२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

खण्डहर बन्यो रोल्पाको ऐतिहासिक दरबार

२०७५, २९ माघ मंगलवार ०७:१८

उमा केसी | माघ २९, रोल्पा | ऐतिहासिक तथा सांस्कृतिक धरोहरको संरक्षणमा चासो नदिँदा रोल्पाको खङ्ग्रिकोट दरबार खण्डहरमा परिणत भएको छ । 

सोह्रांै शताब्दीमा राजा फत्तेप्रचण्ड सेनले शासन गरेको खङ्ग्रिकोट दरबार संरक्षणको अभावमा खण्डहर बन्दै जान थालेको हो । 

ऐतिहासिक र सांस्कृतिक पर्यटनको उच्च सम्भावना बोकेको यो दरबार संरक्षणका अभावमा आफ्नो पहिचान गुमाउन सक्ने अवस्थामा पुगेको छ । यसको संरक्षण र व्यवस्थापन गर्न सके यहाँ उल्लेखनीय सङ्ख्यामा पर्यटक आउने र यसबाट गाउँको विकासमा समेत टेवा पुग्ने विश्वास स्थानीयवासी मिलन सिंहको छ । 

दरबारलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने आधार रहेकाले यस तर्फ ध्यान दिनुपर्ने सिंहको सुझाव छ । विगतमा दरबार संरक्षणका लागि स्थानीयवासीले पटक÷पटक अनुरोध गर्दा कुनै निकायबाट सहयोग नपाएको बताउँदै उहाँले यो दरबार राज्यको ऐतिहासिक सम्पत्ति भए पनि यसको संरक्षणमा ध्यान नदिनु दुःखद हो भन्नुभयो 

स्थानीय सरकार गठनपछि धार्मिक तथा ऐतिहासिकस्थलको विकास र प्रवद्र्धनमा विशेष ध्यान दिँदै खङ्ग्रिकोट दरबारको संरक्षणमा समेत बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ । बजेट विनियोजन गरे पनि दरबारको हकवालाले स्थानीय तहलाई संरक्षणको अनुमति नदिएपछि बजेट अन्यत्रै खर्च गर्नुपरेको गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले बताउनुभयो । दरबार गाउँपालिकाको मात्रै नभएर जिल्लाकै महत्वपूर्ण सम्पत्ति भएकाले यसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्छ अध्यक्ष घर्तीले भन्नुभयो । 

दरबारको दीर्घकालीन संरक्षणका लागि हकवालासँग छलफल भइरहेको गाउँपालिकाले जनाएको छ । दरबार भत्किँदै जाँदा त्यहाँ प्रयोग भएका महत्वपूर्ण काठपात, इँट्टा भिङ्गटीसमेत हराउँदै जान थालेको छ । सो दरबारमा तत्कालीन राजाले प्रयोग गर्ने भाँडाकुडा समेत रहेको छ । चार कोठे उक्त दरबारमा राजाको सिंहासन, स्नान कक्ष, भान्सा घरलगायतका कोठा रहेको बताइन्छ । दरबार नजिकै राजाले प्रयोग गर्ने पोखरी र मन्दिरसमेत रहेको छ । मन्दिरमा दशैँको समयमा विशेष पूजाआजा गर्ने चलन अझै कायम रहेको स्थानीयवासीको भनाइ छ । 

दरबारको समग्र विकास हुनसके खङ्ग्रिकोटलाई पर्यटकीय हबको रुपमा विकास गर्न सकिने पर्यटनका जानकार बताउँछन् । खङ्ग्रिकोटको चतुरभुजमा रहेको शिव पञ्चायन मन्दिर, सोही स्थानमा रहेको धार्मिक वनलाई प्याकेजमा विकास गर्न सके यो क्षेत्र पर्यटकीय हब हुनसक्ने पर्यटन पत्रकार सङ्घ रोल्पाका अध्यक्ष लोकेन्द्र चन्दले बताउनुभयो । रोल्पाको घोडागाउँ र प्यूठानको सारीस्थित रातो माटोलाईसमेत खङ्ग्रिकोटको पर्यटनसँग जोड्न सकिन्छ उहाँले भन्नुभयो । 

पवित्र धार्मिक पर्यटकीय क्षेत्र स्वर्गद्वारीलाई ऐतिहासिक दरबारसँग जोडेर प्याकेजमा पर्यटनको विकास गर्न सकिने सम्भावना पनि त्यतिकै रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू