नेष्डो नेपाल २०औं वर्षमा प्रवेश, चालु आर्थिक वर्षमा ८० हजार परिवारमा सेवा पुर्याउने लक्ष्य

Posted on: 03 Sep, 2015
भदौ १७, पर्वत । नेपालको पहाडी क्षेत्रमा गरिवी न्यूनिकरणका लागि क्रियाशिल राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालले आफ्नो स्थापनाको २०औ वर्षमा ८० हजार विपन्न परिवारमा सेवा पु¥याउने लक्ष्य सार्वजनिक गरेको छ । संस्थाको २०औं वार्षिकोत्सवको अवसरमा संस्थाको गत आर्थिक वर्ष २०७१÷७२ को प्रगति तथा चालु आर्थिक वर्ष २०७२÷७३ को कार्यक्रम सार्वजनिक गर्ने उदेश्यले वुधवार पर्वत सदरमुकाम कुश्मामा आयोजित सञ्चारकर्मी अन्तरक्रिया कार्यक्रममा सो लक्ष्य सार्वजनिक गरिएको हो । वि।संं २०५२ सालमा पर्वतको एउटा दुर्गम गाँउ वाजुङ्गमा स्थापना भएको सो संस्थाले २०५७ साल देखि नेपाल राष्ट्र वैंकवाट लघु वित्तीय कारोवार गर्ने इजाजत लिई नेपालका ११ वटा जिल्लाका ४ सय ३८ नगरपालिका तथा गाविसमा ३ हजार ४४४ महिला स्वावलम्वन केन्द्र गठन गरी ६२ हजार ८९० विपन्न परिवारलाई वित्तीय सेवा प्रवाह गर्दै आएको छ । संस्थामा आवद्ध शतप्रतिशत सदस्यहरु समूह वचत, व्यक्तिगत वचत, पेन्सन वचत लगायत वचत योजनामा सहभागी रहेका छन् भने ४० हजार १६० सदस्यले विभिन्न आयमुलक व्यवसायका लागि विना धितो कर्जा सेवा लिएको कार्यक्रममा जानकारी गराईयो । यसरी केन्द्रमा आवद्ध सदस्यलाई संस्थाले विना धितो ६ अरव ४५ करोड १२ लाख ७७ हजार लगानी गरेकोमा अन्य रकम असुली भई गत आषाढ मसान्तसम्ममा १ अरव १८ करोड ७२ लाख ५५ हजार रुपैयाँ लगानीमा वाँकी रहेको छ । संस्थाले गत आर्थिक वर्षमा संस्थाका सदस्यवाट ५६ करोड ९४ लाख ५३ हजार रुपैयाँ निक्षेप संकलन समेत गरेको छ । कार्यक्रममा दोहोरोपना, भुकम्प लगायत विभिन्न दैविक प्रकोप आदि समस्याले गर्दा ९ लाख ४१ हजार रुपैयाँ भाका नाघेको जानकारी दिइएको छ । संस्थाको नियमानुसार आउनुपर्ने दिन किस्ता आउन ढिलाई भएमा सो रकमलाई भाका नाघेको हिसाव राख्ने अभ्यास रही आएको छ । यसै गरी संस्थाले विभिन्न कल्याणकारी सुविधाहरु लागु गरेको छ । सामाजिक उत्तरदायित्व अन्र्तगत संस्थाले दिने सुविधाहरुमा सुत्केरी स्याहार खर्च, सदस्य एवम् श्रीमान्को मृत्यूमा क्रियाखर्च, सन्तती छात्रवृत्ति, आवास मर्मत खर्च, दुर्घटना उपचार खर्च, परिवार नियोजन प्रोत्साहन लगायत एक दर्जन सुविधाहरु रहेका छन् । आर्थिक वर्ष २०७१÷७२ मा संस्थाले १ हजार ५५० जनालाई १५ लाख ५० हजार सुत्केरी सुविधा, सदस्यको मृत्यूमा ८२ परिवारलाई ३ लाख ९० हजार ३०० क्रियाखर्च, सदस्यको श्रीमान्को मृत्यूमा २ सय २९ सदस्यलाई ७ लाख ५१ हजार ५५० रुपैयाँ क्रियाखर्च, १६१ सदस्यका सन्ततीलाई २ लाख ३३ हजार ५२० रुपैयाँ छात्रवृत्ति सहयोग, ८० जना सदस्यलाई दैविक प्रकोप राहत सहयोग वापत १ लाख ४६ हजार ५०० रुपैयाँ सुविधा प्रदान गरिएको छ । संस्थाका अनुसार यस वर्ष सवारी दुर्घटनामा ८ जनालाई १४ हजार उपचार खर्च, १५ जनालाई ७ हजार ५०० परिवार नियोजन प्रोत्साहन सहयोग प्रदान गरिएको छ । गत वैषाख १२ र २९ गते गएको भुकम्पवाट संस्थामा आवद्ध ५ हजार ४८६ सदस्यको आवास क्षती भएकोमा हालसम्म ३ हजार ६७७ परिवारलाई ३७ लाख २ हजार ५०० रुपैयाँ राहत सहयोग प्रदान गरिएको छ । संस्थागत प्रक्रिया पुरा गरे पश्चात वाँकी सदस्यलाई यस वर्ष निरन्तर सुविधा उपलव्ध गराईनेछ । संस्थावाट कर्जा लिएका सदस्यको कुनै पनि कारणले मृत्यू भएमा सदस्यले तिर्नुपर्ने वाँकी साँवा व्याज मिनाहा गर्ने कल्याणकारी नीति अनुरुप गत आर्थिक वर्ष १०८ जना सदस्यको दुखद निधनमा १६ लाख १३ हजार रुपैयाँ कर्जा मिनाहा गरेको छ । संस्थाले हालसम्म कल्याणकारी सुविधा अन्र्तगत ११ हजार ४२५ परिवारलाई १ करोड ८७ लाख ४३ हजार रुपैयाँ उपलव्ध गराएको संस्थाका कार्यकारी प्रमुख विश्व प्रकाश प्रसाईले जानकारी गराउनु भयो । कार्यक्रम सार्वजनिक एवम् सञ्चारकर्मी अन्तरक्रियामा संस्थाले २०औं वार्षिकोत्सवका अवसरमा चालु आर्थिक वर्ष २०७१÷७२ मा नयाँ १७ हजार ११० विपन्न परिवारलाई संस्थामा आवद्ध गराई संस्थाको सेवा ८० हजार परिवारसम्म पु¥याउने लक्ष्य रहेको जानकारी गराइयो । संस्थाका अनुसार कर्जा लिने सदस्य तर्फ २४ हजार ८४० थप गरी ६५ हजार पु¥याउने छ भने लगानीमा रहेको कर्जा तर्फ २ अरव ७ करोड ७४ लाख ११ हजार रुपैयाँ पु¥याउने लक्ष्य रहेको छ । यसै गरी सदस्यको वचत तर्फ ७९ करोड ५० लाख २१ हजार पु¥याईने संस्थाको वार्षिक लक्ष्य रहेको छ । संस्थाले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा लघुवित्तलाई धेरै भन्दा धेरै परिवारसम्म पु¥याउनको लागि पहल गर्नेछ । सस्थाको यस लक्ष्यलाई सार्थकता दिने दुई नाराहरु तय गरेको छ । जसमा इनगेज माईक्रोफाईनान्स– चेन्ज लाईभ्स ९भ्लनबनभ ःष्अचयाष्लबलअभ९ऋजबलनभ ीष्खभक० र दिगो शान्तिको लागि आर्थिक सम्वृद्धी रहेका छन् । यस अवसरमा संस्थाले आफ्नो सेवामा पनि गुणस्तर सुधार गर्दै थप नयाँ सुविधाहरु ल्याउने कार्यक्रम सार्वजनिक गरेको छ । जस अन्र्तगत भुकम्प प्रभावितहरुको पुनस्र्थापनाको लागि दैविक प्रकोप कर्जाको व्यवस्था गरी साधारण व्याजदरमा ४ प्रतिशत छुट दिनुको साथै १ प्रतिशत सेवा शुल्क कटौती गर्ने भएको छ । त्यसै गरी कार्यक्षेत्रमा “एक परिवार–एक सदस्य, एक परिवार–एक आयमुलक व्यवसाय अभियान” अगाडी वढाउने छ । यसै गरी संस्थाको कल्याणकारी सुविधाहरुलाई वृद्धि गर्ने तफ संस्थामा नीतिगत छलफल भई रहेको र साधारणसभासम्म टुङ्गो लाग्ने पनि कार्यक्रममा जानकारी गराईयो । वित्तीय मध्यस्थता सम्व्न्धि ऐन २०५५ अन्र्तगत नेपाल राष्ट्र वैंकवाट लघु वित्तीय कारोवार गर्ने इजाजत लिई विगत १४ वर्ष देखि वित्तीय कारोवारमा संलग्न नेष्डो नेपालले यस वर्ष देखि पुनः कल्याणकारी गैर सरकारी संस्थाको रुपमा क्रियाशिल रहने योजना वनाएको छ । जसका लागि संस्थाले नेष्डो सम्वृद्ध माईक्रोफाइनान्स वित्तीय संस्था लि। नामक “घ” वर्गको वैंक संस्थापना गरी संस्थाको सम्पूर्ण लघु वित्तीय कारोवार नयाँ वित्तीय संस्थामा हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । नयाँ वित्तीय संस्थाको देशका ७५ जिल्लामा कार्यक्षेत्र हुने र हस्तान्तरण पश्चात नेष्डो नेपाल वित्तीय संस्थाको पहिचानवाट पुनः शुद्ध गैर सरकारी संस्थाको रुपमा स्थापित हुने संस्थाका कार्यकारी प्रमुख विश्व प्रकाश प्रसाईले कार्यक्रममा जानकारी दिनु भयो । संस्थाले आफ्नो विधानमा तेश्रो शंसोधन गरी विशिष्ट उद्देश्यमा सम्वृद्ध–पाँच योजना थप गरेको छ । जसमा सम्वृद्ध सञ्चार गृह, सम्वृद्ध सामुदायिक सेवा केन्द्र, सम्वृद्ध साुमदायिक शैक्षिक प्रतिष्ठान, सम्वृद्ध सामुदायिक अस्पताल र सम्वृद्ध आवास योजना रहेका छन् । संस्थाले हाल सम्वृद्ध सञ्चार गृह सञ्चालन गर्ने क्रममा सामुदायिक रेडियो–सम्वृद्ध नेपाल ९२।६ मेगाहर्ज सञ्चालनमा ल्याएको छ भने अन्य योजनाहरुलाई २०औं वार्षिकोत्सवका अवसरमा सञ्चालनमा ल्याउन विशेष पहल गर्ने कार्यक्रम रहेको समेत जानकारी दिइयो । अन्तरक्रिया कार्यक्रममा संस्थाको पदाधिकारी, व्यवस्थापकीय कर्मचारी एवम् पर्वत जिल्लामा क्रियाशिल सम्पूर्ण सञ्चारीकर्मीको प्रतिनिधीमुलक सहभागिता रहेको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघ, पर्वतका अध्यक्ष दुर्गा प्रसाद शर्माले नेष्डो नेपाल लघु वित्तीय क्षेत्रमा एउटा उत्कृष्ट संस्था हुँदा हुँदै पनि वर्तमान प्रतिस्पर्धात्मक परिवेशमा आफ्नो सेवालाई थप परिमार्जित गरी अगाडी वढनु पर्ने वताउनु भयो । संस्थाले व्यवसाय अनुसार कर्जाको आकारमा वृद्धि गर्नुपर्ने, सदस्यलाई कर्जाको साथमा उद्यमशिलतामा जोड दिनु पर्ने साथै सामाजिक उत्तरदायित्व अन्र्तगत संस्थामा आवद्ध सदस्य वाहेक अन्य क्षेत्रमा पनि कल्याणकारी सेवाहरु विस्तार गर्नुपर्ने वताउनु भयो । अन्तरक्रिया कार्यक्रम संस्थाका कार्यकारी प्रमुख विश्व प्रकाश प्रसाईको अध्यक्षता, कार्यक्रम व्यवस्थापक उत्तम अधिकारीको स्वागत एवम् सुचना व्यवस्थापन अधिकृत ओम्ना क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!