( सुइमिङ पुल) पनि बनेको पाइन्छ । जब गर्मी महिना शुरु हुन्छ जंगलमा रहेका बाँदर तथा स्कूले बालबालिका यहि पानी टंकीमा मनोरञ्जन गर्ने थलोको रुपमा प्रयोगमा आउने गरेको स्थानियबासीको भनाई छ । न त कुनै तारबार नै छ न त कुनै टंकीको सुरक्षा व्यवस्थानै, जसका कारण जंगली जनावर चराचुरुङगी देखि लिएर बालबालिकाको लागि कुश्माबासीले पिउदै आएको खानेपानीको टंकी स्नान गृह बनेको छ । साना शहरी खानेपानी आयोजनाद्वारा निर्माण गरिएको यो टंकी स्नान गृह बनेको स्थानिय सरस्वती पोख्रेलको भनाई छ ।

गर्मी महिना शुरु भयो की केटाकेटी देखि लिएर बाँदर समेत टंकीमा पौडि खेल्छन् उनले भनिन् । मुहानबाट आएको पानी यसै टयाङ्कीमा थिग्राउने गरिन्छ । यो भन्दा मुनी रहेका तीन शाखा टयाङ्कीबाट पानी प्रशोधन हुने व्यवस्था मिलाइएको छ, तर तीन वटा टयाङ्कीमार्फत पानी उपभोक्ताहरुको धारमा पठाईने भएका कारण पानी शुद्ध रहेको संस्थाको दावी छ । तीन वटा साना टयाङ्कीमार्फत प्रशोधीत पानी उपभोक्ता कहाँ पठाईने भएका कारण मुख्य ट्याङ्कीमा बाँदरले नुहाउँदैमा खासै असर नपुग्ने संस्थाका कर्मचारी लोक नाथ पोर्खेलको भनाइ छ । थिग्राउने र प्रशोधन गर्ने टयाङ्की हुँदै भण्डारण ट्याङ्कीमा पुग्दा पानी ८० प्रतिशत शुद्ध भईसकेको हुने संस्थाको दावी छ ।

खानेपानीका विभिन्न शाखा टयाङ्कीमा औषधि समेत उपयोग गरिदै आएका कारण पानी ९९ प्रतिशत सम्म शुद्ध रहेको संस्थाले जनाएको छ । यसरी प्रशोधन गरेको पानी उपभोक्ता कहाँ पु¥याए पनि फिल्टर तथा उमालेर उपयोग गर्न संस्थाको अनुरोध गर्दै आएको खानेपानीका प्रबन्धक राजेन्द्र रोकाले बताए । पानीको टंकी खुला हुदाँ बाँदर तथा बालबालिका पौडी खेल्ने गरेको भेटीएपनि पानी भने शुद्धनै भएको रोकाको दाबी छ । बाँदर तथा बालबालिका पौडीने गरेको पाइएता पनि पानीको शुद्धता भएको भन्दै अहिले उक्त टंकीको रेखदेख गर्नको लागि कर्मचारीनै खटाएको उनले जनाए । विगतका बर्षमा बाँदरले पानी टंकीमा पौडीने गरेको नपाइएता पनि यसबर्ष दुइ पटक पानीको टंकीमा बाँदर पौडीएको भेटिएको संस्था आफै स्वीकार गरेको छ ।

कुश्मा नगरबासीले बाँदरको स्नान गृहको पानी प्रयोग गर्दै आएका छन् । शिवालय खानेपानी तथा सरसफाई कार्यालयले पानीको शुद्धताको लागि विभिन्न विधि अपनाएको बताएता पनि बाँदरको मलमुत्रकको रसायन भने कुश्माबासीले पिउदै आएका छन् । खानेपानी तथा सरसफाईको बारेमा सचेताना जगाएको दाबी गर्ने खानेपानी संस्थाले कुश्माबासीले प्रयोग गर्ने पानीको मुख्य टंकीनै सुरक्षित स्थानमा सरसफाइका साथ राख्न भने सकेको देखिदैन ।

अहिले कुश्मा बासीहरुका लागि १७ लाख लिटर पानी खपत हुँदै आएको संस्थाले जनाएको छ । बाँदर नियन्त्रणका लागि संस्थाले कर्मचारी खटाएको भएपनि प्रभावकारी हुन सकेको देखिदैन । यसका लागि दिर्घकालिन योजनाको आवश्यक देखिन्छ । पानीमा ढुवेर वन्य जन्तु तथा केटाकेटीको मृत्यु हुने सम्भावना पनि उत्तिकै प्रवल भएको देखिन्छ । १७ लाख लिटर पानी अटाउने टयाङ्की खुल्ला छाडनुले आयोजनाको कमजोरी औल्याउन सकिन्छ । यसलाई तत्काल छत तथा तार जालीको व्यवस्था गर्न सकेमा दुर्घटना न्युनीकरण हुनुका साथै पानीमा समेत शुद्धता कायम गर्न सकिने थियो । यस तर्फ सरोकारवाला निकायको समयमानै ध्यान जानु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा