२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

सुदूरपश्चिममा व्यावसायिक बन्दै छलिया र हुड्के नाच

७ माघ २०७५, सोमबार ०९:३३

विमलबहादुर विष्ट | माघ ७, डोटी | ठूलाबडाको विवाह र बढाइँमा पुराना वीरयोद्धाका कथा तथा राजा रजौटाका गीतमार्फत देखाइने सुदूरपश्चिम प्रदेशको प्रसिद्ध छलिया र हुड्ने नाच हिजोआज व्यावसायिक बन्न थालेको छ । यहाँका विभिन्न समारोह, महोत्सव वा महत्वपूर्ण कार्यक्रमका लागि छलिया र हुड्के नाच्नेको माग हुने गरेको छ । 

विभिन्न ठाउँमा नाच देखाएवापत छलिया र हुड्के नाच्नेहरुको राम्रै आम्दानी हुने गरेको छ । पहिले ठूलाबडा एवं ठालुका घरमा विवाह व्रतबन्ध भयो भने मात्रै उक्त नाच देखाइने गरेको दिपायलका हुड्के गगने नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला नाच देखाएवापत एक छाक खाना तथा केही लुगाफाटो पाइन्थ्यो तर अहिले बोलाएको ठाउँमा देखाउँछौ र पैसा लिने गरेका छौंँ ।” 

अहिले सुदूरपश्चिम प्रदेशका व्भििन्न ठाउँमा महोत्सवलगायत धार्मिक कार्य चलेकाले सबैभन्दा बढी छलिया र हुड्के नाच्नेहरु व्यस्त हुने गरेको उद्योग वाणिज्य सङ्घ डोटीका महासचिव दीपकबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “महोत्सवदेखि अन्य शुभ कार्य गर्दा हुड्के नभई शोभा हुँदैन, अहिले त हुड्के नाच्नेलाई अग्रीम बुकिङ गर्नुपर्छ ।” यति मात्र नभई दिपायल र तिखाका हुड्के नाच्नेहरुसँग एक महिना पहिलेदेखि नै सम्झौता गर्नुपर्ने अवस्था आएको महासचिव खड्काले बताउनुभयो । दिपायलको हुड्के नाचले एक दिनको रु १० हजार तथा छलिया नाचको एक दिनको छलिया समूहले रु १५ हजारसम्म लिने गरेको छ । छलिया नाच प्रायःगरी बैतडी जिल्लावासीले नाच्ने गर्छन् । 

शिखर नगरपालिकास्थित मुडभराका रायभान ढोलीले छलिया र हुड्के नाचबाट नै आफ्नो गुजारा चलेको बताउनुभयो । उहाँले भन्नुभयो, “महिनामा चार÷पाँच ठाउँमा मात्रै हुड्के देखाउन पाए वर्षभरिको खर्च चल्छ ।” रायभानले हुड्के नाच देखाएरै दुई छोरालाई क्याम्पसमा पढाइरहेको जिकिर गर्नुभयो । 

त्यसै गरी सुदूरपश्चिम प्रदेशकै प्रख्यात बैतडीको छलिया नाचको अहिले सुदूरपश्चिमभरि नै माग हुने गरेको छ । सबैतिरबाट माग बढ्न थालेपछि छलिया र हुड्के नाच्नेहरु पनि व्यावसायिक बन्न थालेका छन् । विभिन्न ठाउँमा छलिया तथा हुड्के नाच्नेहरुले क्लब नै गठन गरेका छन् भने उनीहरु आफ्ना सन्ततिलाई समेत नाच्न र गाउन सिकाउन थालेका छन् । गत वर्ष डोटी, कञ्चनपुर, धनगढी, टीकापुर र साँफेबगर महोत्सवमा छलिया नाच देखाएर रु एक ला ५० हजार कमाइएको बैतडी छलिया समूहले बताएको छ । 

छलिया निकै जोखिमपूर्ण नाच पनि हो । बाजाका तालमा नाच्न नजाने चोटपटक लाग्ने गरेको दिपायलका समाजसेवी घनश्याम पाठकले बताउनुभयो । “हुड्के नाचमा पुराना राजा रजौटा, बिर बिरंगना र देवि देवताहरुका जिवन गाथा गाउने गरिन्छ”, उहाँले भन्नुभयो, “छलिया नाच भनेको बाजाको तालमा हतियार नचाएर खेल्ने नाँच भएकाले नजानेमा चोट लाग्न सक्छ ।” संस्कृतिविद् डा बद्रीप्रसाद बिनाडीका अनुसार छलिया नाचले युद्धकलालाई झल्काउने गर्दछ । सुदूरपश्चिम प्रदेशमा रहेका छलिया, हुड्के, चौलो र भुवाँ नाचलाई व्यावसायिकतातिर लैजान सके यहाँको कलासंस्कृतिलगायत नाच्नेहरुको पनि जीवनस्तर माथि उठ्न सक्ने संस्कृतिविद् डा बिनाडीको भनाइ छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य