२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

सर्लाहीमा सवारी दुर्घटनामा परि ४ जनाको मृत्यु, तीनको अवस्था गम्भीर

५ माघ २०७५, शनिबार ०७:३२

माघ ५, सर्लाही | सर्लाही जिल्लामा आज बिहान भएको छुट्टछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर–१२ बाँके जङ्गलमा रोकी राखेको बसमा ट्रकले ठक्कर दिँदा बसमा सवार दुई र ट्रकमा सवार एकजना गरी तीन जनाको मृत्यु भएको छ । तीनजना गम्भीर घाइते भएका छन् । 

पूर्वको झापाबाट काठमाडौँ जाँदै गरेको ना ४ ख ९७५४ नं को बस बिग्रेर रोकी राखेको अवस्थामा सोही दिशाबाट आउँदै गरेको ना ५ ख ७१२९ नं को ट्रक पछाडिबाट ठक्कर दिँदा इलाम सुलुबुलुम नगरपालिकाका–२७ वर्षीय गोविन्द साउदेन, सुनसरी इटहरी उपमहानगरपालिका–१६ की ३० वर्षीय विनेता राई र ट्रकमा सवार पर्सा वीरगञ्ज महानगरपालिका–१९ इनर्वाका अन्दाजी ३५ वर्षीय रहिम मियाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

दुर्घटनामा परी घाइते हुनेमा नुवाकोट विदुरनगरपालिका– १३ का ३५ वर्षीय दावा तामाङ, बस चालक झापाका अर्जुनधारा नगरपालिका–६ का ३५ वर्षीया राजेन्द्र खतिवडा र बसका सहचालक उदयपुर कटारी नगरपालिका–१ का २२ वर्षीय दीपक अधिकारी गम्भीर घाइते भएका छन् । तामाङको खुट्टा भाँचिएकाले उपचारका लागि काठमाडौँ पठाइएको छ । खतिवडाको टाउकोमा गम्भीर चोट लागको छ । उहाँको उपचारका लागि महोत्तरीको बर्दिवास लगिएको छ । 

त्यसैगरी अधिकारीलाई समान्य चोट लागेकाले उहाँको उपचार सर्लाहीको लालबन्दीमा भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै आज बिहान करीब ९ बजेको समयमा ईश्वरपुर नगरपालिकाबाट त्रिभुवन नगर आउँदै गरेको ना ३ ख १५१२ नम्बरको यात्रुबाहक बसले ब्रहम्पुरी गाउँपालिकामा एक बालिकालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ । 

मृत्यु हुनेमा ब्रहम्पुरी गाउँपालिका–३ भेल्हीका रामबाबु मुखियाको ६ वर्षीय छोरी सोनाली कुमारी मुखियाको मृत्यु भएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन