२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

प्रदूषित बन्दै दक्षिणकाली क्षेत्र

२०७५, ४ माघ शुक्रबार १०:३८

प्रदूषित बन्दै दक्षिणकाल क्षेत्र 
माघ ४,काठमाण्डौ | राजधानीको दक्षिण पश्चिमी भेगमा रहेको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक र पर्यटकीय दृष्टिले महत्वपूर्ण दक्षिणकाली मन्दिर क्षेत्र प्रदूषित बन्न थालेको छ । 
मन्दिर क्षेत्रको व्यवस्थापन गर्न दक्षिणकाली क्षेत्र प्रबन्ध समिति गठन गरिए पनि सरसफाइको काम हुन छोडेको यहाँ आउने धार्मिक पर्यटकको गुनासो छ । मन्दिर क्षेत्र प्रवेश गर्ने फर्पिङस्थित दक्षिणकाली नगरपालिकाको कार्यालयबाट अगाडि मूल सडकबाटै प्लास्टिकलगायत फोहर फालेको थुप्रो देखिन्छ । 
मन्दिर क्षेत्रमुनिको वनभोजस्थलमा फालिएका प्लास्टिक, कागजलगायत सामग्रीले पवित्र धार्मिक स्थलको गरिमामा आँच आएको दर्शन गर्न आउनुभएका रामशरण बञ्जाराले बताउनुभयो । धार्मिक पर्यटकीयस्थललाई सफा राखी आन्तरिक एवं बाह्य पर्यटक आकर्षित गर्नुपर्नेमा भगाउने वातावरण बनाइएको दर्शनार्थीको भनाइ छ । 
शिखरापुरको घना जङ्गलमा भेटिएको शिलाको मूर्तिलाई करीब ४०० वर्षअघि राजा प्रताप मल्लले पूर्णावती र उद्धारवती नदीको सङ्गममा दक्षिणकालीको मूर्ति स्थापना गर्न लगाएको पूजारी राजेशमान कर्माचार्यले जानकारी दिनुभयो । त्यही समयदेखि यो क्षेत्र शक्तिपीठका रुपमा प्रसिद्ध छ । 
राजा प्रताप मल्ललाई सपनामा मूर्ति दुई नदीको सङ्गममा स्थापना गरेपछि राज्यमा फैलिएको महामारी र सङ्कट निवारण हुन्छ भनी सन्देश प्राप्त भएको किंवदन्ती छ । चामुण्डास्वरूपकी दक्षिणकालीसँगै यहाँ गणेश, भैरव, ब्रह्मायणी, महेश्वरी, कौमशरी, वैष्णवी, बाराही, इन्द्रायणी, नारसिंहीको मूर्ति पनि स्थापना भएको थियो । 
मन्दिर स्थापना हुँदा तान्त्रिक लम्बकर्ण भट्टले चलाएको परम्परा अनुसार अहिले पनि यहाँ दैनिक तान्त्रिक विधिले पूजाअर्चना हुने गरेको छ । ऐतिहासिक महत्वको मन्दिर क्षेत्रमा भौतिक पूर्वाधारको विकास गर्न एकदशक अघि शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत विशेष योजना शुरु भएको थियो । 
योजनाको काम अझै चलिरहेको समितिको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख दयाराम पाण्डे विभागले प्राविधिक सहयोग गरी स्रोत आन्तरिकरूपमै जुटाउनुपर्ने भएकाले दशक बित्दा पनि काम नसकिएको बताउनुहुन्छ । आन्तरिक स्रोतबाटै यहाँ कार्यरत कर्मचारीको सेवा सुविधाको व्यवस्थापन हुने गरेको छ । 
मन्दिर क्षेत्रलाई सफा बनाउन यसै वर्ष पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट नगरपालिकामार्फत ढल विच्छ्याउने प्रयोजनका लागि रु २५ लाख प्राप्त भएको उहाँले सुनाउनुभयो । मन्दिर क्षेत्रमा दर्शन, वनभोज गर्न आउने र केही स्थानीयवासीले पूर्णावती एवं उद्धारवती नदी किनारमा फोहर फाल्ने गरेको कार्यालय प्रमुख पाण्डेले सुनाउनुभयो । 
पछिल्लोपटक माघ १ गते वनभोज गर्न आएकाले फालेको फोहर अझै सफाइ गरी नसकिएको कार्यालयले जनाएको छ । समितिको कार्यालयमा २१ कर्मचारी छन् । सातजना भने सफाइकै लागि राखिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस