२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जुम्लामा एक घण्टा हिँडेर खानेपानीको जोहो

३० पुष २०७५, सोमबार ०८:४२

पुस ३०, हुम्ला | सर्केगाड गाउँपालिका–२ मा यतिखेर खानेपानीको समस्या देखिएको छ । उक्त गाउँपालिका–२ का ७० घरधुरीले दिनभरिको काम छाडेर पानीको जोहो गर्नुपरेको छ । खानेपानीको मुहान नजिक नहुँदा दिनभरि खानेपानीको जोहो गर्न घरको एक जना सदस्य पालो कुरिरहनुपर्ने बाध्यता रहेको छ । 

त्यस क्षेत्रका स्थानीयले खानेपानी ल्याउन एक घण्टाको दूरीमा रहेको तल्लो उनापानीको खोलाबाट माथिल्लो उनापानी पु¥याउनुपर्ने बाध्यता रहेको छ । दिनभर एक जना खानेपानी ओसार्न घरमा नै बस्नु परेको स्थानीय चुनर्बु फडेराले बताउनुभयो । 

गत वर्ष सामुदायिक विकास कार्यक्रमले एक दिन टाढापर्ने स्याउले भन्ने स्थानबाट खानेपानीको निर्माण गरेको भए पनि वनस्पतीको पात र फोहरले मुहान थुनिने समस्याका कारण खानेपानीको आपूर्ति राम्रो नहुँदा यस्तो समस्या भोग्दै आएको फडेराले बताउनुभयो । 

गाउँमा खानेपानीको धारा त बने पनि मुहानको ट्याङ्की छोप्न जालीलगायतका अन्य सामग्री नहुँदा रुखका पातले पाइपलाई बन्द गरिदिने समस्याले उपभोक्तालाई पानीको आपूर्तिमा समस्या भएको अर्का स्थानीय गोले फडेराले बताउनुभयो । हरेक दिन एक जना पानीको मुहान सफा गर्न मुहानतर्फ जानुपर्ने बाध्यता माथिल्लो उनापानीका बासिन्दाका लागि दिनचर्या नै बन्ने गरेको छ । 

जङ्गलको भिरालो बाटोमा पानीको मुहान सफा गर्न जाँदा वन्यजन्तुको डर हुने गरेको स्थानीयको भनाइ छ । “एक्लै जान पनि समस्या छ, भिरको बाटोमा लडिने अनि हिँड्दा ढिलो भएमा घर नपुगिने अवस्थाले दुईदेखि तीन जनाको समूहमा पानीको मुहान सफा गर्न जाने गरेका छौँ, हरेक दिन मुहान सफा गर्न साह्रै कठिन भएको छ”, उहाँले भन्नुभयो । 

खानेपानी नहुँदा पशुवस्तुलाई एक घण्टा लगाएर खानेपानी भएको खोलामा पु¥याएर ल्याउन अझ कठिन भएको छ । पशुवस्तुको चरन क्षेत्रबाट खोलामा पानी खुवाउन अझ समस्या छ । एक जनाले खानेपानी ओसार्ने अनी अर्कोले पशुवस्तुका लागि पानी खुवाउनुपर्ने अवस्था रहेको छ । 

“कपडा धुन आधा घण्टाको दूरीमा रहेको तल्लो उनापानीको तातोपानी भएको खोलामा गएर धुन्छौँ, फर्कंदा आधा घण्टा लाग्छ”, फडेराले भन्नुभयो । पानीको अभावले व्यक्तिगत सरसफाइमा पनि सङ्कोच अपनाउनुपर्ने अवस्था रहेको स्थानीयको भनाइ छ । पानीलाई सुन जस्तै मानेर फारो गरेर चलाउनुपर्ने अवस्था छ । गाउँपालिका र वडापालिकालाई यो समस्याका बारेमा पटकपटक ध्यानाकर्षण गराउँदा पनि कुनै गुनासो नभएको स्थानीयको गुनासो छ । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान