२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

व्यावहारमानै छृुवाछुत मुक्त गराऊ

१ पुष २०७२, बुधबार ०९:३८

पुष १, पर्वत । जातका आधारमा गरिने विभेदको अन्त्य गर्नका लागि संविधानमा छुवाछुत विरुद्धको हकको व्यवस्था भएता पनि त्यसको प्रभावकारी कार्यन्वयन हुन नसेकेका कारण देशका विभिन्न भागमा छुवाछुतका घटनाले प्रथामिकता पाउने गरेका छन् । मान्छे मान्छे विचमा पनि पानी चल्ने र नचल्ने भनी जातीय आधारमा गरिने विभेदका कारण शहरमा जातीय घटना कम घटेको देखिएता पनि गाउँमा भने अझै पनि त्यसको नियो उखिलिन सकेको छैन ।

जसका कारण पनि देशका विभिन्न ठाउँका कुना कुनामा जातीय हिंसा मौलाएको पाइन्छ । केहि समय अगाडी मात्रै डुब समुदायले इनारबाट पानी लिएको धनुषाको घटनाको विषयबस्तुले विश्वव्यापकता लियो । सरकार त्यसको प्रतिकारका लागि र मानिस मानिस समान हुन विभेद गर्नु हुदैन भनेर स्थलगत रुपमा गएता पनि सरकारनै त्यहाँको समुदायसँग भाग्नुपर्ने स्थीति भयो । यसरी देशको शहरी क्षेत्रमा हेर्ने हो भने पनि कतिपय ठाउँमा अझै पनि जातीय विभेदका घटना न्यून भएको देखिदैन ।

जिल्लाकै कुश्मा नगरपालिका २ पाङ मा गत बर्ष छुवाछुतको घटनाले उघ्र रुप लियो जसका कारण एक जनाको ज्यान समेत गयो । छुवाछुत विरुद्धमा यतिबेला देशव्यापी रुपमा छुवाछुत अन्त्य गर्नका लागि विभिन्न संघ संस्था लागि परेका छन् तर छुवाछुतको नियो अझै पनि ढल्न भने सकेको छैन । कुकुरलाई भान्छामा पस्न दिने तर मानवले मानवलाई जातीय आधारमा विभेद गर्ने रुदीबादी परम्परा अझै हट्ने भने सकेको छैन । सरकारले अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख रुपैयाँ पुरुस्कार दिने घोषणा गर्यौ जातीय विभेद अन्त्य गर्नको लागि तर त्यो औपचारिकतामा मात्रै सिमित भएको छ ।

जिल्लामा रहेका चार गाविस छुवाछुत मुक्त गाविस भएका छन् तर ती गाविस औपचारिकतामा मात्रै सिमित रहनु हुदैन । पर्वत जिल्लाको होश्राङदी गाविस चौथो छुवाछुत मुक्त क्षेत्र घोषणा भएको छ । औपाचिरक रुपमा र कागजी रुपमा मात्रै छुवाछुत मुक्त गाविस घोषणा भएको हो भने त्यसको कुनै पनि औचित्य रहदैन । यदि गाविस छुवाछुत मुक्त गाविसमानै परिणत भएको हो भने अब उक्त गाविसमा रोटी मात्रै नभई बेटी पनि चलाउनु पर्छ तब मात्र छुवाछुत मुक्त गाविस घोषणा गरेको सार्थक रहनेछ । सार्वजानिक ठाउँमा मात्रै छुवाछुत मुक्त घोषणा र घरभित्र उहि पुरानै रुढीवादी नै रह्यो भने त्यसको औचित्य हुदैन ।

त्यसले मानिसले मानिसलाई गर्ने विभेदको अन्त्य गर्नको लागि बेटी पनि चलाउन्ु पर्ने हुन्छ तब मात्र गाविसको अभियान सार्थक र सफल हुनेछ ।“ मानिस ठूलो दिलले हुन्छ जातले हुदैन”त्यसैले पनि समाजमा रहेका यस्ता कुरुतीको अन्त्यका लागि सवैले हातेमालो गर्नु आवश्यक छ र उक्ता गाविसको कार्य प्रति सवैले एक्केवद्धता जनाउँदै आफ्नो समाज बढ्ल्न र समृद्ध समाजको विकास गर्नका लागि हातेमालो गर्दै समाजमा रहेका हरेक प्रकारका छुवाछुत, दाइजो प्रथा, लगाएतका अन्य प्रथाको पनि उन्मुलन गनर््ु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान