७ बैशाख २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बजारमा कालोबजारी बढ्यो, प्रशासन मौन

१५ कार्तिक २०७२, आईतवार ०९:१२

कार्तिक १५, पर्वत । नाकाबन्दीलाई बहाना बनाएर पर्वतमा विभिन्न खाद्यन्नमा कालोबजारी सुरु भएको छ । यतिबेला बजारमा दैनिक उपभोग्य बस्तुको मुल्यले आकाश छुन थालेको छ । भारतले लगाएको अघोषित नाकाबन्दीका कारण जिल्लामा कुनै पनि खाद्यन्नको मुल्य छोइ सक्नु छैन ।

अन्यन्त्रबाट खाद्यन्न आउने भएता पनि तेलको अभाव भएपछि जिल्लामा कुनै पनि खाद्यन्न आउन सकेका छैनन् जसका कारण स्थानीय व्यापारीले नाकाबन्दीको अभावको मौका छोपी दिन दुई गुणा रात चार गुणाले कमाउने कालोबजारी गर्न थालेका छन् । विभिन्न मिठाइ तथा अन्य परिकारकालागि बढी खपत हुने चाड तिहार (दिपावली) आइरहेको बेलामा जिल्लामा रहेका व्यापारीले खुलेआम कालोबजारी गरेका छन् ।

बस्तुको मुल्य भन्दा दोब्बर तेब्बरमा खरिद विक्रि भैरहेको छ तर प्रशासन भने मौन रहेको पाईन्छ । ठूला चाडपर्वतमा बजार अनुगमन गर्नेै बताएको प्रशासन यतिबेला व्यापारीले खुलेआम कालोबजारी गरिरहदाँ पनि कानमा तेल हालेर बसेको छ । सधै कालोबजारी गर्नेलाई कानून बमोजिम कार्वाही गर्ने बताउने जिल्ला प्रशासन कार्यालयको नाकै मुनि  व्यापारीले कालोबजारी गरिरहेका छन् तर स्थानिय प्रशासन भने आँखामा पट्टि बाँधेर बसेको छ ।

नाकाबन्दी तथा इन्धनको अभावका कारण जिल्लामा खाद्यन्न वित्रिन नसकेको बहाना बनाउदै स्थानीय व्यापारीले विभिन्न खाद्यन्नमा कालोबजारी गर्न सुरु  गरेका छन् । एक सय २० मा पाइने रातो दालको मुल्य यतिबेला बजारमा २ सय नाघेको छ भने कालो दाल (मास)को मुल्य १ स ९० देखि २ सय सम्म पुगेको छ । यतिबेलाखाने तेलको कालोबजारी सुरु भएको छ।

दुई सातायता सूर्यमुखी र तोरी तेलको मूल्य प्रतिलिटर कम्तीमा ५० रुपैयाँसम्म बढेको छ । यस्तो तेलमा प्रतिकार्टुन सात सयदेखि आठ सय रुपैयाँसम्म मूल्य बढाइएको छ।

खाने तेलको खपत बढ्ने पर्व तिहार नजिकिँदै गएकाले चर्को मूल्य तिरेर भए पनि उपभोक्ता खरिद गर्न बाध्य भएका छन्। विराटनगरमा प्रतिलिटर एक सय २५ रुपैयाँमा पाइने सूर्यमुखी तेल अहिले एक सय ९० रुपैयाँमा बेच्ने गरिएको छ। त्यस्तै तोरी तेल प्रतिलिटर एक सय ७० बाट बढाएर दुई सय रुपैयाँ पुर्रुयाइएको छ।

कतिपय व्यापारीले भने उद्योगबाट आउने तेलको मूल्य नै बढाइएकाले आफूहरूले पनि सोहीअनुसार खुद्रा मूल्य निर्धारण गरेको बताएका छन्। जिल्लामा अहिले हरेक बस्तुमा भारी रुपमा मुल्य बृद्धि भएको छ तर प्रशासनले अनुगमनलाई निरन्तरता र तिब्रता दिन सकेको छैन जसका कारण यतिबेला उपभोक्ता बजारबाट मारमा परिरहेका छन् ।

उपभोक्ताको महङ्गीले ढाड सेक्यो

भारतले गरेको नाकाबन्दीका कारण बागलुङ जिल्लामा पेट्रोलियम पदार्थ मात्र नभएर अन्य खाद्य पदार्थहरुमा दोब्बर तेब्बर भन्दा बढी मुल्य वृद्धि भएको छ । आवश्यक औषधी समेतको अभावले विरामीहरुको उपचार समेत प्रभावित बनेको छ ।

एकातिर पेट्रोलियम पदार्थको चरम अभाव अर्को्तिर खाद्यसामाग्री अभावका साथै आकाशिदो मुल्य बृद्धिले आम जिल्लावासीले हदैसम्मको असुविधा व्यहोरिरहेका छन् । नेपालीहरुको महान चाड दशैँमा अभाव र महंगीको मारमा परेका उपभोक्ताहरु तिहार नजिकिदापनि कुनै राहतको संकेत नदेख्दा झनै पिरोलिएका छन् । साल्ट ट्रेडिङ कर्पोरेशनले दशैँमा सन्चालन गर्न नसकेको सुपथ मुल्यको पसल तिहारका लागि भनेर सदरमुकाम बागलुङ बजारमा सन्चालनमा ल्याएको छ, जुन पसलमा लाईनमा बसेर रु २० मा एक केजी नून बाहेक अरु केहि पाईदैन । तिहारमा बढी आवश्यक पर्ने चीनी पनि सुपथ मुल्यको पसलमा छैन ।

अहिले बजारमा विद्युतीय सामाग्रीको पनि अभाव रहेको छ । ग्याँसको अभावले बिद्युतबाट खाना पकाउने हिटर लगायतका विद्युतीय सामानको चरम अभाव देखिएको छ ।

जिल्लाको सदरमुकाम बागलुङ बजार, गल्कोट हटिया, बुर्तिवाङ, कुस्मीसेरा लगायत विभिन्न व्यापापरिक केन्द्रहरुमा कालो बजारी मौकालाएको गुनासो उपभोक्ताहरुले गरेका छन् । तरकारी, तेल, दाल, चामल आदि खाद्यान्नमा दोब्बर भन्दा बढी मुल्य वृद्धि भएको छ । जिल्लाभर खाना पकाउने ग्यासको हाहाकार छ । प्रशासनले जिल्लामा खाद्यान्नको अभाव नहुने बताएसंगै त्यस्को मुल्य नियन्त्रणमा उचित ध्यान दिनु जरुरी छ ।

चीनले केरुङ नाकाबाट दिने अनुदानको पट्रोलियम पदार्थमा पनि जिल्लावासीको पहुँच हुनु पर्छ । आजै कात्तिक १३ गते पनि नेपालको पूर्वी नाकाबाट केहि ट्याँकर पेट्रोलियम पदार्थ नेपाल भित्रिएको छ । जतिसकिन्छ छिटो पेट्रोलियम पदार्थको जोहो गर्न प्रयास नगर्ने हो भने दशै निराश र अभावमा विते जस्तै आसन्न तिहार पर्वपनि निराशाजनक हुने निश्चित छ ।

बुटवल लगायतका ठाउहरुबाट पेट्रोलियम पर्दाथ जिल्लामा भित्राउने र मिसावट गरि उच्च मुल्यमा बेच्ने गरेको सवारी चालकको आरोप छ । अन्य समयमा प्रति लिटर १ सय २५ रुपियामा कारोबार हुने गरेको पेट्रोल यतिबेला ५ सय भन्दा बढी मुल्यमा बिक्रि हुने गरेको छ । तपाईलाई आवश्यक छ भने ५ सयमा लैजानुहोस होईन भने यसै राख्छौ भन्ने ब्यापारीको भनाई हुदा हुदै पनि धेरैजसो सवारी चालकहरुलाई आवश्यक पर्ने भएको हुनाले ५ सयमा लैजान बाध्य हुनुपर्ने अवस्था छ । यसरी सवारी चालकहरुले महँगो रुपिया तिरेर पनि शुद्ध ईन्धन नपाएको र धेरैजसो तारपिन तेल, डिजेल, मट्टितेल लगायत मिसावट गरि खुलेआम बिक्रि बितरण गर्ने गरेका छन ।

ईन्धन अभावका कारण सवारी चालकहरुले मिसावट सँगै मंहगो रुपियामा सवारी चलाउन बाध्य भएको बताउदै यात्रुहरुबाट मनग्गे भाडा असुली रहेका छन् । मौकामा चौका हान्ने र रातारात मालामाल हुने जिल्लाका केहि कालाबजारियाहरुको चाहना कहिले सम्म पुरा हुन प्रशासनले छुट दिने ? जिल्लाबासीको प्रश्न छ । समस्या पर्छ जसका कारण केहि मात्रामा महंगो हुनु स्वभाविक हो । तर तेब्वर मुल्य बृद्धि र भाडा असुल्नुलाई स्वभाबिक कार्य मानिदैन । प्रशासनले यसतिर ध्यान नदिनु बागलुङवासीका लागि बिडम्वना सावित भएको छ ।

किनकि, चारैतिर सबै क्षेत्रमा ब्रह्मलुट मच्चिदा पनि कुनै कसैलाई सोधपुछ सम्म नहुनु विडम्वना नभएर के हो त ? आम जिल्लावासीको प्रश्न छ ।

तराईको बन्दसँगै इन्धन अभावका कारण गल्कोट लगायत विभिन्न स्थानहरुमा सञ्चालित पोल्ट्री फर्महरु संकटमा परेका छन । ईन्धन अभावका कारण दाना नभित्रिएपछि धमाधम कुखुराको चल्ला मर्न थालेको दुदिलाभाटी पोल्ट्री फर्मका सञ्चालक पदम कार्कीको भनाई छ । मासिक ३ लाख बराबरको अण्डा बेच्च सफल कार्कीको यतिबेला ईन्धन अभावका कारण उत्पादित अण्डा बजारीकरणमा समस्या पर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकार अलोकतान्त्रिक, सर्वसत्तावादी र निरंकूश- राप्रपाको ठहर मोटरसाइकल चोरी गरेको आरोपमा २ जना पक्राउ पुष्पकमल दाहालले आन्दोलनको प्रकृति बुझ्न आवश्यक रहेको बताए जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष ठगीको आरोपमा पक्राउ कांग्रेसको कार्यबाहक सभापतिमा खड्का मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो अमेरिकी सहरहरूमा ट्रम्प विरोधी प्रदर्शनको अर्को चरण राप्रपाले आइतबार गरेको प्रदर्शन सकियो, आकस्मिक बैठक अस्ट्रेलियाको तटमा ठूलो छालले डुबेर ६ जनाको मृत्यु राजेन्द्र लिङ्देनलगायतका नेताहरूलाई पक्राउ गरिएकोप्रति ‘संयुक्त जनआन्दोलन समिति’को भर्त्सना प्रधानमन्त्री ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’शृङ्खलाका प्रतियोगीहरुको भेटघाट शेरबहादुर देउवा सपरिवार बैंकक प्रस्थान गरे कोसी करिडोर २२० प्रसारणलाइन उद्घाटन गर्न भारतका मन्त्री नेपाल आउने डुडुवा गाउँपलिकाले यस वर्षदेखि बीउ उत्पादन सुरु गर्यो माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु र १४ जना घाइते राप्रपाका सांसद दीपक सिंह प्रदर्शनस्थलमा पुगे रास्वपाले पोखरा विमानस्थल भ्रष्टाचार अनुसन्धान गर्न माग गर्दै मागपत्र बुझायो राजेन्द्र लिङ्देनले आफूहरुलाई नियन्त्रणमा लिएकोमा अचम्म नमानेको प्रतिक्रिया दिए अभिभावक सङ्घ नेपालले राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गरायो