९ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिन्धुलीमा तीव्र गतिले दुर्घटना बढ्दो

७ फाल्गुन २०७५, मंगलवार १०:४०

फागुन ७, सिन्धुली । सिन्धुलीमा बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले विशेष सक्रियता अपनाउन थालेको छ । 

सबैभन्दा बढी दुर्घटना तीव्र गतिका कारण हुने गरेकाले यसको न्यूनीकरणका लागि प्रहरीले प्रभावकारी उपाय अवलम्बन गर्न थालिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 

चालकको लापर्बाही, तीव्र गति, ओभरलोड, यात्रुको गल्ती, सडकको अवस्था र मौसमका कारणले दुर्घटना हुने गरेको भए पनि सबैभन्दा बढी दुर्घटना तीव्र गतिका कारण हुने गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको सर्वेक्षणले जनाएको छ । 

तीव्र गतिका कारण आर्थिक वर्ष २०७३÷०७४ मा तीव्र गतिका कारण २०, आव २०७४÷०७५ मा ४१ र चालू आवमा ३१ वटा सवारी दुर्घटना भएको छ । त्यस्तै चालकको लापर्बाहीका कारण आव २०७३÷०७४ मा १५, आव २०७४÷०७५ मा १९ र चालू आवको हालसम्ममा १३ वटा सवारी दुर्घटना भएको सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिनुभयो । 

तीव्र गतिका कारण बिपी राजमार्गमा सवारी दुर्घटना बढेको भन्दै २०७३ साल असार १ गतेदेखि बिपी राजमार्गको सिन्धुली सडकखण्ड भिमानदेखि नेपालथोक दुम्जासम्म टाइमकार्ड लागू गरिएको थियो तर बिपी राजमार्गमा सवारी चाप बढेसँगै टाइमकार्डको पूर्ण पालना नहुँदा दुर्घटना बढ्दै गएको हो । अब तीव्र गतिमा सवारी चलाउने चालकलाई प्रभावकारी कारवाही गर्ने प्रहरी उपरीक्षक सिंहले बताउनुभयो । 

बिपी राजमार्गमा टाइमकार्डको पालना नगर्ने सवारी चालकलाई कारवाहीका लागि विभिन्न स्थानमा छड्के जाँच गर्ने उहाँको भनाइ छ । तीव्र गतिमा सवारी चलाउने अनि चेकपोष्ट नजिक आउन लागेपछि सडकमा नै रोक्दा सवारी दुर्घटना झन जोखिममा रहेको छ । 

प्रहरी उपरीक्षक सिंहका अनुसार आव २०७३÷०७४ मा सवारी दुर्घटनाबाट ३१ मृत्यु, २३ गम्भीर घाइते र १४ सामान्य घाइते भएका थिए भने आव २०७४÷०७५ मा ४० मृत्यु, ५१ गम्भीर घाइते र ५६ सामान्य घाइते भएका थिए । त्यस्तै चालू आवको हालसम्म ३० मृत्यु, ५७ गम्भीर घाइते र ६९ सामान्य घाइते भएका छन् । यसले सवारी दुर्घटना दर बढाइरहेको छ । यसको न्यूनीकरणमा प्रहरीको सक्रियता अब बढ्नेछ उहाँले भन्नुभयो । सवारी दुर्घटनाबाट मृत्यु हुनेमा पुरुष र बालबालिकाको दर बढ्दो छ । 

अधिकांश दुर्घटना राजमार्गमा हुने गरेका छन् । आव २०७३÷०७४ मा राजमार्गमा २६, ग्रामीण सडकमा सात र बजार तथा शहरी क्षेत्रमा तीन, आव २०७४÷०७५ मा राजमार्गमा ४८, ग्रामीण सडकमा १४ र शहरी क्षेत्रमा दुई तथा चालू आवको हालसम्म राजमार्गमा ३२, ग्रामीण सडकमा नौ र शहरी क्षेत्रमा तीन सवारी दुर्घटना भएको छ । यसको न्यूनीकरणका लागि आवश्यक प्रयास अपनाउने तयारी भइरहेको प्रहरी उपरीक्षक सिंहले बताउनुभयो । 

बिपी राजमार्गका कुन सडकखण्डमा बढी दुर्घटना हुने गरेको छ त्यसको तथ्याङ्कका आधारमा दुर्घटना न्यूनीकरणका प्रयास शुरु गरिने प्रहरी उपरीक्षक सिंहको भनाइ छ । २०७३ सालदेखि हालसम्म बिपी राजमार्गको खुर्कोट दुम्जा सडकखण्डमा २५, भिमान चियाबारी सडकखण्डमा ११, चियाबारीदेखि सिन्धुलीगढी सडकखण्डमा नौ र सिन्धुलीगढीदेखि खुर्कोटसम्म एक दुर्घटना भएको छ । यसरी सबैभन्दा बढी दुर्घटना खुर्कोट दुम्जामा भएको भन्दै त्यस क्षेत्रमा ट्राफिक प्रहरीको निगरानी उच्च बनाइने उहाँको भनाइ छ । 

बिपी राजमर्गमा सवारी चाप बढेसँगै लागुऔषध सेवन गरी सवारी चलाउँदा दुर्घटना बढेको स्थानीयवासीको भनाइ छ । सवारी दुर्घटना हुनुमा चालकले गाँजा सेवन गरी चलाउने गुनासो आउने गरेको भए पनि तत्कालै यसलाई परीक्षण गर्न नसकिने प्रहरी उपरीक्षक सिंहको भनाइ छ । मदिरा सेवन गरी सवारी चलाए जाँच गर्ने उपकरण भएकाले तत्कालै कारवाही गर्न सकिएको र यस सम्बन्धमा तत्कालै कारवाही गर्न नसकिए पनि प्रहरीले आवश्यक अनुसन्धान जारी राख्ने उहाँको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु, आमा सिकिस्त स्वर्ण पदक विजेता नेपाली सेनाको टोलीलाई सम्मान ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीद्वारा अरुण तेस्रो आयोजनाको अवलोकन ‘सूचना प्रविधि पूर्वाधारको पहिलो सर्त’ जलवायु परिवर्तनले पीडित थामेवासीलाई सहयोग गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री ओली नेप्से परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट प्रधानमन्त्रीबाट कम्युनिष्ट योद्धा सम्मान प्रदान सरकारले थामे बस्तीको पुनःनिर्माण गर्ने शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको हो : प्रधानमन्त्री लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र तीन हजार बढी करदाताले बुझाएनन् विवरण कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता होः अध्यक्ष दाहाल नेपाल नेत्रज्योति सङ्घ र नेपाल प्रहरी अस्पतालले सहकार्य गर्ने सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध राप्रपाले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिए महादेवको मूर्ति निर्माण गर्न महायज्ञमा साठी लाख सङ्कलन ‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’ वैकल्पिक वित्त कोष स्थापना गर्ने विधेयक दर्ता शिक्षकहरुले संघर्षका कार्यक्रमहरू थप चर्काउने चेतावनी दिए ‘रियल स्टेट’लाई उद्योगको रुपमा विकास गर्नुपर्ने